कोरोना अपडेट : १८ लाख ६५ हजार भन्दा बढी संक्रमित, एक लाख १४ हजार ९ सय बढीको मृत्यु

<p>काठमाडौं । विश्वका कोरोना महामारी फैलिएसँगै हालसम्म विश्वमा एक लाख १४ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १८ लाख ६५ हजार १२ जना संक्रमित देखिएका छन् । त्यस्तै चार लाख ४१ हजार ८ सय ७ जनालाई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो दिनमा संयुक्त राज्य अमेरिकामा ५ [&hellip;]</p>

काठमाडौं । विश्वका कोरोना महामारी फैलिएसँगै हालसम्म विश्वमा एक लाख १४ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म १८ लाख ६५ हजार १२ जना संक्रमित देखिएका छन् । त्यस्तै चार लाख ४१ हजार ८ सय ७ जनालाई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो दिनमा संयुक्त राज्य अमेरिकामा ५ लाख ६० हजार ५ सय ३२ जना नागरिकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मृत्युदरको स्तरमा पनि तिव्र गतिमा अगाडी बढिरहेको छ, हालसम्म २२ हजार २ सय १० जनाको मृत्यु भइसकेको छ ।  स्पेनमा एक लाख ६९ हजार ४ सय ९६ जना नागरिक कोरोना संक्रमित छन् भने १७ हजार ४ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ५७ हजार ३ सय ९७ जना संक्रमित छन् । फ्रान्समा पछिल्लो दिनमा नयाँ कोरोना संक्रमित देखिएको छैन, हाल एक लाख ३२ हजार ५ सय ९१ जना कोरोना संक्रमित भएको देशमा १४ हजार ३ सय ९३ जना मानिसको मृत्यु भएको छ ।

जर्मनीमा हालसम्म ३ हजार ४८ जना कोरोनाबाट मृत्यु भएका छन् भने एक लाख २८ हजार ६ सय ७ नागरिक कोरोना संक्रमित छन् ।
त्यस्तै चीनमा ८४ हजार ३ सय १७ नागरिक कोरोना संक्रमित छन् भने ३ हजार ३ सय ४१ जना चिनीयाँ नागरिकको मृत्यु भएको छ ।
केहि दिन यता कोरोनाको संक्रमण दक्षिण एसिया बढ्दो क्रममा रहेको छ ।

छिमेकी राष्ट्र भारत हालसम्म ९ हजार २ सय ५ जनामा कोरोना संक्रमित छन् भने ३ सय ३१ जना भारतिय नागरिकको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा आज मात्र दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्ताे छ विभिन्न देशमा काेराेना संक्रमणकाे अवस्था :

Share News