स्वास्थ्यकर्मी नै रोग विरुद्धका मुख्य सेना हुन्: मन्त्री थापा
गोरखा । गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । आज गोरखा जिल्ला अस्पतालमा भइरहेका गतिविधिहरुको जानकारी लिएपछि मन्त्री थापाले सो कुरा बताएका हुन् । मन्त्री थापाले भने, ‘जसरी देशको सिमा रक्षा गर्न सेना अग्रमोर्चामा रहन्छ त्यसैगरी रोगसँग लड्न स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा रहन्छन् । तपाइँहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्थापनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्छ । निर्धक्कसँग विरामीको उपचार गर्नुहोस् ।’ अस्पताल अनुगमनका क्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै अस्पतालमा आएका विरामीहरुको भएका स्रोतसाधन र जनशक्ति परिचालन गरी उपचार गर्न सुझाव दिएका थिए ।जिल्ला अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकोले आवासगृहलाई अस्पतालको रुपमा सञ्चालन गरिएको छ । डाक्टरहरुको आवास भाडामा लिएर भएपनि तुरुन्त सञ्चालन गर्न उनले अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् । गएको भदौ महिनादेखि दुर्गम जिल्ला गोरखामा काम गर्ने डाक्टरहरुले चिकित्सक भत्ता, जोखिम बहन भत्ता समेत पाउन सकेका छैनन् । गोरखा जिल्लामा कार्यरत रहेर अध्ययन विदामा रहेका चिकित्सकहरुलाई समेत सरकारले तलव निकासा गरेको छैन । मन्त्री थापाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको तत्कालिन वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कुनै पनि नागरिक भोकै बस्नु नपरेको बताए । जिल्लाको उत्तरी क्षेत्रमा खच्चडबाट हुने ढुवानी बन्द गरिएको र अत्यावश्यक बाहेकका सबै सवारीसाधनहरु चल्ल निषेध गरेको मन्त्रीलाई जानकारी गराएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने क्रममा सबै नतिजा नेगेटिभ देखिएको पौडेलको भनाई थियो । मन्त्री थापाले सुरक्षाकर्मीहरुको मनोबल उच्च हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताए । गोरखा गृह जिल्ला घर भएका मन्त्री थापाले द वल्ड क्यापिटल विद्यालयमा निर्माण भएको आइसोलेशन कक्षको समेत अनुगमन गरेका थिए । अनुगमनको क्रममा हात धुने पानीको धारा, पकाउने ठाउँ, डाक्टर बस्ने ठाउँ, डाक्टर र विरामी हिड्ने अलग अलग बाटो निर्माण, रङरोगन, प्रयाप्त ग्याँस सिलिण्डरको व्यवस्थापन तत्काल गर्न सुझाव दिए । जिल्ला अस्पतालमा आइसियु कक्ष निर्माणको तयारी थाल्न उनले निर्देशन दिएका छन् । बाग्लुङमा टेन्डर समेत भईसकेको बताउँदै आवश्यकता र जोखिमको हिसावमा पनि गोरखाले ढिला गर्न नहुने उनले बताए । अस्पतालमा आवश्यक पर्दा तत्काल प्रयोगका लागि १० थान पिपिइ सेट मन्त्री थापाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई हस्तान्तरण गरेका थिए ।
२०७७ सालः उद्यमशीलताको लागि कृषि र एसएमई, लघु बीमा उपहार
काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण विस्तार गरिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर आर्थिक मन्दी देखिएको छ । संकटले नयाँ अवसर पनि सिर्जना गर्छ भन्ने दृष्टान्त बीमा बजारमा देखिने सरोकारवालाले बताएका छन् । कोभिड १९ का कारण विश्वभर धेरैले रोजगारी गुमाउने अन्तराष्ट्रिय संस्थाहरुले बताइरहेका छन् । अहिले करिब ५० लाख नेपाली विभिन्न देशहरुमा काम गरिरहेका छन् । कोरोना भाइरस संक्रमणको कारण आर्थिक मन्दीले विदेशमा रहेका नेपालीले रोजगारी गुमाउँदा गर्ने काम भनेको नेपालको ग्रामीण क्षेत्रमा गएर साना तथा मझौला व्यवसाय (एसएमई) र कृषिसँग सम्बन्धित उद्यम व्यवसाय नै हो । नेपालका केही अर्थशास्त्री तथा योजनाविदहरुले विभिन्न देशहरुबाट बेरोजगार भएर आएका नेपालीले ग्रामीण क्षेत्रमा गएर काम गर्दा त्यसले उद्यमशीलता अभिबृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रका जग बलियो हुने बताइरहेका छन् । यस्तो अबस्थामा बीमा समितिले अघि सारेको लघु बीमाले एसएमई तथा कृषिजन्य उद्यम व्यवसायलाई बीमाको माध्यमबाट भरथेग गर्न सक्छ । यसका लागि लघु बीमा एउटा राम्रो विकल्प हो । नयाँ वर्ष २०७७ साल लघु बीमाका लागि बहार बर्ष सावित हुने बीमा समितिका अध्यक्षले बताएका छन् । आफूहरुले चरण–चरणमा क्रमवद्ध रुपमा काम गर्दै आएकाले आगामी वर्ष लघु बीमाको बहार बर्ष बन्ने उनको भनाई छ । बीमा समितिले लघु बीमालाई प्रभावकारी बनाउन घुम्ती बीमालाई थप प्रभावकारी बनाउने तथा निर्जीवन बीमा तर्फको बीमा पुल मार्फत आवश्यक कामलाई तिव्रता दिने बताए । ‘जीवन बीमातर्फ वित्तीय संस्था तथा राष्ट्र बैकबाट लाइसेन्स प्राप्त संस्थाहरु, जसले सरकारको निर्णय अनुसार बिनाधितो सहुलियत व्याजदरमा कर्जा प्रवाह गरेका छन्, त्यस्ता कार्यक्रमलाई व्यापक प्रचार प्रसार गरी जनस्तरमा पुर्याउने वर्षको रुपमा २०७७ साललाई लिदा हुन्छ’, बीमा समितिका अध्यक्ष चापागाईंले विकासन्युजसँग भने । लघु बीमाका संयन्त्र तयार बीका समितिका अनुसार लघु बीमा कार्यान्वयनका लागि पहिलेदेखि नै संयन्त्र तयारी अवस्थामा छ । आगामी दिनमा भने त्यसलाई प्रभावकारी बनाउँन मात्रै आवश्यक रहेको समितिको भनाइ छ । वाध्यकारी बनाउने ? सरकारी अनुदान प्राप्त सहुलियत व्याजदरको कर्जा लिदाँ बीमा शुल्क जसरी पनि तिर्नैपर्ने बाध्यकारी भएकोले सबैलाई बुझाउन आवश्यक रहेको समितिको भनाइ छ । अर्को भनेको बैक तथा वित्तीय संस्थाहरुले ग्राहकले परियोजनाको बीमा नगरेको अवस्थामा ऋण नदिने भएकोले ठूलो हिस्सा बीमाको दायरमा छ । तर, कर्जा प्रयोजन बाहेकमा पनि बीमा गराउनै पर्छ भन्ने मान्यता भने अझै पनि स्थापित हुन सकेको छैन । बीमालाई नियामकले बाध्यकारी गर्ने भन्दापनि सहजिकरण नै गर्ने हो । सोही कारण कुनै पनि क्षेत्र र योजना विशेषलाई बीमा बाध्यकारी बनाउने सोचमा समिति छैन । लघु बीमाको बजार हिस्सा कति पुग्ला ? समग्र बीमामा लघु बीमाको हिस्सा १० प्रतिशत पुर्याउने सरकारको नीति छ । सरकारको सो नीति अनुरुप काम भईरहेको समितिको भनाइ छ । जीवन बीमातर्फ लघु बीमाको हिस्सा अहिले १० प्रतिशतको हाराहारीमै छ भने निर्जीवन बीमातर्फ केही न्युन छ । यो हिस्सा बीमालेखका आधारमा हो । लघु बीमामा २ लाख, ३ लाख रुपैयाँ जस्ता न्युन शुल्कको बिजनेस हुने भएकाले तत्काल रुपैयाँमा मात्रै दाज्न नहुने समितिको भनाइ छ । जीवन बीमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुसार धेरै किसिमका बीमा योजना लघु बीमा थप गर्न तथा बीमा शुल्क अझै केही न्युन गर्नु आवश्यक छ । ‘पहिलेको भन्दा अहिले लघु बीमाको सीमा केही बढाइएको छ, तैपनि मनी व्याक, इन्डोमेन्ट लगायतका धेरै किसिमका बीमा योजना ल्याउने तथा बीमा शुल्क कम गर्ने र रक्षावरण अवधिमा केही परिमार्जन गर्न सकिने अवस्था छ, यसका लागि यही २०७७ सालमै बीमा कम्पनीहरुकै जीवन बिमक संघमार्फत छलफल चलाएर काम गर्न सकिन्छ, बीमा समितिले पनि आफ्नो तर्फबाट हुने काम गर्दै आएको अवस्था छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने । निर्जीवन बीमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार २०७७ सालमा लघु बीमाको प्रचार प्रसार बढाउन जरुरी रहेको र गाउँमा गएर केही गरौं भन्नेहरुका लागि बीमा मार्फत सहजिकरण आवश्यक हुन्छ । ‘२०७७ सालमा लघु बीमाको प्रचार सरकारकै सहयोगमा गर्न आवश्यक छ, देश संघीय अवधारणमा गएकोले प्याकेजको रुपमा कार्यक्रम अघि बढाउन सके लघु बीमाका लागि यो वर्ष सुनौलो रहन सक्छ,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । उनले अहिले कोराना भाईरसका कारण गाउँमा धेरैजना पुरेको र बेरोजगार बन्नु परेको अवस्थामा सरकारले कृषि सम्बन्धित कार्यक्रममा जोड दिनु उपयुक्त हुने बताए । लघु बीमा निर्देशिका बीमा समितिले २०७६ सालमा लघु बीमा निर्देशिका २०७६ जारी गर्यो । निर्देशिकाका अनुसार लघु बीमा व्यवसाय जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले गर्न पाउँछन् । जीवन बीमा गर्ने बिमकका लागि सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा तथा बीमा समितिले तोके अनुसारको अन्य लघु जीवन बीमा गर्न मिल्ने व्यवस्था छ । यस्तै, निर्जीवन बीमातर्फ भने सम्पत्ति लघु बीमा, घर लघु बीमा, दुर्घटना लघु बीमा, स्वास्थ्य लघु बीमा, घातक रोग लघु बीमा, कृषि लघु बीमा तथा समितिले तोकिदिए बमोजिमको अन्य लघु निर्जीवन बीमा रहेका छन् । बीमा समितिले वार्षिक २ सय ५० रुपैयाँ तिर्दा ५ लाख रुपैयाँ बराबरको घर बीमा गर्न सकिने निर्देशिकामा उल्लेख गरेको छ । ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकिएको छ । निर्देशिकामा जीवन बीमातर्फ सावधिक, म्यादी र अन्य लघुबीमा तोकेको छ । यी ३ वटै किसिमका जीवन बीमाको अधिकतम बिमांक रकम ३ लाख रुपैयाँ छ । अर्थात लघु जीवन बीमा गराएको व्यक्ति वा उसका आफन्तले दाबी भुक्तानी लिनु परेको अवस्थामा ३ लाख रुपैयाँ पाइन्छ । निर्जीवन बीमातर्फ सम्पत्ति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोग, बाली तथा पशुपक्षी र अन्य लघु बीमा छन् । सम्पत्ति लघु बीमा र घर लघु बीमाको बिमांक रकम ५ लाख रुपैयाँसम्म छ । दर्घटना लघु बीमाको बिमांक रकम ३ लाख रुपैयाँसम्म छ । घातक रोग लघु बीमाको बीमांक १ लाख रुपैयाँसम्म, बाली तथा पशुपंक्षी लघु बीमाको बीमांक रकम २ लाख रुपैयाँसम्म छ । साथै, स्वास्थ्य लघु बीमाको बीमांक रकम ५० हजार रुपैयाँसम्म छ ।
कोरोना रोकथामकाे लागि सहयोग बढाउँदै नेपाल रेडक्रस, देशभरीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री वितरण
काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट ३ हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ । नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भने- ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ ।’ युवा स्वयंसेवकहरु सक्रिय: १ लाख ४२ हजारमा पुगे समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको छ । भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने- क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेरेसोको निशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ । विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ । कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् । युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको र यो “NRCS Social Media Volunteers on COVID-19” मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका संस्थाले जनाएकाे छ । सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने बित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ । देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ । जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ । काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको कन्पार्टमेन्ट नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ । शव व्यवस्थापनमा सहयोगः नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिइएको छ । पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ । जिल्लाहरुको विशेष सहयोग भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ । निर्देशिकाहरु तयारीः अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न काेभिड-१९ रेसपाेन्स गाइडलाइन तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि इन्फेक्सन, प्रिभेन्सन एण्ड कन्ट्राेल(आईपीसी) गाइडलाइन तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनस्थापनाको लागि निर्देशिका पनि तयार भएको छ ।
के तरकारी र फलफूलबाट काेराेना भाइरस सर्छ ?
काठमाडौं । कोरोना भाईरस मुखबाट शरिरमा प्रवेश गर्छ भनेर हामीलाई बारम्बार भनिदैँ आएको छ । यो भन्ने बित्तिकै यसले स्वतः खानाको बारेमा प्रश उठाउँछ । के खानाले हामीलाई श्वासप्रश्वासमा समस्या ल्याउँछ त ? संयुक्त राज्य अमेरिकाको कृषि विभागका अनुसार अहिले सम्म खानेकुराबाट कोभिड १९ सरेको कुनै पनि प्रमाण भेटिएको छैन । यस्तै, युनिभर्सिटी अफ जोरजियाको सेन्टर फर फुड सेफ्टस्का निर्देशक फे्रन्सिस्को डिएज गोन्जेल्जको अनुसार्र अन्य खानेकुराको विषादीहरु फाल्ने, फोहोर फाल्ने विधि प्रयोग गरे भाईरसको जोखिमलाई कम गर्दछ । तपाईले ध्यान दिनुपर्ने कुरा यस्ता छन्ः १. हात धुनुहोस भाईरसको जोखिमबाट बच्न खाना तयार गर्नु अगाडि र गरिसकेपछि राम्रोसँग हात धुनुहोस् । यसको मुख्य लक्ष्य शरिरमा भाईरस प्रवेश गर्न नदिनु नै हो । यो धेरै पटक भनिदैं आएको कुरा हो । तर, तपाईले फेरि पनि यो सम्झन जरुरी छ कि हात धुन कति महत्वपुर्ण छ भनेर । २. तरकारी, फलफूल राम्रोसँग धुनुहोस् धेरै जना मानिसहरु तरकारी, फलफुलको सतहमा कति समय भाईरस बस्छ भन्ने कुराको बारेमा अनविज्ञ छन् । तर हालसम्म कतै पनि यसको पुष्टि भएको पाइएको छैन । तरकारी, फलफूलहरुमा विषादीहरु पनि उत्तिकै मात्रामा पाईन्छ त्यसैले जेसुकै भएपनि तपाईले तरकारी, फलफूलहरु राम्रोसँग धाेएर, पखालेर मात्र प्रयोग गर्नुपर्छ । मनतातो पानीमा चिनी अथवा नुन हाल्ने कहिले पनि तरकारीलाई बजारबाट ल्याएको बित्तिकै नखानुहोस् । जहिले पनि तरकारी वा फलफुल ल्याईसकेपछि तातो पानीमा नुन अथवा चिनी हालेर २० मिनेटभन्दा बढि समय राख्नुहोस् । भिनेगरमा भिजाउनुहोस् फलफूल र तरकारीको सतहमा भएको फोहोर र विषादी घटाउन अर्काे उपाय भनेको भिनेगरको प्रयोग हो । पानीको १ चौथाई भनेगर हाल्नुहोस् । र त्यसलाई २० मिनेट भन्दा बढि समय राख्नुहोस् । यसले खानेकुरामा पाईने धेरै प्रकारका ब्याक्टेरीयाहरु हटाउन मद्धत गर्दछ । अंगुरहरु जस्ता पातलो बोक्रो भएको फलफुलहरु राख्दा ध्यान दिनुहोला । बेकिङ सोडा र पानीले सफा गर्नुहोस् पानीमा थारै बेकिङ सोडा प्रयोग गरेर पनि तरकारी र फलफुलको सतहमा भएको फोहोर र विषादीहरु मार्न सकिन्छ । यसमा १५ देखि २० मिनेट तरकारी र फलफुल राखी फेरी पानीले पखालेर प्रयोग गर्न सकिन्छ । चिसो बगिरहेको पानीमा पखाल्नुहोस् विभिन्न अनुसन्धानले चिसो पानीले सतहमा भएको फोहोर र १२ मध्ये ९ विषदीहरु नष्ट गर्न देखाएको छ । यस्तै बगिरहेको पानी जस्तै धाराबाट सिधै फलफुल, तरकारीहरु धुँदा विषदीहरु अझ राम्रोसँग पखानिले विभिन्न अनुसन्धनाले बताउने पोषणविद्ध मिरा शाहा बताउँछिन् । बोक्रो फाल्नुहोस् सतहमा भएको फोहोर र विषदी फाल्ने अर्का उत्तम उपाय भनेको बोक्राहरु फाल्नु हो । बोक्राहरुमा बढि मात्रामा विषदी हुनसक्ने हुनाले त्यसलाई फाल्न सबैभन्दा उत्तम उपाय हो । ३. भान्सालाई सफा राख्नुहोस् जहिले पनि भान्सालाई सफा राख्नुहोस् । पानीमा केही मात्रा साबुनहरु मिसाएर तपाईले सफा गर्नसक्नु हुनेछ । यस्तै रुघो, खोकी लागेको मानिसलाई भान्सामा प्रवेश गर्न बन्देज लगाउनुहोस् । ४. उचित तापक्रममा खाना पकाउनुहोस् भाईरसहरु तातोमा मर्न सम्भावन धेरै हुनेभएकोले उचित तापक्रममा खाना पकाउनुहोस् । ५. बिरामी व्यक्तिले खाना नपकाउनुहोस् कोही पनि बिरामी व्यक्तिले खाना बनाउनु हुँदैन । बिरामी व्यक्ति आफैले आफ्नो जिम्मेवारी महसुुस गरि खाना बनाउनु हुँदैन ।
के तपाई चुराेट र गाँजा लिनुहुन्छ ? ख्याल गर्नुस् कोभिड १९ ले यस्ताे खतरा ल्याउन सक्छ
काठमाडौं । यदि तपाई कोरोनाको त्रासलाई कम गर्नको लागि तपाई गाँजा प्रयोग गरिरहनुभएको छ भने विज्ञहरुले तपाईले दाेहाेराएर सोच्नुपर्छ भन्ने सुझाव दिएका छन् । किनभने यसले फोक्सोलाई असर गर्छ, कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ विशेष गरेर चुरोट र गाँजा प्रयोग गर्नको लागि थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकाका लंग एसोसिएसनका प्रमुख चिकित्सा अधिकारी पल्मनोलोजिष्ट डा. अबर्लट रिज्जो भन्छन्, ‘गाँजा खाँदा तपाईको शरीरमा हावा प्रवेश गर्न मार्ग केही मात्रामा सुनिन्छ जसरी ब्रोनकाईटिज र चुरोटले सुन्नाउने गर्दछ ।’ एकतर्फ तपाईको श्वासप्रश्वास नली सुन्निने र त्यसमा अर्को संक्रमणले तपाईको स्वास्थ्यमा झनै धेरै जाेखिम निम्ताउने विशेषज्ञहरु बताउँछन् । तपाईको शरीर कोरोनासँग लड्नुपर्ने अवस्थामा अर्काे समस्यासँग लडिरहेको छ । गाँजा जसको सेवनले सुख्खा खोकी निम्ताउँछ जसले रोग पहिचानमा पनि समस्या ल्याउँदछ । कोभिड–१९ एक श्वासप्रश्वासको समस्या हो । दिर्घकालिन श्वासप्रश्वास रोगी श्वासप्रश्वास नलीमा कुनै प्रकारको समस्या जस्तै आस्थमा, फोक्सोको रोगीहरु सास फेर्नको लागि भेन्टिलेटरको आवश्यक पर्न सक्दछ । गाँजा सुर्तिहरुभन्दा केही फरक हुन्छ । चुरोटभन्दा गाँजा धेरै कम तापक्रममा जल्दछ । जब कोही व्यक्तिले गाँजा सेवन गर्दछ तब उसले केही नजलेको गाँजा पनि सेवन गरेको हुन्छ जसले श्वासप्रशवास नलीमा गएर एकप्रकारको असजिलोपन सिर्जना गर्दछ । यसरी यसले श्वासप्रशवास नलीमा समस्या ल्याएर काेराेना संक्रमण भएकाे अवस्थामा थप समस्या सिर्जना गर्दछ ।
समस्याका बीचमा काम गर्नुपर्ने वाध्यता छ : मुख्यमन्त्री पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताए । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गरे । लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले काठमाडौंलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताए । उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिए । छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पुर्याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले लकडाउन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा मकवानपुरका प्रजिअ दीपकराज नेपाल, नेपाली सेना मध्य पृतना हेडक्वार्टरका पृतनापति ताराध्वज पाण्डे, जिल्ला समन्वय समिति वाग्मती प्रदेशका संयोजक रघुनाथ खुलाल, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल लगायतका व्यक्तित्वले लकडाउनलाई प्रभावकारी बनाउन गर्न सकिने कार्यबारे आ–आफ्नो धारणा राखे । रासस
अभूतपूर्व सिक्ने र झोला थाप्ने वर्ष बन्दै २०७७ साल
काठमाडाैं । तपाईलाई जस्तै मलाई पनि नयाँ वर्ष २०७७ ले खुशी दिएको छैन । किनकी २०७७ सालमा हामी धेरैको आम्दानी घट्नेछ । लकडाउनका कारण अधिकांश कम्पनीहरुले चैत महिनाको कर्मचारीको तलव खातामा हालिदिएका छैनन् । धेरै रोजगारदातालाई कसरी कर्मचारीलाई तलव दिने भन्ने चिन्ता छ । यतिबेला रोजगारदाताहरु खर्च कटौति र कर्मचारी कटौतिका विषयमा जोडघटाउ गरिरहेका होलान् । र, कर्मचारीले तलव आएन भन्ने भन्दा पनि जागिर खोसिएला भन्ने चिन्ता गरिरहेका होलान् । विगतमा तलव वृद्धिको लागि सामूहिक सौदाबाजी गर्ने ट्रेड यूनियनहरु २०७७ सालभर कर्मचारी कटौति वा सुविधा कटौतिको विरोधमा संघर्ष गर्नेछन् । यो साल रोजगारदाता र श्रमिकबीच द्वन्द्वको वर्ष बन्न सक्छ । चैतको पहिलो सातामा २० रुपैयाँमा ३ देखि ५ वटा कागती किन्न पाइन्थ्यो । आज विहान एक दाना कागती २० रुपैयाँ किनबेच भईरहेको मैले देखेँ । बन्दबढी लम्बिदै जादा खाद्यन्यको मूल्यमा व्यापक वृद्धि भएको छ । आम्दानी घट्ने तर अत्यावश्यक बस्तुको सम्भावित मूल्य वृद्धिले आम उपभोक्तालाई ठूलै तनाव हुनेछ । २०७७ सालमा नयाँ उद्योगको कल्पना बेकार हुनेछ । निजी क्षेत्रको भूमिका नियन्त्रण गर्ने वर्तमान सरकारको नीतिका कारण नेपालीहरुले विगत केही वर्षदेखि नयाँ उद्योग खोलिरहेका थिएनन् । कोरोना भाइरस विरुद्धको खोप बजारमा नआएसम्म नयाँ उद्योग खुल्ने छैनन् । यतिबेला विदेशी लगानीको कल्पना नगरे हुन्छ । २०७२ सालको भूकम्पपछि नेपालीलाई संकटबाट माथि उकास्न मित्रराष्ट्र एवं वहुपक्षिय संस्थाहरुले जसरी सहयोग गरेका थिए, अहिले त्यस्तो सहयोग आउने छैन । विश्व बैंक र एशियाली विकास बैंकले पनि ऋण प्रस्ताव गरेका छन्, अनुदान प्रस्ताव शुन्य छ । संकटले नयाँ अवसर मिल्छ । संकटले ठूला उद्योगीहरुलाई संकटमा पार्नेछ । नविनतम सोच, बलियो आँट भएकाहरु नयाँ विकल्पका साथ अगाडि आउनेछन् । सशस्त्र द्वन्द्वपछि रेमिट्यान्स विजनेश मौलाएझै अब अनलाइन विजनेश मौलाउने छन् । आलु प्याजदेखि टिभी,मोवाइल सबै वस्तुको अनलाइन व्यापार बढ्ने छ । विकास भइसकेको तर प्रयोग नभईरहेका प्रविधिको व्यापक प्रयोग हुनेछ । जुमको विकास सन् २०११ मा भएको थियो । ९ वर्षपछि यसको प्रयोग व्यापक भएको छ, त्यो पनि कोरोना महामारीले वाध्य पारेर । आज भन्दा १ महिनाअघि नेपाली समाजमा जुम प्रयोग गरेर बैठक, सभा, सम्मेलन वाहियात कुरा थियो । अहिले नियमित प्रक्रिया भएको छ । गत साता किङ्स कलेजले एउटा अन्तराष्ट्रिय सम्मेलन जुमबाट गर्यो, जहाँ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले सम्बोधन गरेका थिए । विकासन्युजको नियमित बैठक १०ः३५बजे हुने गरेको थियो अफिसमा पुगेर । अहिले १० बजे नै बैठक हुन्छ जुम प्रयोग, घरमै बसेर । विनोद चौधरी, चन्द्र ढकाल, पशुपति मुरारका, देवि भट्टचन, सिर्जना राणा लगायतले घरबाटै आफ्ना विजनेश मिटिङ सञ्चालन गरिरहेका छन् । सबै प्रकारका किनबेल र सबै प्रकारका भुत्तानी अनलाईनबाट गर्न सकिन्छ । प्रविधिको विकास र प्रयोग भईरहेकै छ । मात्र हामीले नजानेर प्रयोग नगरेका हौ । सिक्ने प्रयास पनि गरेका थिएनौं । २०७७ सालमा जनस्तरमा प्रविधिको प्रयोगबारे अभूतपूर्व सिकाइ हुनेछ, जसरी माओवादी द्वन्द्वकालमा नेपालीको राजनीतिक र सामाजिक चेतना अभूतपूर्व बढेको थियो । लकडाउन लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने प्रयास गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा हुलाक टिकटसहितको कागजी फाइलको व्यवस्था हटाएर अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिइदैछ । चिठ्ठीको बदला इमेललाई मान्यता दिन १० औं वर्ष लगेको थियो नीति निर्मातालाई । कोरोनाको दवावले नेपालका शासकहरु यति गलेका छन् कि अब उनीहरुले डिजिटल सिग्नेचरको महत्व पनि बुझ्नेछन् । २०७७ सालमा नेपाली समाजमा डिजिटल सिग्नेचरले उच्च स्थान पाउन सक्छ । प्रविधिमा आधारित विजनेशहरु मौलाउने छन् । एनसेल, डिस होम, वल्डलिङ्क जस्ता प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले यहि वर्ष विजनेशमा छलाङ मार्न सक्छन् । सेवा क्षेत्र भईकन बैकिङ, बीमाको विजनेशमा गिरावट आउने छ । धेरै क्षेत्रमा आर्थिक संकट पर्ने भएकोले वित्तीय क्षेत्र वर्षभरी नै तनावमा हुनेछ । तर उनीहरुको भूमिका भने झन् बढ्नेछ । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं सेवा क्षेत्रमा शिक्षा क्षेत्र स्थीर रहने छ । तर स्वास्थ क्षेत्रमा ठूलो उथलपुथल आउनेछ । कोरोना भाइरसको त्रासले ज्वोरोको विरामीको पनि उपचार गर्न नमान्ने निजी लगानीका हस्पिटलहरुले जनविश्वास गुमाउने छन् । नीति निर्माता र विचार निर्माताको नजरमा पनि उनीहरु नराम्ररी गिर्दैछन् । २०७७ सालमा हावाई, होटल, रेष्टुरेन्ट, यातायात क्षेत्रलाई माथि उड्न सबैभन्दा बढी संघर्ष गर्नु पर्नेछ । धेरै मान्छे जम्मा गरेर खुशी मनाउने प्रकृतिको व्यवसायलाई पनि गाह्रो छ । सिनेमा हल, बैंक्वेट, खेलकुद, कन्सर्ट लगायतका विजेनशहरु २०७७ सालभर माथि उठ्न सक्ने छैनन् । सहरी क्षेत्रमा बढी कारोबार हुने घरजग्गा, सेयर, सवारीको व्यापार चौपट नै हुनसक्छ । विदेशबाट फर्केका वा सहरी क्षेत्रमा रोजगारी गुमाएका लाखौ ग्रामिण क्षेत्रमा फर्कनेछन् । त्यसले ग्रामिण क्षेत्रमा हुने कृषि तथा कुटिर उद्योग माथि उकास्ने छ । विल गेट्ले भनेजस्तै कोरोना भाइरस विरुद्धको औषधि बजारमा नआएसम्म विश्वभर लकडाउनको अवस्था जारी रहनसक्छ । नेपाल त्यसबाट अलग रहन सक्दैन । ‘नेपाल कोरोना मुक्त देश’ भन्ने मन्त्री योगश भट्टराईका विचारहरु पागलमतमा परिणत हुँदै जानेछन् । अर्थमन्त्री युवराज खतिवडाका अनुसार ३ साता लकडाउन हुँदा जीडीपीमा ४ प्रतिशतको क्षय हुने देखियो । दैनिक अर्बमा उठ्ने राजश्व करोडमा झरिसक्यो । यस्तो संकटको बेलामा सरकारले सहिबाटो लिन सकेको छैन । पवन गोल्यानले १० हजार गार्मेन्ट उद्योग खोल्छु भनेका छन् । उनको परिकल्पना राम्रो छ । उनको परिकल्पनालाई साकार गर्न सरकारले सहयोग गर्ने सम्भावना देखिदैन । सरकारले रोजगारदातालाई प्रोत्साहित गर्ने नीति नलिएर बेरोजगारलाई दाल चामल वितरण गर्ने नीति लिएको देखिन्छ । गरिव मानिसलाई माछा मार्न सिकाएर धनी बनाउनुको साटो माछा मारेर वितरण गर्ने र गरिबीलाई पालिराख्ने सरकारी नीतिका कारण यस वर्ष धेरै नेपालीहरु आफ्नो काम छोडेर झोला थाप्न जानेछन् । राजनीतिककर्मी, गैरसरकारी संस्थाका सञ्चालक तथा कर्मचारी लगायत प्रचारबाजहरूलाई याे वर्ष भ्याइनभ्याइ हुनेछ । यस वर्षकाे सामाजिक सञ्चालमा यस्ता फाेटाे सर्वाधिक देखिनेछन् । माेवाइलका क्यामराहरू दानी र माग्नीहरूकाे फाेटाे खित्न व्यस्त हुनेछन् । राहात थाप्नेले केही छाट टार्नेछन् भने दिनेहरू माला र खादामा सजिने छन् । सरकारले राहत वितरणमा अर्बौ रुपैयाँ खर्च गर्नेछ । त्यसमा सिंहदरवारदेखि वडादरवारसम्म व्यापक भ्रष्टाचार हुने आधारहरु २०७६ सालमै छरपष्ट रुपमा सार्वजनिक भईसकेका छन् । २०७७ सालमा सरकारप्रति जनआक्रोश चुलिने सम्भावना छ । वाध्यताले यो वर्ष प्रधानमन्त्री परिवर्तन हुन सक्छ । तर, फेरी पनि सरकार नेकपाले नै चलाउने छ । अन्त्यमा धेरै मानिसको मुखबाट व्यक्त हुने एउटा भनाई –‘कोरोना महामारीबाट विश्वमा यति धेरै मानवीय क्षति हुँदा पनि नेपालमा कोरोनाका कारण एक जनाको पनि ज्यान गएको छैन । पशुपतिनाथले हाम्रो कल्याण गर्नुहुनेछ ।’ नयाँ वर्ष २०७७ सालको सबैलाई शुभकामना ।
ओपेक, तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्न सहमति
दुबई । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटे पनि खासगरी साउदी अरेबिया र रसियाले उत्पादन नघटाएपछि खनिज तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा घटेको थियो । अमेरिकी ऊर्जा मन्त्री ड्यान ब्राउलिटले एक दशकयता यतिठूलो परिमाणमा ओपेकले तेलको उत्पादन घटाएको सम्भवतः यो पहिलो पटक रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रसियाबीच जारी तेलको बजारभाउको युद्ध अन्त्य गर्न मध्यस्थता गरेकै कारण उत्पादन कटौतीमा सहमति जुटेको पनि उनले बताए । कोरोनाभाइरसका कारण विश्वभर मानिसको यात्रामा कमी आएको तथा तेलको उच्च माग हुने उत्पादन क्षेत्रमा काम लगभग ठप्प भएका कारण तेलको मूल्यमा व्यापक गिरावट आएको थियो । यही कारण अमेरिकी तेल उद्योग पनि नराम्रोसँग संकटमा फसेको छ । अमेरिकामा हाल विश्वका अन्य कुनै मुलुकमा भन्दा बढी कच्चा तेल उत्खनन् हुने गरेको छ । तर कतिपय तेल उत्पादकहरु आपूर्तिलाई सहज बनाउन त्यति इच्छुक देखिएका छैनन् । तेल उत्पादकहरुबीच आइतबार भएको सहमतिमा मेक्सिकोलाई प्रति महिना एक लाख ब्यारेल मात्र उत्पादन कटौती गर्न भनिएको छ । ओपेकका सदस्यसहित कूल २३ राष्ट्रबीच भएको सहमति अनुसार मे र जुन महिनामा प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ । एसियाली शेयर बजार खुला हुनुभन्दा ठीक अगाडि भएको यस सम्झौताको एसियामा मिश्रित असर परेको देखिएको छ । ब्रेन्ट कच्चातेलको बजारमूल्य प्रति ब्यारेल ३१ अमेरिकी डलरको आसपासमा रहेको छ, तर अमेरिकी कच्चा तेलको मूल्यमा खासै फेरबदल देखिएको छैन । ओपेक, रसिया र अन्य तेल उत्पादकबीच भएको सम्झौतालाई साउदी ऊर्जा मन्त्री अब्दुलाजीज बिन सल्मानले हस्ताक्षर गरे । नाइजेरियाली ऊर्जा मन्त्रालयले जारी गरेको वक्तव्यमा उत्पादन कटौतीपछि तेलको मूल्यमा तत्कालै प्रतिब्यारेल कम्तीमा १५ अमेरिकी डलर वृद्धि हुने उल्लेख छ । उत्पादन कटौतीप्रति शुरुमा बिमती राखेको मेक्सिकोले अमेरिकाले तेल कटौतीबाट उत्पन्न हुनसक्ने प्रभाव न्यूनीकरण गर्न सघाउने आश्वासन प्राप्त भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भने, “ओपेक प्लससँग ठूलो सम्झौता भएको छ । यसले ऊर्जा क्षेत्रमा लाखौं अमेरिकीको रोजगारी जोगिएको छ । म यसका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजा सल्मानलाई धन्यवाद सहित बधाई दिन चाहन्छु ।” रसियाली राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनले सम्झौताको कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी राजा सल्मानसँग आग्रह गर्न भने । रेमन्ड जेम्समा कार्यरत ऊर्जा विश्लेषक मोहम्मद गुलामले पछिल्लो सम्झौता ऊर्जा उद्योग तथा विश्व अर्थतन्त्रका लागि कम्तीमा एउटा अस्थायी राहत भएको टिप्पणी गरे । उनले भने, “यो उद्योग विशाल छ र गठबन्धनका मुलुकहरुले सम्झौता मार्फत जिम्मेवारी प्रदर्शन गरेका छन् ।” रासस/एपी