भारतमा लकडाउन थप १९ दिन लम्बाइयाे

<p>काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना महामारी रोकथामका लागि थप १९ दिन  लकडाउन गर्ने घाेषणा गरेका छन् । मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन १९दिन थप्दै मे ३ तारिक (बैशाख २१) सम्म थप गर्ने घोषणा गरेका हु्न् । सो क्रममा मोदीले प्रत्येक नागरिकलाई लकडाउनको पालना गर्दै सच्चा सिपाइको भूमिका निर्वाह गर्न [&hellip;]</p>

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोना महामारी रोकथामका लागि थप १९ दिन  लकडाउन गर्ने घाेषणा गरेका छन् । मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन १९दिन थप्दै मे ३ तारिक (बैशाख २१) सम्म थप गर्ने घोषणा गरेका हु्न् । सो क्रममा मोदीले प्रत्येक नागरिकलाई लकडाउनको पालना गर्दै सच्चा सिपाइको भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले लकडाउन अत्यावश्यक भएको भन्दै भने, ‘लाकडाउनले देशलाई आर्थिक घाटा गरेको छ । तर, ठूलो फाइदा गरेको छ । आर्थिक भन्दा देशवासीको जीवन ठूलो हो । लकडाउनले धेरै भारतीयको ज्यान जोगाएको छ ।’

भारतले यसअघि गत २४ मार्चका दिन २१ दिन (अप्रिल १४ अर्थात बैशाख २ सम्म)लकडाउनको घोषणा गरेपनि देशमा कोरोना महामारी फैलिँदै गएपछि यो निर्णय लिइएको हो ।

देशका महाराष्ट्र, केरला, दिल्ली, पञ्जाबलगायतका प्रदेशहरुमा उच्चदरमा संक्रमण फैलिएपछि गत शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइन बैठक गरेका थिए । सो क्रममा मुख्यमन्त्रीले मोदीलाई लकडाउन बढाउन माग गरेका थिए ।

छलफलमा लकडाउन तत्काल खुला गर्दा संक्रमण झनै फैलिने कुरा उठेपछि भारत सरकारले थप १९ दिनका लागि समय थपेको हो । उडिसा र पञ्जाब राज्यले भने यसअघि नै मई १ तारिखसम्मका लागि संकटकालको घोषणा गरिसकेका छन् ।

शनिबार बैठकमा टेष्टको क्षेत्र बढाउने तथा महामारीबाट प्रभावितहरुलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । लकडाउन अघि भारतमा जनता कर्फ्यूको घोषणा गरिएको थियो । तर अचानक लकडाउनको घोषणा गरेपछि लाखौं मजदूर अलपत्र परेका थिए ।

बिना तयारी लकडाउनको घोषणा भएपछि शुरुको साता भने लकडाउनको व्यापक उल्लंघन भएका घटना सार्वजनिक भएका थिए । हजारौं मजदूर सयौं किलोमिटर पैदल नै हिडेर जानु परेको थियो । कोरोनाको संक्रमण भन्दा पनि लकडाउनमा अलपत्र परेर भारतमा तीन दर्जन मजदूरको मृत्यु भइसकेको छ ।

भारत सरकारले अहिलेसम्म पनि आम महामारीको चरणमा कोरोना संक्रमण नपुगेको दावी गरेको छ । यद्यपी देशका एक तिहाई संक्रमणका बिरामीमा लक्षण नदेखिएपछि यो चिन्ताजनक हुने बताइन्छ ।

भारतमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । हालसम्म त्यहाँ ३ सय ५८ को मृत्यु भइसकेको छ भने साढे १० हजार संक्रमित भएका छन

Share News