पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या
काठमाडौं । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् । पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्रमा ७७ उद्योग छन् । हालको अवस्थामा भने २१ उद्योग सञ्चालित छन् । तीमध्ये १४ उद्योग अनुमति लिएर पुनःसञ्चालन भएका हुन् । अन्य सात उद्योग भने कामदार त्यहीँभित्र बस्ने भएकाले भित्रभित्र काम गरिरहेका छन् । अनुमति नलिई सञ्चालित उद्योगमा फलामजन्य र ब्लक उद्योग छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालित ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले सामान उत्पादन र वितरणसम्मको स्पष्ट निर्देशिका सम्बन्धित निकायले नबनाउँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, “सुरक्षित भएर उद्योग सञ्चालन गर्नू मात्र भनिएको छ, उद्योगमा कामदारदेखि उत्पादनलाई बजार हुँदै उपभोक्तासम्म पु¥याउने सुरक्षित उपायका बारेमा केही भनिएको छैन, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नू रु” उनले निकै अन्योल रहेकाले हाल उद्योग बन्द गरेको बताए । उनका अनुसार कतिपय बेकरी उद्योगले उत्पादन गरेको सामान बजारमा लैजाँदा समेत बाटामा स्थानीयवासीले बाँसलगायत सामानले अवरोध सिर्जना गर्ने गरेकाले पनि अहिले सञ्चालन भएका बेकरी उद्योग बन्द भएका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले अहिले पानी, बिस्कुट, मसला, अक्सिजन र दुग्ध उद्योग सञ्चालनमा रहेको र चाउचाउ उद्योग केही दिनपछि आउने जानकारी दिए। उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कामदारको सुरक्षा अपनाउन नसक्दा उद्योग सञ्चालमा कठिनाइ भएको बताए । “उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छैन, कामदार आफू असुरक्षित महसुस गरेर काम गर्न सक्दैनन् ”, उनले भने । थर्मल गन, पिपिइलगायत आवश्यक स्वास्थ्य सामग्री खोजे पनि नपाइएको उनले बताए । औद्योगिक क्षेत्रको ढोकामा एउटा ‘हेल्थ डेस्क’ आवश्यक रहेको सम्बन्धित निकायमा जानकारी गराइए पनि व्यवस्था नभएको उनको गुनासो छ । हाल सञ्चालन भइरहेका उद्योग निकै कठिन अवस्थामा रहेको र जम्मा २५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए । त्यसैगरी हाल बन्द रारा, रम्बालगायत चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्सले यही वैशाख ७ गतेदेखि पुनःसञ्चालन गर्ने सोच बनाएको प्रालिका जनरल म्यानेजर अमित थापाले जानकारी दिए । उनले पहिल्यै उत्पादित चाउचाउले अहिलेसम्म बजार व्यवस्थापन गरेकाले अब सञ्चालनको तयारी गरिएको बताए । “सीमित कामदारबाट स्टक राखिएको सामग्रीबाट अहिले उत्पादन गर्ने तयारी भएको छ, हेरौं कहिलेसम्म चलाउन सक्छौं”, उनले भने । उनका अनुसार हाल मौज्दात रहेको कच्चा पदार्थबाट १५ दिनका लागि मात्र उत्पादन गर्न सकिन्छ । औद्योगिक क्षेत्रभित्र रहेको अर्को पोखरा नुडल्स पनि हाल बन्द छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिलेसम्मको विश्वभरकाे अपडेट
काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २२ लाख ५० हजार १ सय १९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ५४ हजार २ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५१ हजार ५ सय ७७ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ९ हजार ७ सय ३५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ भने अहिलेसम्म ४८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३० जना संक्रमित भएका छन् भने १ जना लाई निको भइसकेको छ । (तथ्यांक स्राेत: वल्डोमिटर)
वैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने
काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करीब १० प्रतिशतले घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने देखिएको सरोकारावालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् । कोरोना कारण धेरैले मुलुकहरले श्रमिक कटौती गरेका छन् । फलस्वप बैदेशिक रोजगारीमा गएका नेपालीहरुको कामदाहरु पनि श्रमिक कटौतीमा परेका छन् । जसका कारण यो बर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए । गत आर्थिक बर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवमा केन्द्रिय बैकले चाललु आवमा ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरिएको थियो । तर, यो वर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रिय बैकको अनुमान छ । ‘गत बर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह बृद्धि भएको थियो, यो बर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान गरेका थियौ,’ उनले भने, ‘तर, कोरोना महामारीले श्रम बजारलाइृ प्रभावित पारेका कारण रेमिटयान्स आय पनि घट्ने देखिएको छ ।’ भिडियो कन्फ्रेसमा बोल्दै केन्द्रिय बैकको प्रवक्ता भट्टले बहुपक्षिय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने बताए । यतिबेला विश्व बैक, एशियाली विकास बैक जस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए । ‘सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिदैनौ । तर, यतिबेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने शर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, एआईविको सहयोगलाई पनिे परिचालन गर्न सकिने उनले बताए । संक्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ । त्यसैले यस्तो जोखिमलाई कम गर्न हामीले हाम्रा प्राथमिकताको निर्धारण गर्नुपर्ने राष्ट्र बैकका प्रवक्ता भटट्ले बताए । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपी हामीले बर्षेनी १ खर्ब बराबरको आधारभूत कृषि जन्य बस्तुको आयात गरि रहेका छौ । तर, हामीले चाहयो भने यो आयातलाई व्यवस्थपन गर्न सक्छौ । ‘खुल्ला अर्थतन्त्रमा प्रतिस्धापन गर्न गारो हुन्छ । तर, आधारभूत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने । यसबाट पनि बर्षेनी १ खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए । यसैगरी जलविद्युत परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनले बताए । नेपाल राष्ट्र बैकले बहुक्षिय सस्थाहरुबाट कर्जा लिएर नीजि क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने केन्द्रिय बैकका प्रवक्ता भट्टले बताए । सहयोगी संस्थाहरु पनि यस बिषयमा सकरात्मक रहेको उनले बताए । यसले नीजि क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उनले दाबी गरे । कन्फेन्मा बोल्दै प्रवक्ता भट्टले पछिल्लो समयमा बैकिक क्षेत्रको ब्याजदर स्थायित्व रहेको बताए । ‘अर्थतन्त्रमा स्थिर ब्याजदर महत्वपूर्ण हो । पछिल्लो एक बर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौ भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ । बचत गर्नेलाई प्रोत्साहीत गर्छ,’ उनले भने । संक्रमण कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउँने भट्टले बताए । उनका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, बैदेशिक लगानी, बैदेशिक सन्चितबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपपिन आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताए । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्त्बय मुलुकमा पठाउँन सक्छौ । कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार विचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले बताए । श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कुटनीतिक छलफल बढाउँनु पर्ने बताए । ‘धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिई रहेका छन् । यदि यहि अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउँनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कुटनीतिक तवरबाट नै छलफल चलाउँनुपर्छ,’ उनले भने । अहिलेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवास विज्ञ नेपालले बताए । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउँनुपर्ने उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जादा कामदारहरु वेरोजगार बन्दै गएको उनले बताए । इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । ‘यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,’ उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिई रहेको छ । त्यसैगरी यस्ता कामदारलाई पनि निब्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउँनु पर्ने बताए ।
नेपालमा कोभिड-१९ काे १४ नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा कोभिड १९ काे १४ नयाँ संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोभिड १९ काे संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले पुष्टि गरेका हुन् । १३ जना संक्रमित पुरुष र एक महिला रहेकाे उनले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । चितवनमा दुई जनामा भने बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुर्ण परीक्षण गर्दा उनीहरुकाे नतिजा फेरी पनि पाेजेटिभ आएकाे हाे । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । उदयपुरमा १२ जनाकाे थप विवरण आउन बाँकी छ ।
दोस्रो अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढाउन नेपालको आग्रह
काठमाडाैं । सरकारले रणनीतिक महत्वको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन भारत सरकारसँग आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढ्ने जोखिमका बीच सरकारले लकडाउन जारी राखेको बेला शुक्रबार(आज) नेपाल सरकारका एक सचिवले आफ्ना भारतीय समकक्षीसँग श्रव्य दृश्य (भर्चुअल ) सम्वाद गरेर सो आग्रह गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आफ्ना भारतीय समकक्षी सञ्जिव नन्दन सहायलाई कूल ४०० केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरेका हुन् । सचिव घिमिरेले न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माणका लागि यसअघि भएको संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । त्यसका लागि लगानीकर्ताबीच तत्काल सम्झौता गर्नुपर्ने प्रस्ताव सचिव घिमिरेले गरेका छन् । गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न ऊर्जा सचिव स्तरीय बैठकमा सो प्रसारण लाइन निर्माणको ढाँचामा सहमति जुटेको थियो । नेपाल र भारतले समान रुपमा सो परियोजनामा लगानी गर्ने र त्यसका लागि एक छुट्टै कम्पनी खडा गरिनेछ । त्यसका लागि नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र भारतका तर्फबाट केन्द्रीय विद्युत् निगम तथा उसले तोकेको कम्पनी रहनेछ । नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि सो प्रसारण लाइन महत्वपूर्ण रहेको छ । काठमाडौंको नांगलेभारेबाट शुरु हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवल हुँदै भारतको गोरखपुरमा जोडिनेछ । सो प्रसारण लाइनमा भने अमेरिकन सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत काम हुन लागेको छ । सो अवसरमा सचिव घिमिरेले कोभिड-१९ नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाका लागि खरिद गरेका आवश्यक उपकरण केही भारततर्फका विभिन्न भन्सारमा रोकिएको बारेमा समेत आफ्ना समकक्षीलाई जानकारी दिए । केही सामम्री बीचैमा रोकिएको जानकारीे गराउँदै उनले ती उपकरण आउन दिने व्यवस्था मिलाइदिन भारतीय सचिवलाई आग्रह गरेका थिए । मन्त्रिपरिषद्ले लकडाउनका बीचमा पनि विकास आयोजनाका काम अघि बढाउने निर्णय गरेकाले ती सामग्री छिट्टै ल्याउने वातावरण मिलाइदिन उनले आग्रह गरेका थिए । जवाफमा भारतका सचिव सहायले आफूहरु सामान पठाउन सकारात्मक रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सचिव घिमिरेले विद्युत् व्यापारका लागि नेपाल–भारत–बंगलादेशको त्रिपक्षीय संयन्त्रको बैठकका लागि समेत प्रस्ताव गरे । यस्तै भारतले नेपालतर्फ विद्युत् निर्यात घटाउन आफूहरुले गरेको प्रस्ताव स्वीकार गरेकामा सचिव घिमिरेले धन्यवाद दिए । लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा माग ह्वात्तै घटेकाले नेपालले भारतबाट विद्युत् आयातमा कटौती गरेको छ । यसअघि ४०० देखि ५०० मेगावाट दैनिक भारतबाट विद्युत् आयात हुँदै आएकामा लकडाउनपछि २०० मेगावाटमा सीमित भएको छ । यस्तै सचिव घिमिरेले भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवसँग पनि कोभिड–१९ का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका छन् । भर्चुअल मिटिङमार्फत उनले कोभिड–१९ पछिको अवस्थाको समीक्षा तथा एकअर्काका समस्याबारे जानकारी लिएका हुन् । बैठकमा कोभिड–१९ ले ऊर्जा क्षेत्रमा पारेको नकारात्मक प्रभाव, विद्युत्को माग र आपूर्तिको सन्तुलन, निर्माणाधीन आयोजनाका काम तथा समस्या समाधानको उपायबारे छलफल भएको नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । सचिव बैठकमा भारत, बंगलादेश र भुटानले पनि नेपालकै जस्ता समस्या राखेको सचिव घिमिरेले बताए । ती देशमा पनि लकडाउनका कारण निर्माणाधीन आयोजनाका काम ठप्प भएको, उद्योगभन्दा ठप्प हुँदा विद्युत् माग ह्वात्तै घटेको जस्ता समस्या सचिवहरुले सुनाएको घिमिरेले जानकारी दिए । सचिव घिमिरेले भने, ‘उहाँहरुका पनि हाम्रा जस्तै समस्या रहेछन् । उद्योगहरु त्यहाँ पनि ठप्प रहेका छन् । सबैले मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।’ सरकारले रणनीतिक महत्वको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन भारत सरकारसँग आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढ्ने जोखिमका बीच सरकारले लकडाउन जारी राखेको बेला आज नेपाल सरकारका एक सचिवले आफ्ना भारतीय समकक्षीसँग श्रव्य दृश्य (भर्चुअल ) सम्वाद गरेर सो आग्रह गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आफ्ना भारतीय समकक्षी सञ्जिव नन्दन सहायलाई कूल ४०० केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरेका हुन् । सचिव घिमिरेले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माणका लागि यसअघि भएको संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । त्यसका लागि लगानीकर्ताबीच तत्काल सम्झौता गर्नुपर्ने प्रस्ताव सचिव घिमिरेले गरेका छन् । गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न ऊर्जा सचिव स्तरीय बैठकमा सो प्रसारण लाइन निर्माणको ढाँचामा सहमति जुटेको थियो । नेपाल र भारतले समान रुपमा सो परियोजनामा लगानी गर्ने र त्यसका लागि एक छुट्टै कम्पनी खडा गरिनेछ । त्यसका लागि नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र भारतका तर्फबाट केन्द्रीय विद्युत् निगम तथा उसले तोकेको कम्पनी रहनेछ । नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि सो प्रसारण लाइन महत्वपूर्ण रहेको छ । काठमाडौंको नांगलेभारेबाट शुरु हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवल हुँदै भारतको गोरखपुरमा जोडिनेछ । सो प्रसारण लाइनमा भने अमेरिकन सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत काम हुन लागेको छ । सो अवसरमा सचिव घिमिरेले कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाका लागि खरिद गरेका आवश्यक उपकरण केही भारततर्फका विभिन्न भन्सारमा रोकिएको बारेमा समेत आफ्ना समकक्षीलाई जानकारी दिए । केही सामम्री बीचैमा रोकिएको जानकारीे गराउँदै उनले ती उपकरण आउन दिने व्यवस्था मिलाइदिन भारतीय सचिवलाई आग्रह गरेका थिए । मन्त्रिपरिषद्ले लकडाउनका बीचमा पनि विकास आयोजनाका काम अघि बढाउने निर्णय गरेकाले ती सामग्री छिट्टै ल्याउने वातावरण मिलाइदिन उनले आग्रह गरेका थिए । जवाफमा भारतका सचिव सहायले आफूहरु सामान पठाउन सकारात्मक रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सचिव घिमिरेले विद्युत् व्यापारका लागि नेपाल–भारत–बंगलादेशको त्रिपक्षीय संयन्त्रको बैठकका लागि समेत प्रस्ताव गरे । यस्तै भारतले नेपालतर्फ विद्युत् निर्यात घटाउन आफूहरुले गरेको प्रस्ताव स्वीकार गरेकामा सचिव घिमिरेले धन्यवाद दिए। लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा माग ह्वात्तै घटेकाले नेपालले भारतबाट विद्युत् आयातमा कटौती गरेको छ । यसअघि ४०० देखि ५०० मेगावाट दैनिक भारतबाट विद्युत् आयात हुँदै आएकामा लकडाउनपछि २०० मेगावाटमा सीमित भएको छ । यस्तै सचिव घिमिरेले भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवसँग पनि कोभिड–१९ का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका छन्। भर्चुअल मिटिङमार्फत उनले कोभिड–१९ पछिको अवस्थाको समीक्षा तथा एकअर्काका समस्याबारे जानकारी लिएका हुन्। बैठकमा कोभिड–१९ ले ऊर्जा क्षेत्रमा पारेको नकारात्मक प्रभाव, विद्युत्को माग र आपूर्तिको सन्तुलन, निर्माणाधीन आयोजनाका काम तथा समस्या समाधानको उपायबारे छलफल भएको नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । सचिव बैठकमा भारत, बंगलादेश र भुटानले पनि नेपालकै जस्ता समस्या राखेको सचिव घिमिरेले बताए । ती देशमा पनि लकडाउनका कारण निर्माणाधीन आयोजनाका काम ठप्प भएको, उद्योगभन्दा ठप्प हुँदा विद्युत् माग ह्वात्तै घटेको जस्ता समस्या सचिवहरुले सुनाएको घिमिरेले जानकारी दिए । सचिव घिमिरेले भने, ‘उहाँहरुका पनि हाम्रा जस्तै समस्या रहेछन् । उद्योगहरु त्यहाँ पनि ठप्प रहेका छन् । सबैले मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।’
पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्नुस्- शेरबहादुर देउवा
काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले शुक्रबार ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ-आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन् । साथै, सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन् । तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उनको टिप्पणी छ ।
डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो
काठमाडाैं । अहिलेको युग प्रवधिको हो । यो प्रविधि हरेक क्षेत्रमा उत्तिकै आवश्यक छ । अझ बैंकहरुले त आफ्नो सेवा सहज तथा विस्तार गर्नको लागि प्रविधि अपरिहार्य छ । अहिले देश लकडाउनमा छ । यो लकडाउनको समयमा विभिन्न बैंकहरुले डिजिटल बैंकिङ प्रणालीलाई प्रवद्र्धन गरिरहेका छन् । लक्ष्मि बैंकले पनि ग्राहकको सेवाका लागि विभिन्न माध्यमबाट डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं । डिजिटल बैंकिङको प्रवद्र्धन गर्नका लागि हामीले विभिन्न च्यानलहरु प्रयोग गर्दै आइरहेका छौं । हामीले पहिले देखि नै डिजिटल बैंकिङ प्राथमिकता दिएर काम गर्दै आएको छौं । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)को कारण हाम्रो देश लकडाउनमा छ । आम सर्वसाधारणहरु घरभित्रै छन् । हाम्रा ग्राहकहरु घरभित्रै भएपनि हामीले उनीहरुलाई प्रदान गर्ने सेवाहरुमा भने कमि गरेका छैनौं । अहिले लकडाउनले उनीहरुलाई डिजिटल बैंकिङ चलाउन इच्छुक बनाएको छ । उनीहरु पहिलेको भन्दा बढी चासो राख्न थालेका छन् । यसका लागि हामीले पनि विभिन्न च्यानलहरुको प्रयोगमार्फ उनीहरुलाई डिजिटल बैंकिङ सिकाइरहेका छौं । र यसतर्फ आकर्षित गर्नका लागि सचेतना दिइरहेका छौं । हुन त पहिले पनि धेरै ग्राहकहरुले मोइबाल बैंकिङ लिएका थिए । उनीहरुमध्ये कमैले मात्र मोइबाल बैंकिङ प्रयोग गरेका थिए । अहिले भने त्यो प्रयोग गर्नेको संख्या बढेको छ । हामीलाई फोन अर्थात मेसेजमार्फत धेरै गुनासाहरु आउने गरेका छन् । उनीहरुका समस्या र जिज्ञासाहरुलाई अहिले पनि समाधान गरिरहेका छौं । अहिले पहिलेको भन्दा धेरै मोइबाल र इन्टरनेट बैंकिङका ग्राहक बढेका छन् । अझै पनि यो संख्या बढ्ने देखिन्छ । अझै पनि आधा जति ग्राहकले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् । अहिलेको अवस्थामा पनि कार्ड धेरैले प्रयोग गर्छन् । नयाँ खाता खोल्ने बितिकै कार्ड लिने भएकोले सबैसँग कार्ड छ । मोइबाल बैंकिङको सुविधा र इन्टरनेटमार्फत धेरै काम गर्न सकिने भएकोले धेरैको आकर्षण अहिले मोइबाल र इन्टरनेट बैंकिङमा हुनु स्वभाविक हो । लकडाउनको समयमा रणनीति अहिले लकडाउनको समयमा हामीले ग्राहकहरुलाई इमेल, एसएमएस पठाएर मोइबाल र इन्टरनेट बैंकिङ सम्बन्धि जानकारी दिइरहेका छौं । धेरै पहिले बैंकमा खाता खोलेका खाताहरु धेरै ग्राहकले अपडेट गर्नु भएको छैन । उहाँहरुलाई विभिन्न कुराहरु जस्तै मोबाइल नम्बर, इमेल अपडेट गर्नुहोस् भनेर मेसेज गरिरहेका हुन्छौं । कतिपयलाई त मेसेज नै जाँदैन । उनीहरुलाई पनि मोबाइल बैंकिङ सम्बन्धि जानकारी दिने गरेका छौं । धेरै ग्राहकहरु परम्परागत बैंकिङमै छन् । उनीहरुलाई नयाँ प्रविधिमा अभ्यस्त गराउने खालका रणनीति बनाएर डिजिटल बैंकिङतर्फ आकर्षित गराइरहेका छौं । लकडाउनमा बैंकिङ गतिविधि पहिलेको जस्तो बैंकिङ गतिविधि अहिले छैन । देश लकडाउनमा भएकोले पनि बैंकहरु सुनसान नै छन् । तर, बैंकहरु अत्यावश्यक सेवामा पर्ने भएकोले बैंक खोलेर नै सेवा दिइरहेका छौं । बैकिङ एक्टिीभिटिज खासै नभएपनि मोबाइल बैंकिङ सम्बन्धि ग्राहकलाई जानकारी दिने लगायत अन्य आन्तरिक गतिविधीहरु भने गरिरहेका छौं । लकडाउनले आर्थिक गतिविधि नभएकोले पनि कारोबार धेरै छैन । ग्राहकले तत्काल तिर्नु पर्ने काममा बाहेक अन्य काममा मोइबाल बैंकिङ प्रयोग गरेका छैनन् । लकडाउनको समयमा बैंकिङ गतिविधि बढ्नै सक्दैन । दैनिक उपभोग्य वस्तु किन्न बाहेक अरु गतिविधी मोबाइल बैंकिङमार्फत भएको छैन । तर, मानिसहरुमा मोइबाल बैंकिङ चलाउनु पर्छ यो धेरै आवश्यक रहेछ भन्ने किसिमको मानसिकता वृद्धि भइसकेको छ । आशा छ लकडाउन खुलेपछि धेरै ग्राहकहरुले मोबाइल बैकिङ प्रयोग गर्नेछन् । डिजिटल बैंकिङमा विश्वसनियता पछिल्लो समय डिजिटल बैंकिङमा ग्राहकको विश्वास पनि बढ्दै गएको छ । संसार भरि नै यही छ । नेपाली बैंकहरुले प्रयोग गर्ने प्रविधि पनि विश्वासिलो नै छ । प्रविधि परिवर्तन भइरहने चिज हो । नेपाली बैंकहरु अपडेटेड नै छन् । यसमा कुनै कम्प्रमाइज नै छैन । पहिलेदेखि नै यो प्रविधि प्रयोग गरिरहेको हुनाले त्यति समस्या त आउँदैन । तर, पनि मेरो टेक्नोलोजी एकदमै ठीक भन्ने कुरा कसैले पनि गर्नु हुँदैन । आउने दिनहरुमा प्रयोगकर्ता पनि बढ्दै गएपछि अवश्य पनि यसको विश्वसनियता पनि बढ्दै जान्छ । केही वर्षयता प्रविधिमा पनि धेरै सुधार र यसमा लगानी पनि बढ्दै गएको छ । बैंकहरुको डाटा पनि सुरक्षित नै हुन्छ । समय–समयमा आइएस अडिट हुन्छ । डाटाको सेक्युरिटी चेक गर्ने मुख्य त्यहि हो । त्यसमा बैंक रेगुलेटरहरु सुरक्षित भइसकेको अवस्था छ । अहिले लकडाउनको समयमा कार्डको प्रयोग घटेको छ । मोबाइल बैंकिङ बढेको छ । फागुनमा लक्ष्मी बैंकको एक लाख ६० हजार प्रयोगकर्ता थिए भने चैतमा मात्रै २ लाख २० हजार भन्दा माथि पुगेको छ । टपअप पेमेण्ट,अन्य इन्टरनेटको रिचार्ज गर्ने बढेका छन् । सानो रकमका ग्राहकलाई कसरी समेट्ने ? आर्थिक कारोबारका लागि मोबाइल बैंकिङ सबैभन्दा सरल माध्यम हो । जहाँबाट पनि हामी यसको सहयोगले हाम्रो काम गर्न सक्छौं । अहिले अरु भन्दा पनि दैनिक उपभोग्य सामानको मात्र माग बढी हुन्छ । जुन पसलमा जाने हो त्यो पसलमा पनि त्यसको सेवा हुनुपर्छ । क्युआर सिस्टम आइसकेको छ । क्युआर पेमेण्ट गर्नुपर्छ । सानो सानो पसलमा क्यु आर पेमेन्ट राख्नु पर्छ । यसरी नै सामान खरिद गर्ने र बिक्री गर्ने दुवै जनाले यो प्रविधि प्रयोग गर्यो भने यो समस्या सहजै समाधान हुन्छ । मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै का मगर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेटर, टि.भी., खानेपानी, इन्स्योन्स, कलेज लगायतका बिल तिर्न सकिन्छ । खासगरी लक्ष्मी बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सक्नुहुनेछ । मोबाइल बैंकिङका विशेषता मोबाइल बैंकिङबाट सबै काम गर्न सकिन्छ । ग्राहकले बैंकमा नै धाउनु पर्दैन । मोबाइल बैंकिङ पहिले थोरै बैंकमा थियो । अहिले सबैमा छ । बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटिसी, एनसेल, क्रेडिट कार्डकाे बिल पेमेन्ट, वालेट टपअप, रिचार्जकार्ड खरिद गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न, साथै QR मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथिउल्लेख गरेको मोवाईलबैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । चुनौती प्रविधि सँग अभ्यस्त भएर काम गर्नुपर्छ । लकडाउनको समयमा केही रिक्स आउन सक्छ भन्ने कुरा पनि छ । तर, यसलाई कसरी भरपर्दो र सुरक्षित गर्न सकिन्छ भन्ने तर्फ पनि लाग्नु पर्छ । प्रविधिमा लगानी गर्न पनि आवश्यक छ । चुनाैती नलिँदासम्म माथि पुग्न सकिन्न । (लक्ष्मी बैंककाे रणनीति तथा बजार व्यवस्थापन प्रमुख भारती पाण्डेसँग विकासन्यूजका सन्ताेष राेकायाले गरेकाे कूराकानीमा आधारित)
फोर्डले १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिता गर्दै, भाग लिने कसरी ?
काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्र्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त/पुरा गर्नुपर्नेछ । प्रतिस्पर्धाको १०औं दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ । प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु: १. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ । २. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने । ३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले # प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ ) ४. अरु १० अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नु पर्नेछ । ५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला । ६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ । ७. प्रतिस्पर्धाका विजेता फाेर सी- क्रियटिभ, कन्सेप्ट, कन्टेन्स, क्ल्यारिटीको आधारमा गरिनेछ । ८. प्रतिस्पर्धा १७ अप्रिल मन शुरु हुनेछ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।