नाफा घाटाको कुरा पछि गरौंला, यो महामारीमा सकेसम्म सेवा दिने होः अधिकारी
कोरोना भाईरस (कोभिड १९) को महामारी विश्वभर फैलिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घरमै राखेका छन् । नेपालमा पनि ११ चैतदेखि देशभर लकडाउन गरिएको छ । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव सबै क्षेत्रमा परेको छ । यस्तो बेलामा अत्यावश्यक सेवा भित्र पर्ने दूरसंचार सेवा स्वभाविक रुपमा प्रवाह गर्न नेपाल टेलिकम (एनटीसी) ले कस्तो उपाय अपनाएको छ ? फोरजी सेवा विस्तारको काम कहाँ पुग्यो ? लकडाउनले टेलिकमलाई के कस्तो असर पारेको छ भन्ने लगायतका विषयमा टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः लक डाउनमा नेपाल टेलिकमले सेवा प्रवाहको व्यवस्थापन कसरी गरिरहेको छ ? अहिले सेवा प्रवाहका लागि हामीले २/३ प्रकारका मोडालिटी अपनाएका छौं । एउटा भनेको फिल्डमा खटेर मर्मत सम्भारको काम गर्ने हो । उक्त मर्मत सम्भारमा व्यकबोन लिंक, पावर सिस्टममा आउँने समस्या, टावरका समस्या समाधान गर्ने जस्ता काम पर्छन् । सोही कामका लागि जिल्ला प्रशासन कार्यालयबाट हामीले पास लिएका छाैं । सोही पासको सदुपयोग गर्दै हाम्रा कर्मचारीहरु काममा खटिएका छन् । अर्को भनेको फोरजी, जिएसएमका कोर नेटवर्कका लागि काम गर्ने हो । यस्तै, व्याकबोनको लागि हामीले कर्मचारीहरुलाई सिफ्ट मिलाएर काममा खटाएका छौं । अरु सामान्य ग्राहक सर्पोटका कामहरु हामीले गरिरहेका छाैं । टेक्निकल इन्जिनियरहरुले घरबाटै काम गर्ने (वोर्किङ्ग फ्रर्म होम) विधि कार्यान्वयन गरिएको छ । मनिटरिङ्ग, कन्फ्यूग्रेसन, सुभर भिजन गर्नुपर्ने कुरा भिपिएन लिंकबाट घरबाटै गरिरहेका छौं । घरबाट सुभरभिजन हुन नसक्ने विशेष अवस्थामा मात्र साइटमा आउँने व्यवस्था मिलाईएको छ । यस्तै, रिचार्ज कार्ड वितरण गर्न पास भएको गाडी मार्फत गर्दै आएका छौँ । अर्थात टेलिकमले प्रवाह गर्ने कुनै पनि प्रकारको सेवामा कुनै कमिकमजोरी भएको छैन । अहिले पनि सहज ढंगबाट सेवा प्रवाह भइरहेको छ । कोरोना महामारी रोकथाममा नेपाल टेलिकमले आफ्नो तर्फबाट कस्तो भुमिका खेलिरहेको छ ? नेपाल सरकारले स्थापना गरेको कोरोना महामारी विरुद्धको कोषमा टेलिकमका कर्मचारीका तर्फबाट २ करोड रुपैयाँ तथा टेलिकमबाट १० करोड रुपैयाँ गरी १२ करोड रुपैयाँ योदान गरेको अवस्था छ । आमजनतालाई कोरोना बारे सुसुचित गराउँने उदेश्यले फोन गर्ने वित्तिकै कोरोना संक्रमण रोकथामका लागि जनचेतनामुलक सामग्री सुन्न सकिने व्यवस्था मिलाइएको छ । यो पनि निकै प्रभावकारी भएको प्रतिक्रिया पाइरहेका छौँ । अर्को भनेको *1419# डायल गरेर सम्भावित कोरोरा संक्रमित व्यक्तिको पहिचानमा सहज होस भन्ने उदेश्यले सर्वेक्षण समेत गरका छौँ । टेलिकमले गरेको यो कार्य पनि महामारी नियन्त्रण र रोकथामका लागि विशेष प्रकारको हो । अर्को, टोल फ्री सर्भिस प्रदान गरेका छौँ । कल सेन्टर हाम्रो अफिसको परिसर छाउनीमा रहेको छ । लकडाउनको अवधिमा इन्टरनेट तथा भ्वाइस कल सेवामा प्रयोगकर्ताको वृद्धि दर कस्तो छ ? लकडाउनको अवधिमा प्रयोगकर्ताको संख्यामा भन्दापनि भोलुममा उतारचढाव आएको छ । भ्वाइस कलको सेवामा करिब २५ प्रतिशतले कमी भएको छ । यो समयमा सबै जना घरमै हुने भएकाले पारिवारिक कल नहुने भएकाले यस्तो भएको हुन सक्छ । अहिले व्यापार व्यवसाय पनि छैन । त्यसकारण व्यापारिक कल खासै हुदैन । अन्र्तराष्ट्रिय यात्रा रोकिएकाले रोमिङ्ग कल पनि हुँदैन । विदेशमा बसेका नेपालीसमेत आफ्नै निवासमा बसेका छन् । सोही कारण नेपालमा मात्र नभई संसारभर नै कल भोलुम घटन पुगेको छ । यस्तै, मोवाईल डाटा र फिक्स डाटा उपभोग भने बढेको छ । घरमा बसेर सामाजिक संजालहरु फेसबुक, भाइबर, टिकटक चलाउँनेहरु बढेकाले ईन्टरनेट प्रयोगकर्ता भोलुम वृद्धी भइरहेको छ । नयाँ बर्षको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई दिएको उपहार योजना के के हुन् ? यसपालिको नयाँ वर्ष उत्सवमय भएन । अहिले विश्वमा नै फैलिरहेको कोरोना महामारीले खुशी दिएको अवस्था छैन । सोही कारण लकडाउनलाई नै केन्द्रित गरेर ग्राहकलाई हामीले केही प्याकेज दिएका थियौँ । ‘स्टे कनेक्टेड’ प्याकेज मार्फत भ्वाईस प्याकेज खरिद गर्दा ५० प्रतिशसम्म थप भोलुम पाउँने, डेटा प्याकेज खरिद गर्दा ४ सय प्रतिशतसम्म बोनश डाटा पाउँने प्याकेज ल्याएका छौँ । पहिलेदेखि चलिरहेका प्याकेजहरुलाई अर्को व्यवस्था नभएसम्मको लागि चैत्र ३० गतेदेखि नै निरन्तरता दिइरहेको अवस्था छ । फोरजी सेवा अपग्रेड गर्ने कार्य के भइरहेको छ ? फोरजी अपग्रेड कार्य छिट्टै सक्याउँने लक्ष्य लिएका थियौं । चिनीयाँ कम्पनी मार्फत नै काम गरेकाले जनवरीको दोस्रो हप्ताबाट विज्ञहरु चीन जादाँ कोरोनाका कारण फर्किन पाएनन् । कोरोना संक्रमण अहिले नेपालमा नै आइसकेको अवस्था छ । लकडाउनपछि त फोरजीको काममा पूर्ण रुपमा असर परेको अवस्था छ । फोरजी अपडेटका लागि ६०/६५ प्रतिशत रेडीयो नेटवर्कको काम सम्पन्न भइसकेको छ । कोर नेटर्वकको काम भने संचालन भइरहेको छ । लकडाउन नभएको भए काम निकै अगाडि पुगिसकेको अवस्था हुन्थ्यो । देशमा प्रमुख शहरहरुमा फोरजी सेवा पुगिसकेको अवस्था छ । आगामी मे महिनासम्ममा हामीले फोरजी नेटवर्ककको काम सक्ने लक्ष्य लिएका थियौँ । आगामी दिनमा के हुन्छ भन्ने कुरा अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । तर, २०७७ सालमा हामी देशका ७७ जिल्लामा नै फोरजी नेटवर्क बिस्तार गर्ने पक्षमा छौँ । ह्वाट्स एप भाईबर जस्ता संजालबाटबाट गरिने कुराकानी बढ्दो क्रममा छ, यसले नेपाल टेलिकमको आम्दानीमा कस्तो असर परेको छ ? कल गर्नको लागि भाईबर, म्यासेन्जर, ह्वाट्स एप जस्ता संजालकैे प्रयोग हुने भएकाले कलमा केही कमी आएको अवस्था छ । सोही कारण टेलिकमको आम्दानीसमेत केही हदसम्म प्रभावित हुन पुगेको अवस्था छ । कारोना भाइसर संक्रमणपछिको अवस्थाले नेपाल टेलिकमलाई पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु के–के हुन् ? फिल्ड वर्कभन्दा बाहेकका काम सबै बन्द छन् । टेलिकमका कतिपय कामको लागि आउट सोर्सिङ गर्नुपर्ने हुन्छ । लकडाउनले त्यस्ता काममा असर परेको अवस्था छ । अहिले घरमा जान सक्ने अवस्था छैन । भ्वाईस नेटवर्ककको कामदेखि रिचार्ज कार्ड वितरणसम्ममा प्रभाव परेको छ । फिजिकल रिचार्ज कार्ड वितरणमा समस्या छ । भनेको बेलामा पसल खुलेका हुदैनन्। किन्ने मान्छेपनि सहज रुपमा किन्न पाउँने अवस्था छैन । अप्रत्यक्ष असरको कुरा राष्ट्रिय अर्थतन्त्रमा पर्ने असरको कुरा आउँछ । रोजगारी तथा अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको छ । यसको असर हामीलाई पनि पर्छ । कोरोना महामारीपछि मान्छेको तौरतरिका, काम गर्ने बानी, सामाजिक सम्बन्ध राख्ने जस्ता हरेका कुराहरु परिवर्तन हुन सक्छ । हामीले त्यो कुरा हेर्नको लागि संक्रमणपछिको समयसम्म कुर्नै पर्ने हुन्छ । अहिले नै यति प्रभाव पर्छ वा पर्दैन भनेर आँकलन गर्न सकिने अवस्था छ्रैन । सरकारले निर्देशन दिए बमोजिम भ्वाईस तथा इन्टरनेटमा छुट दिँदा नेपाल टेलिकमलाई फाइदा हुन्छ कि हुँदैन ? लकडाउनको पहिलो अवधिमा हामीले बोनश दिएका थियौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए) को निर्देशन मान्दै हामीले बोनश दिएका थियौं । यसले ग्राहकलाई फाइदा हुन्छ । तर, कम्पनीलाई भने कुनै पनि फाइदा हुँदैन । यो त महामारीमा दिइएको एक किसीमको योगदान हो, सहुलिएत हो । विषम परिस्थितिमा ग्राहकलाई एनटीसीले नाफाभन्दा पनि सेवाको उदेश्यले यस्ता सुविधा दिँदै आएको छ । सरकारले भने अनुसार नै इन्टरनेटमा छुट दिदै आएका छौं । यस्तै टेलिफोनको बिल तिर्ने कुरामा पनि बैशाख मसान्तसम्म समय दिएका छौँ । यी कुराहरु फाइदाकै लागि भन्दा ग्राहकहरुलाई हामीसँग जोड्न गरेका हौँ । टेलिकमको चालु आवको आयव्यय र नाफामा कोरोना माहामारीले असर गर्छ कि गर्दैन ? सेवा खपत कम भइरहेको छ । आर्थिक गतिविधि कम भएकाले आम्दानीमा असर पर्छ । यस्तै, हामीले गर्ने खर्चमा पनि निकै प्रभाव पर्छ । कुन मानेमा कति खर्च हुन्छ भन्ने कुरा अहिले भन्न सक्दैनौं । युरोपका देश नै ८६ दिनसम्म लक डाउनमा परे । नेपालमा पनि लकडाउनको असर दुरसंचार क्षेत्रमा पनि स्वभाविक रुपमा नै पर्ने देखिन्छ । डिजिटल पेमेन्ट सहज बनाउने किसीमले टेलिकमले सेवा प्रवाह गर्दै छ कि छैन ? यसमा २ वटा कुरा गर्न चाहन्छु । एउटा, बिल भुक्तानी तथा रिचार्जमा हामीले एमपोस मार्फत गर्दै आएका छौँ । यसका लागि ईसेवा, वालेट, खल्तीमार्फत काम भइरहेको छ । यस्तै, एसएमएस बैकिङ्ग, अनलाईन बैकिङ्गमा नेपाल टेलिकमले सहकार्य गरिरहेको छ । यस्तै, भिसाकार्डको पिन नम्बर मार्फत नेपाल टेलिकमको भुक्तानी गर्न मिल्नेलगायतको सेवा संचालन गर्दै आएको छ ।
क्वारेन्टाइनमा बस्नेलाई वडाध्यक्षले नै धकेलेर खेदेपछि…
गोरखा । जिल्लाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई वडाध्यक्षले गाऊँपालिकाको समय नपुग्दै धकेलेर खेदिएको छ । स्थानीय एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् । आफूहरु घर जान्नौं यहिँ बस्छौं भन्दा भन्दै ठेलमठेल गरेर धकेलेर बाहिर निकाले, सुरक्षाको कारण पनि यहाँ बस्न हुँदैन भनेर हामी घर आएर यहाँ पनि अलग्गै बसेका छौं, खेदिएका एक सदस्यले भने । शहिद स्मृतिको क्वारेन्टाइनमा अध्यक्षका कारण सुरक्षा नहुने रहेछ, आज हामी चेकजाँचका लागि नामजुङ जान लागेको उनले थप जानकारी दिए । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन विश्वले लकडाउन, होम क्वारेन्टाइन, सामाजिक दुरी लगायतका विभिन्न उपायहरु अपनाईरहेको छ । विशेष गरेर विदेश तथा देश भित्रकै कुनै एक ठाउँबाट अर्को ठाउँमा आएका नागरिकहरुलाई कम्तिमा पनि १४ देखि २१ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसलाई कोरोना रोग सर्नबाट जोगिन उत्तम उपायका रुपमा लिइन्छ । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित बुंकोटमा रहेको शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा बसेका नागरिकलाई अवधि नपुग्दै तीन दिनको दिन क्वारेन्टाइनमा बस्नेहरुलाई कम्तिमा पनि १४ दिन राख्नुपर्नेमा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले ३ दिन नपुग्दै शनिबार क्वारेन्टाइनमा बस्ने ७ जनालाई जबरजस्ती धकेलेर घर पठाएका हुन । शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा ३ दिन अघि चितवन र काठमाडाैंबाट आएका १ बच्चा सहित ५ जना नागरिकहरुलाई राखिएको थियो । उनीहरु सबैलाई क्वारेन्टाइनमा बस्ने अवधि नपुग्दै आजै शहिद लखन गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठले घर पठाईदिएको उक्त क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य एवं शहिद स्मृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको भनाई छ । अध्यक्ष श्रेष्ठका भाइखलक उत्तरकुमार श्रेष्ठले आफू गाडीमा हिडेको बारेमा सामाजिक सञ्जालमा लेखेपछि त्यसको साटो फेर्न क्वारेन्टाइनका मानिसहरु छोडिदिएको उनले आफ्नो पार्टी नेपाली काँग्रेस निकटका व्यक्तिहरुसँग बताएका छन् । क्वारेन्टाइनमा राखेका नागरिकहरुलाई धपाउने कार्यक्रममा सोही गाउँपालिका वडा नं. ८ का अध्यक्ष काशीनाथ अंगाई समेत संलग्न छन् । आफूले क्वारेन्टाइनमा बसेकालाई लखेट्दा नजिकै रहेकी गाउँपालिका अध्यक्षले केही नभनेको भन्दै वडा अध्यक्ष श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् । वडा अध्यक्ष श्रेष्ठले धेरै ठाउँ हिँडिरहेकोले उनलाई समेत क्वारेन्टाइनमा राख्न स्थानीयहरुले माग गरेका छन् । पालिका बाहिरबाट आएका नागरिकहरुलाई १४ अनिवार्य क्वारेन्टाईनमा राखेर मात्र घरमा जान शहिद लखन गाउँपालिकाले निर्णय गरेको थियो र सोहि अनुरुप पछिल्लो समय गाउँ आएका जो कोहिलाई पनि गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनहरुमा राख्ने व्यवस्था थियो । यसबारेमा गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विदेशबाट आएकाहरुको हकमा आफूले निर्णय लिने र देश भित्रबाट पालिका प्रवेश गरेकाहरुकाको हकमा सम्पन्धि पालिकाको नियम अनुसार हुने बताए । रोग लाग्न नदिन गाउँपालिकाले बनाएको नियम सबैले पालना गर्नुपर्ने उनको भनाई छ ।
कोरोनाकाे कारण अमेरिकामा १० नेपालीले जीवन गुमाए
काठमाडाैं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्रट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ । अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले जानकारी दिए । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् । यसैबीच भण्डारीले नेपाली लगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिएका छन् । कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका थिए । एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल भएक आँकडा रहेको बताउँछन् । यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । रासस
जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको रिपोर्ट आयाे
काठमाडाैं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।
सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, १५ सय जनालाई रोजगारी दिन सफल
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल आज(चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएकाे यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएकाे छ । बैंकका अनुसार याे अवधिमा कम्पनीले आफूलाई मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेकाे छ । देशभर शाखा स्थापना गर्न सफल भएकाे छ । प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय जनालाई रोजगारी प्रदान गरेकाे छ। यससँगै, बैंकले आफ्ना असल प्रयासहरु आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने प्रतिवद्धता गरेकाे छ । साथै, यहाँसम्म आइपुग्न प्राप्त सहयोगका लागि नेपाल सरकार, नियमन निकाय, ग्राहक, शेयरधनीहरु लगायतलाई बैंकले आभार प्रकट गरेकाे छ ।
खुसीकाे खवरः ईटालीमा घट्न थाले मृतक र संक्रमित
काठमाडाैं । पछिल्लाे केही दिन यता ईटालीमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या मृत्यु हुनेकाे संख्यामा कमि आएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा कोरोना भाइरसको महामारीका कारण १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ भने २३ हजार २२७ जनाको ज्यान गएको छ । त्यस्तै, २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा शनिवार ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै ४८२ जनाले ज्यान गुमाएका छन् । अन्य दिनको तुलनामा इटालीमा संक्रमित र मृतकको संख्या कम हुँदै गईरहेको छ । कोरोना भाइरसको महामारीले ग्रस्त बनेको विश्वमा अहिलेसम्म १ लाख ६० हजार ७८३ जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३२ हजार ४५० जनालाई स्ंक्रमण भएको छ । त्यस्तै ५ लाख ९९ हजार ९९८ जना निको भएका छन् । अहिलेसम्म विश्वमा ५५ हजार २८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एनआरएनका पूर्व अध्यक्ष लामिछानेले कोरोना कोषमा दिए ५ लाख रुपैयाँ
काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएन) का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो । एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल(वैशाख ७ गते) सम्म २ करोड २४ लाख ५ हजार ६ सय रुपैयाँ जम्मा भइसकेको एनआरएनले जानकारी दिएको छ ।
इकोभेसन सेन्टर स्थापना गरेर उद्योग र प्रतिष्ठानलाई सरकारले सहयोग गर्ने
काठमाडौं । लकडाउनको कारणले बन्द रहेको उद्योगलाई सरकारले सहयोग गर्ने भएको छ । सरकारले इकोभेसन सेन्टर स्थापना गरेर उद्योग तथा प्रतिष्ठानलाई राहत प्याकेज दिने निर्णय गरेकाे छ । लकडाउनको कारणले गत वर्ष चैत ११ गतेदेखि अति आवश्यक बाहेका उद्योग र प्रतिष्ठानहरु बन्द छ । लकडाउनको कारणले मारमा परेको उद्योग र प्रतिष्ठानलाई राहत दिन उद्योग मन्त्रालयले इकोभेसन सेन्टर स्थापनाको काम अगाडी बढाएको छ । सरकारले गरेको अध्ययनको आधारमा सरकारले उद्योग र प्रतिष्ठानलाई राहत दिने भएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसगँ उद्योग मन्त्रालयले मिलेर लकडाउन पछिको उद्योग र प्रतिष्ठाको अवस्थाको बारेमा अध्ययन गरी छलफल शुरू गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योग र प्रतिष्ठानहरुको लागि सरकारले राहत दिन इकोभेसन सेन्टर स्थापना गर्ने कार्य अगाडी बढाएको बताए । उनले भने विदेशमा पनि इकोभेसन सेन्टर भइसकेको छ । नेपालमा पनि उद्योग मन्त्रालयले उद्योग र प्रतिष्ठालाई राहत दिनको लागि इकोभेसन सेन्टर स्थापनाको कार्य अगाडी बढाएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सहसचिव ध्रुव घिमिरेले पनि इकोभेसन सेन्टर स्थापनाको काम भइरहेकाे बताए । ‘इकोभेसन सेन्टरका लागि आवश्यक पर्ने कार्य योजना निर्माण भइरहेको छ, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग छलफलसँगसँगै कार्य योजना निर्माण भइरहेको छ, कस्ता खालका उद्योग र प्रतिष्ठानलाई कति र कसरी राहत प्याकेज दिने भनेर कानुन बनिसके पछि थाहा हुने छ,’ घिमिरेले भने । उद्योगीहरुबाट सरकारले उद्योगका क्षेत्रमा ध्यान दिएन भन्ने गुनासाे सरकारले इकोभेसन सेन्टर स्थापना गर्न लागेको हो । गत वर्षको चैत ३० गते नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकसँग दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग गरेका थिए । महासंघले पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रको लागि २०७६ चैत महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म (प्रतिष्ठान)ले दुई प्रतिशत ब्याजदरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने, बचत र ऋण बीचको ब्याजदर अन्तरलाई ०.५ प्रतिशत बिन्दु घटाइनु लगायतका सुझाव दिएका थिए ।