एनआरएनका पूर्व अध्यक्ष लामिछानेले कोरोना कोषमा दिए ५ लाख रुपैयाँ

<p>काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएन) का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो । एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल(वैशाख ७ गते) [&hellip;]</p>


काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएन) का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो ।

एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल(वैशाख ७ गते) सम्म २ करोड २४ लाख ५ हजार ६ सय रुपैयाँ जम्मा भइसकेको एनआरएनले जानकारी दिएको छ ।

Share News