उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक जारी
फाइल फोटो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिइन् । रासस
आज चार बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार बजेको लागि उक्त बैठक बोलाएका हुन् ।
१२ वर्षदेखि प्रदिप्ताको नेतृत्वमा कादम्बरी कलेज
काठमाडौं । अहिले धेरै विद्यार्थीको रोजाइमा पर्छ डाक्टर र इन्जिनियरलगायत अरु प्राविधिक विषय । अभिभावकलाई पनि आफ्नो छोराछोरीले यही पढुन् भन्ने लाग्छ । सामाजिक कार्य (सोसियल वर्क) पढेर के हुन्छ ? अरु विषय किन पढ्ने भन्ने अभिभावक पनि धेरै नै छन् । सोसलसाइन्स, ह्युमानिटिजजस्ता विषय अहिले विद्यार्थीकोे प्राथमिकतामा पर्दैन । यस्ता विषय पढ्न नसक्ने, कमजोर विद्यार्थीले पढ्ने हो भन्ने भाष्य निर्माण गरिएको छ । तर, यो भाष्य नै गलत रहेका बताउँछिन् कादम्बरी मेमोरियल कलेजकी प्रमुख प्रदिप्ता कादम्बरी । उनी विगत लामो समयदेखि सामाजिक विषयमा अध्ययन र अध्यापन गराउँदै आइरहेकी छन् । २४ वर्षदेखि शिक्षण पेसामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुख भएर काम गरिरहेकी छन् । प्रदिप्ताको घर काठमाडौं हो । उनी त्यहीँ हुर्किइन्, बढिन् । उनको शिक्षादीक्षा पनि काठमाडौंमै भयो । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । त्यसपछि सुरु भयो उनको अध्यापन यात्रा । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेकी थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरु गरिन्, तब उनलाई युवाहरूसँग नजिकिँदा रमाइलो लाग्यो । केही समय शिक्षण पेसामा लागेकी उनी पछि सामाजिक कार्यतिर लागिन् । उनले ‘सुत्र’ नामक एउटा संस्थामा पनि काम गरिन् । चार जना अस्ट्रेलियाली सोसियल वर्करसँग पाँच वर्ष नेपालमा काम गर्ने अवसर पाएको उनले बताइन् । सोसियल साइन्स र इन्टरनेशनल फेमिली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् प्रदिप्ताले । कादम्बरी कलेजको स्थापना नेपालमा एउटा फरक उद्देश्यका साथ सञ्चालनमा आएको कलेज हो कादम्बरी मेमोरियल कलेज । प्रदिप्ता त्यही कलेजकी प्रमुख हुन् । समाज र देश विकासको मुख्य आधार नै अध्ययन हो भन्ने लागेपछि नेपाली युवाहरूलाई सोसियल वर्क पढाउन आजभन्दा १७ वर्षअघि कलेज स्थापना भएको हो । काठमाडौंको बुद्धनगरमा अवस्थित यो कलेजले १६ वर्षसम्म ब्याचलर इन सोसियल वर्क (बीएसडब्ल्यू) कार्यक्रम सञ्चालन गर्यो । विगत दुई वर्षदेखि मास्टर अफ सोसियल वर्क (एमएसडब्ल्यू) का कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । त्योभन्दा पहिले काठमाडौं उपत्यकामा सोसियल वर्क पढाइ हुने एउटामात्र कलेज थियो सेन्टजेभियर कलेज । त्यसपछि कादम्बरी मेमोरियल स्थापना गरिएको क्याम्पस प्रमुख प्रदिप्ता कादम्बरी बताउँछिन् । आजभोलि अन्य कलेजहरूमा पनि बीएसडब्लु कार्यक्रम सुरु भएको बताउँदै उनी सामाजिक अध्ययनका लागि कादम्बरी र सेन्टजेभियर कलेजबाहेक अन्य कलेज नरहेको बताउँछिन् । पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त यो कलेजमा पढेका धेरै विद्यार्थी अहिले विश्वका विभिन्न देशमा गएर सामाजिक काम गरिरहेका छन् । कलेजको परिकल्पना नेपालमा अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाहरूले काम गरिरहेका छन् । धरैजसोले समाज र नेपालको विकास क्षेत्रमा काम गरिरहेका छन् । समाजका लागि काम गर्ने भन्दै कतिले मन भएर त कतिले धन भएर योगदान गर्छौँ भनेर लागिरहेका उनी बतिउँछिन् । एकताका यस्तो लहर थियो कि नेपालका हरेक टोलटोलमा आइएनजिओले काम गरिरहेका थिए । सामाजिक मुद्दामा काम गर्दा वैज्ञानिक ज्ञान, प्रशिक्षण, सीप चाहिन्छ । तर, त्यो बेला समाजमा गएर काम गर्नेहरूसँग त्यस्तो सीप थिएन । समाजमा गएर काम गर्नलाई पनि सीप चाहिन्छ भन्ने उद्देश्ले कलेजको सुरुवात गरेको प्रदिप्ता बताउँछिन् । ‘नेपालमा काम गर्ने धेरै आइएनजिओ डोनरको पैसा हुन्जेल काम गर्ने र त्यसपछि बन्द गर्नुपर्ने अवस्थामा छन्,’ उनी भन्छिन्, ‘जो सामाजिक मुद्दामा काम गर्छ, सामाजिक विकास, समाजमा भएका विभिन्न समस्या समाधान गर्नलाई काम गर्छ उनीहरूलाई व्यावसायिक रूपमा टे«न गराउने कलेजको उद्देश्य हो ।’ प्रदिप्ताका अनुसार कलेज सुरु गर्दाताका त्रिभुवन विश्वविद्यालयका कतिपय कलेजमा सामाजिक अध्ययन पढाइ हुन्थ्यो । तर, त्यहाँ आवश्यक विषय थिएन । शैक्षिक कार्यक्रम पनि भर्खर सुरु हुँदै थियो । सोसल वर्कलाई क्वालिटी एजुकेशन र प्रोफेसनलरूपमा लिन त्यो बेला आवश्यक थियो । यो क्षेत्रमा काम गर्नेहरू अरु विषयबाट प्रवेश भएको जनशक्ति हुँदा उहाँहरूलाई ट्रेनिङ भइरहेको देखिन्छ । यो क्षेत्रमा काम गरिरहेकहरूका लागि कहिले मनिटरिङ, इभालुसेन टेर्निङ, डेभलपमेन्ट म्यानेजमेन्ट कहिलकाहीँ ह्युमनराइटको पनि तालिम दिरहेको उनको भनाइ छ । ‘त्यो ठाउँमा हाम्रो कलेजमा पढेका सोसियल र्वकर जाँदा उहाँहरूको लगानी र समय पनि बचत हुन्छ,’ उनी भन्छिन्, ‘हामीकहाँ पढेका विद्यार्थी यस्तो ठाउँमा काम गर्न प्रफेक्ट छन्, उनीहरू त्यो ठाउँमा जाँदा यस्तो तालिमको आवश्यक्ता परिरहँदैन ।’ विश्वव्यापीरूपमा पनि अहिले सोसियल वर्करको माग बढिरहेको छ । आजभोलि डिजिटल डेभलपमेन्ट धेरै भएको छ । सबै काम एआइले गरिरहेको पनि देखिन्छ । तर, पनि मान्छेसँगको काम गर्ने पद्धती भने फरक हुन्छ । प्रविधिको विकास भए पनि मानवसँगको आवश्यक्ता जहिले पनि रहन्छ । कोभिडपछिको आर्थिक मन्दिले व्यक्तिगतरूमा सञ्चालनमा ल्याएका कलेजहरू धरमराउन थालेका छन् । कलेजको सिट संख्या अनुसार निजी कलेजको व्यवसाय चौपट बन्दै गएको छ । निजी कलेजका सञ्चालकहरू हात उठाउने अवस्थामा पुगेको उनी बताउँछिन् । ‘कतिपयले कलेजहरूले सेयर नै बेचिसकेका छन् भने कोही तयारीमा छन्,’ उनी भन्छिन्, ‘धेरैजसो कलेज अहिले विकल्पको बाटो खोजिरहेका छन् ।’ कादम्बरी मेमोरियल कलेज पनि यो बाट अछुतो भने छैन । अहिले विद्यार्थी पाउन कलेजलाई पनि सकस परेको छ । कलेजहरूमा विद्यार्थी घट्दै अहिले कादम्बरी कलेजमा एमएसडब्लु र विएसडब्लु गरी लगभग एक सय जति विद्यार्थी छन् । ‘विद्यार्थी पाउन सुरुको दिनमा सजिलो थियो, अहिलेको उत्तिकै कठिनाइ छ,’ कलेजकी प्रमुख प्रदिप्ता भन्छिन्, ‘सुरुवातमा सिट संख्याभन्दा धेरै विद्यार्थी हुन्थे, आजभोलि संख्याको आधा पनि विद्यार्थी पाउन गाह्रो छ ।’ कादम्बरी कलेजमा विगत ४ वर्षदेखि विद्यार्थीको संख्या घट्दै आएको प्रदिप्ता बताउँछिन् । त्योभन्दा पहिले जम्मा सिट सख्या ३० हुँदा २५ देखि २८ जना विद्यार्थी हुन्थे । तर, अहिले ४० सिट संख्यामा १२ देखि १५ जनामात्र विद्यार्थी भर्ना हुने गरेका छन् । तिनीहरू मध्ये पनि कतिपय बाहिर जाने तयारीमा रहेका छन् । ‘दुई/तीन वटा कक्षामा त अझ ६ जना विद्यार्थी छन,’ उनी भन्छिन्, ‘तीमध्ये पनि कतिले बीचमै छोड्छन् थाहा छैन ।’ मास्टर्समा भने अहिले कोटा फुल नै छ । तर, त्यहाँ पनि ड्रप्टआउट हुने संख्या धेरै छ । क्याम्पस प्रमुख प्रदिप्ता अब विश्वविद्यालयले यो विषयमा सोच्नुपर्ने बेला आएको बताउँछिन् । कलेज आइरहेका विद्यार्थीमा पनि बीचमै पढाइ छोड्नेको संख्या अझ डर लाग्दो छ । जति भर्ना भएका छन् ति सबै चौथो समेस्टरमा पुग्दैनन्,’ उनी भन्छिन्, ‘अहिले अरू कलेजको जस्तै समस्या हाम्रो पनि छ, एक त विद्यार्थी भर्नाको संख्या घटेको छ, त्यसैमा अहिले पढ्न आइरहेकाहरू पनि कहिलेदेखि आउन छोड्छन् टुंगो छैन ।’ उनी यसो हुनुको सबै दोष नेपालको राजनीतिलाई दिन्छिन् । ‘नेपाल सरकारको रणनीति नै युवालाई विदेश पठाउने खालको छ,’ उनी थप्छिन्, ‘रेमिटेन्सबाट देश चलिरहेको छ, नेपालमा युवा बस्ने माहोल छैन, पहिले श्रमको बजारमा युवाहरूलाई पठायो, अहिले शिक्षाको नाममा युवाहरू विदेश पठाइरहेको छ ।’ अहिले विद्यार्थी नपाउनु भनेको १२ कक्षा पढिसकेपछि नेपाल बस्नै हुँदैन भन्ने सोचमात्रै होइन कि सामाजिक नियम नै बन्न लागेको उनी बताउँछिन् । पहिले अरु विषय लिएर पढेका विद्यार्थी बाहिर जान्थे । ९० प्रतिशत सोसियल वर्करहरूले नेपालमा काम गरिरहेका थिए । तर, अहिले विदेशतिर पनि सोसियल वर्करको माग बढेको छ । अब झन् नेपालमा विद्यार्थी पाउन नै गाह्रो हुने उनको भनाइ छ । विकल्पकाे खाेजीमा अहिले धेरै व्यवसायीले आफूले सञ्चालन गर्दै आएको व्यवसाय नचलेपछि विकल्प खोज्न थालेका छन् । नेपालका निजी कलेजका सञ्चालकको अवस्था पनि उस्तै छ । अब कादम्बरी कलेज पनि विकल्पको खोजि गरिरहेको छ । कलेजमा कोभिडपछि आर्थिकरूपमा निकै समस्या भएको उनी बताउँछिन् । ‘एमएसडब्लू कार्यक्रम नआउँदासम्म अब धान्न सकिँदैन भन्ने अवस्थामा थियौं,’ प्रदिप्ता भन्छिन्, ‘एमएसडब्ल्यू कार्यक्रम आइसकेपछि केही आशा पलाएको छ, तर अहिले बिएसडब्यूमै विद्यार्थी नपाएको समयमा एमएसडब्ल्यूमा विद्यार्थी पाउन झन गाह्रो छ ।’ उनी अबको चार पाँच वर्षपछि यो कलेजको भविष्य रहन्छ भन्ने प्रश्न खडा भएको बताउँछिन् । यसको विकल्पको तयारी पनि कलेजले खोज्न थालेको छ । ‘नेपालमा अहिले प्लान नै गर्न सकिने अवस्था छैन,’ उनी भन्छिन्, ‘५-१० वर्षको योजना बनाएर काम गर्न सकिने अवस्था छैन, अबको ४-५ वर्ष पछि हेरौँ के हुन्छ त्यस्तै गर्नुपर्छ ।’ काम गर्छु पढ्छु भन्ने वातारण भएन नेपालमा पढ्दै काम गर्न पाउने वातावरण छैन । अहिले जति पनि नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, उनीहरू पढ्दै काम गर्दै गर्छु भनेर गइरहेका छन् । नेपालका कुनै पनि विश्वविद्यालयमा आधा समय काम गर्छु, आधा समय पढ्छु भन्ने अवस्था छैन । विद्यार्थीले कलेज पढ्नको लागि घरमा बाआमासँग पैसा माग्नुपर्छ । काम गर्न पनि उत्तिकै आवश्यक र पढ्न पनि आवश्यक हुँदा युवाहरूलाई यहाँ बस्ने वातावरण नभएको विज्ञहरू बताउँछन् । कुनै पनि काम गर्न बिहान १० बजेदेखि जानुपर्छ साँझ ५, वा ६ बजेसम्म काम गर्दा उसलाई पढ्न समय हुँदैन । प्रदिप्ता कमर्सेल कर्पोरेट हाउसले विद्यार्थीलाई लक्षित गर्दै पार्ट टाइमको व्यवस्था गर्ने हो भने अहिले पनि धेरै नेपाली विद्यार्थी स्वेदशमै बस्ने बताउँछिन् । पारिवारिक सल्लाहमा कलेज कादम्बरी मेमोरियल कलेज कुनै ठूलो योजना र आर्थिक नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको उनको भनाइ छ । प्रदिप्ताका अनुसार यो कलेज त्यो बेलाको आवश्यक्ता र पारिवारिक सल्लाहले सुरु गरिएको थियो । यो कलेज सञ्चालन गर्दा पनि कुनै ठूलो लगानी नगरेको उनी बताउँछिन् । ३० देखि ४० लाखको लगानीमा एउटा भाडाको घरमा सञ्चालन गरिएको थियो । त्यो बेला सोसियल वर्कसम्बन्धी पढाइ हुनेमात्र एउटा कलेज थियो । उनका ज्वाई सेन्टजेभियर कलेजमा सामाजिक विषयमा पढाउथे । उनलाई त्यतिखेर अर्को कलेज पनि आवश्यक छ भन्ने लाग्यो । ज्वाई र बहिनीको आइडियामा दिदी भिनाजु र बहिनी ज्वाई मिलेर कलेज सञ्चालन गरेको उनको भनाइ छ । सुरुमा ‘सुत्र सेन्टर फर एजुकसन एण्ड रिसर्च’ गैर नाफामुलक एनजीओ दर्ता गरे । एनजीओले प्रोजेक्ट खोजेर काम गर्छन् । तर, उनीहरूले कलेज खोल्ने र शिक्षा मार्फत् सामाजिक विकासमा काम गर्ने जनशक्ति तयार पार्ने उद्देश्यले यो कलेजको सुरु गरे । यो अर्थमा पनि उनी यो कलेजलाई गैरनाफामुलक कलेज रहेको बताउँछिन् । शैक्षिक व्यवसाय कुनै पनि संघसंस्था गैर नाफामुलक भने पनि व्यावसायिक प्रयोजनकै लागि सञ्चालित हुन्छन् । व्यवसायको नजरबाट कुरा गर्दा १७ वर्षको अवधिमा भौतिकरूपमा प्रगति नभए पनि क्वालिटी र एजुकेसनको हिसाबले उपलब्धी भएको कलेजको दाबी छ । माइतीघरमा एकतलाको घरमा पाँच कोठा भाडामा सुरु गरेको कलेज अहिले पनि भाडाको घरमा सञ्चालनमा छ । कलेजबाट इनकम गरी आफ्नै जग्गा किनेर भवन निर्माण गर्न सकेको छैन । ‘आर्थिकरूपमा सबल हुन हामीसँग धेरै कार्यक्रम पनि थिएन’ उनी भन्छिन्, ‘हामीले एउटामात्र विषय पढाउँछौँ, त्यो पनि एउटा होे, अर्को बीचमा विद्यार्थीको संख्या नै ओरोलो लाग्दै गयो त्यहाँ पनि समस्या भयो ।’ कलेज स्थापना गर्दा सुरुमा यो विषय पढाउने शिक्षक पनि धेरै थिएनन् । एनजीओ, आइएनजीओमा काम गरेकाहरूले पढाउँथे । सुरुवातीमा चार जना फुल टाइम पढाउने थिए । अहिले पनि पूर्ण काम गर्ने ६ जना र अरू कर्मचारी गरेर १० जना छन् । त्यो बाहेक पार्ट टाइम पढाउन आउने १० जना विज्ञ छन् । सोसियल वर्कको मोडल झन्डै मेडिकल एमबीबीएसको जस्तै हो । सबै साइन्सलाई सोसियल वर्कको लेन्सबाट हेररे समस्या समाधान गरिन्छ । कक्षासँगसँगै प्रशिक्षार्थी कक्षा पनि सञ्चालन गरिन्छ । ब्याचलर्सले चार समेस्टरमा १२ सय घण्टा बढी इन्टर्नसिप गरेको हुन्छ । चार दिन पढाइ हुँदा दुई दिन इन्टर्नसिप हुन्छ । ट्रेनिङ वेस्ट पेडागोजी छ । कक्षामा पठाउँदा पनि विद्यार्थीले नै विद्यार्थीलाई पढाउँछन् । शिक्षकले कहाँनेर कमजोरी भयो त्यहाँनेर सिकाउने काम हुन्छ ।
क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क टिकट, कसरी गर्ने बुकिङ ?
काठमाडौं । यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एयरलाइन्सले फागुन २८ गतेबाटै लागू हुने गरी सो निर्णय गरेको हो । बिराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । यससँगै यो सेवा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्ने बिरामीको लागि उपलब्ध हुने छ । बिरामीहरुले आफ्नो उपचारका लागि डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् । यात्रुले विमानस्थलमा चेक-इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ । विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र लिनका लागि बिरामीहरुले बिराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
पुँजीबजारका समस्या समाधान गर्न अर्थले माग्यो सुझाव
काठमाडौं । पुँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । अर्थ मन्त्रालयले आइतबार धितोपत्र बोर्ड, नेप्से, सिडिएस र शेयर मार्केटर्स कमर्सियललाई पत्र पठाएर सुझाव मागेको हो । ‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन मननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’, अर्थमन्त्रालले लेखेको पत्रमा उल्लेख गरिएको छ । अर्थमन्त्रीले पुँजीबजारसँग सम्बन्धित विभिन्न निकायहरुलाई समस्या समाधानको लागि सुझाव माग गरेपछि पुँजी बजारसम्बन्धित लगानीकर्ताहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।
कोटेश्वरमा बसको ठक्करबाट प्रहरीको मृत्यु
काठमाडौं । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका उनको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।’ बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए । रासस
राष्ट्रिय सभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उक्त पदको लागि हालसम्ममा उनीहरु दुई जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै, कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन् । यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको निर्वाचन भने मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा हुने छ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।
छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन मुसिकोट नगरको निर्देशन
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक/सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ । रासस