विकासन्युज

चैत १ गतेदेखि ४५ दिनसम्म कान्तिराजपथ बन्द गरिने

काठमाडौं । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो’, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ । रासस

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

म्याग्दी । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए । ‘पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ’, उनले भने, ‘टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’ मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको अनुभव सुनाए । ‘गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो’, उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।’ गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्किएका छन् । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ । गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताए । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ । उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुहुँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ । रासस  

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भारतमा बढे विदेशी लगानीकर्ता, विनिमय सञ्चिति साढे ६ खर्ब डलर पुग्ने

काठमाडौं । पछिल्लो समय भारतमा विदेशी लगानीकर्ताको आकर्षण आशातित रूपमा बढ्दै गएको छ । यसको पुष्टि विदेशी विनिमय सञ्चिति उल्लेख्य दरमा बढेको तथ्यांकबाट हुन्छ । पछिल्लो दुई सातामा मात्रै विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५३ करोड अमेरिकी डलर बढेको हो । शुक्रबार, भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई० ले भारतको विदेशी मुद्रा सञ्चिति मार्च १ मा समाप्त भएको सातामा ६ अर्ब ५५ करोड डलरले बढेर ६ खर्ब २५ अर्ब ६२ करोड ६० लाख डलर पुगेको जनएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार दुई सातादेखि वृद्धि भएको छ । अघिल्लो साता कुल विदेशी मुद्रा सञ्चिति २ अर्ब ७५ करोड डलरले बढेर ६ खर्ब १९ अर्ब ७२ करोड डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चिति अझै पनि उच्च छ । भारतको विदेशी विनिमय दर अक्टोबर २०२१ मा उच्चस्तरमा पुग्यो । जुन ६ खर्ब ४५ अर्ब डलरको अहिलेसम्मकै उच्चस्तर थियो । त्यसयता विदेशी मुद्रा सञ्चिति अहिलेसम्म यो स्तरमा पुगेको छैन । तर, यो वर्ष भारतको विदेशी मुद्रा सञ्चिति ६ खर्ब ५० अर्ब डलर नजिक पुग्न सक्ने विज्ञहरूको विश्वास छ । तथ्यांकले मार्च १ मा समाप्त भएको सातामा विदेशी मुद्रा सम्पत्ति, सञ्चितिको महत्वपूर्ण अंश ६ खर्ब ४ करोड ३० लाख डलरबाट बढेर ५ खर्ब ५४ अर्ब २३ करोड १० लाख १ लाख डलर पुगेको पनि देखाएको छ । डलरको सन्दर्भमा हेर्दा विदेशी मुद्रा सम्पत्तिमा विदेशी मुद्रा भण्डारमा राखिएको यूरो, पाउन्ड र येनजस्ता गैरअमेरिकी एकाइहरूको मूल्यह्रास वा मूल्यह्रासको प्रभाव समावेश छ । आरबीआईका अनुसार साताको अवधिमा सुनको भण्डार ५६ करोड ९० लाख डलरले बढेर ४८ अर्ब ४१ करोड ७० लाख डलर पुगेको छ । योसँगै केन्द्रीय बैंकले विशेष रेखाचित्र अधिकार (एसडीआर) मा पनि कमी आएको बताएको छ । जुन १८ अर्ब १८ करोड डलरबाट १७ अर्ब डलरमा झरेको छ । एजेन्सी

गर्भावस्थामा सिँढी चढ्नु कति सुरक्षित ?

काठमाडों । जब महिलाहरू गर्भावस्थामा हुन्छन् तब चिकित्सकहरू शारीरिकरूपमा सक्रिय रहन सल्लाह दिन्छन् । अहिले धेरैजसो महिलाहरू स्वस्थ जीवनशैली पालना गर्दैनन् । यस्तो अवस्थामा उनीहरूको गर्भावस्थामा नराम्रो असर पर्छ । धेरैजसो महिला घरको भन्दा बजारको खानेकुरा खान मन पराउँछन् । यस्ता खानेकुराले महिलामात्र होइन बच्चाको विकासमा समेत नकारात्मक असर पार्छ । बच्चाले उचित पोषण नपाएमा उसको मानसिक तथा शारीरिक विकास रोकिने डर हुन्छ । उचित पोषणको अभावमा गर्भमा रहेको बच्चामा स्वास्थ्य समस्या देखिने सम्भावना हुन्छ । त्यसैले चिकित्सकहरू गर्भवती महिलालाई नियमितरूपमा शारीरिकरूपमा सक्रिय रहन सल्लाह दिन्छन् । यसले सामान्य डेलिभरीमा समेत मद्दत पुग्ने उनीहरूको भनाइ छ । कतिपय महिलाहरू सुत्केरी हुनुभन्दा केही समयअघि माथि र तल धेरै सिँढीहरू प्रयोग गर्छन् । यसो गर्दा नर्मल बच्चा जन्माउन सजिलो हुने उनीहरूको विश्वास छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि सिँढी चढ्दा साँच्चै सामान्य प्रसव हुन्छ वा यो मिथकमात्र हो ? यसबारे थप जानकारी पाउनुहोस् । के सिँढी चढ्दा सामान्य डेलिभरीमा सहयोग पुग्छ ? यदि महिला शारीरिकरूपमा फिट छिन् र गर्भावस्थाको कारणले कुनै शारीरिक समस्या छैन भने गर्भावस्थामा सिँढी चढ्दा कुनै समस्या हुँदैन । उनी बिना हिचकिचाहट तल र माथि गर्न सिँढी प्रयोग गर्न सक्छन् । वृन्दावन र नयाँ दिल्लीमा रहेको मदर्स ल्याप आइभिएफ सेन्टरका मेडिकल डाइरेक्टर, स्त्री रोग तथा आईभीएफ विशेषज्ञ डा. शोभा गुप्ताका अनुसार गर्भावस्थाको नवौं महिनामा सिँढी प्रयोग गर्न कुनै समस्या हुँदैन । उनी नवौं महिनाबाट गुज्रिरहेका महिलाहरूको लागि सिँढी चढ्नु धेरै राम्रो रहेको बताउँछिन् । तर, कुनै किसिमको शारीरिक समस्या नहोस् भन्ने कुरामा भने ख्याल राख्नुपर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले सामान्य मानिसजस्तै सिँढीमा छिटो हिँड्नु हुँदैन । महिलाले यस्तो अवस्थामा रेलिङको सहारा लिएर बिस्तारै सिँढी चढ्नुपर्छ । यसो हुँदा जोखिम कम हुने गर्छ । डा. शोभा गर्भवती महिलालाई व्यायाम गर्न पनि सल्लाह दिन्छिन् । उनी भन्छन्, ‘नियमित व्यायाम गर्दा सामान्य प्रसवको सम्भावना बढ्छ ।’ हिँड्नेजस्ता हल्का व्यायाम गर्भवती महिलाका लागि धेरै फाइदाजनक हुन्छ । तर, कुनै पनि प्रकारको व्यायाम गर्दा हतार भने गर्न नहुनेमा उनको जोड छ । व्यायामले तनाव मुक्त गर्छ, शरीरलाई लचिलो बनाउँछ र रक्तसञ्चार सुधार गर्छ । यसरी हेर्दा व्यायामले सामान्य प्रसवको सम्भावना बढाउँछ । गर्भावस्थामा कस्ता गतिविधिहरू गर्नु हुँदैन ? गर्भावस्थाको समयमा महिलाहरूले धेरै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहनुपर्छ । यस्तो बेला के गर्न हुन्छ के हुँदैन यसबारे थाहा पाइराखौँ । एकै पटक धेरै सिँढीहरू चढ्न हुँदैन । छिटो पाइलाहरू लिएर कहिल्यै सिँढीहरू चढ्नु हुँदैन । तीव्र कसरत र भारी लिफ्टिङ गर्न हुँदैन । व्यायाम गर्दा शरीर दुख्ने वा सास फेर्न समस्या हुने गरेर गर्नु हुँदैन । यदि गर्भावस्थामा रगत बगिरहेको छ भने यस्तो बेला व्यायाम गर्न हुँदैन । यस्तो बेला तुरुन्तै डाक्टरसँग परामर्श लिनपर्छ । यदि कुनै महिलाको रक्तचाप कम छ, पहिले गर्भपात भएको छ भने व्यायाम वा सिँढी चढ्ने विषयमा डाक्टरसँग परामर्श लिनुपर्छ । गर्भावस्थामा सिँढी चढ्न र ओर्लिनु एकदमै सुरक्षित हुन्छ । तर, यो अवधिमा महिला होसियार हुनुपर्छ । एजेन्सी 

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । ग्याल्पो ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायलाई पर्व शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै ग्याल्पो ल्होछार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

जेरुसेलम । इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब अमेरिकी डलर) रहेको सरकारी तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ । एजेन्सी