विकासन्युज

राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा गाजामा युद्धविराम पारित

एजेन्सी । संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक सोमबार मुलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाका क्रममा बन्दी बनाइएका सबै बन्धकहरूको रिहाइको माग गरिएको प्रस्तावको मतदानमा अमेरिका अनुपस्थित रहेको छ । यद्यपि यो उपायले अप्रिल ९ मा समाप्त हुने रमजानको समयमा युद्धविरामसँगको मागलाई जोड्दैन । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि पछिल्लो प्रस्तावमा मतदान भएको हो । सोमबार स्वीकृत भएको प्रस्तावले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा शत्रुता रोक्नका लागि जारी वार्तामा चोट पुर्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । यसबाट यसपटक अमेरिकीहरूले अर्को भिटो लगाउने सम्भावना बढाएको छ । दश निर्वाचित परिषद्का सदस्यहरूले प्रस्तुत गरेको प्रस्तावलाई रुस, चीन र राष्ट्रसङ्घमा २२ मुलुकको अरब समूहको समर्थन छ । अरब समूहले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यसँग ‘एकता र तत्परताका साथ काम गर्न’ र ‘रक्तपात रोक्न, मानव जीवनको रक्षा गर्न र थप मानवीय पीडा र विनाश रोक्न’ प्रस्तावको पक्षमा मतदान गर्न अपिल गरिएको छ । ‘युद्धविरामका लागि यो लामो समय हो’, अरब समूहले भनेको छ । रमजान आगामी महिना समाप्त हुने भएकाले युद्धविरामको माग दुई साता मात्रै रहनेछ । यद्यपि मस्यौदा प्रस्तावमा ‘स्थायी दिगो युद्धविराम हुनुपर्छ’ भनिएको छ । युद्ध सुरु भएदेखि सुरक्षा परिषद्ले गाजामा बिग्रँदो मानवीय स्थितिमा दुई प्रस्ताव पारित गरेको छ तर कुनै पनि प्रस्तावले युद्धविरामको आह्वान गरेका छैनन् । गाजाले गम्भीर मानवीय आपतकालको सामना गर्नुपरिरहेको छ । मार्च १८ मा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय प्राधिकरणको रिपोर्टमा उत्तरी गाजामा ‘भोकमरी आसन्न रहेको’ र युद्धको वृद्धिले यस क्षेत्रका २३ लाख मानिसमध्ये आधा भोकमरीको छेउमा पुग्नसक्ने बताइएको छ । अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले शुक्रबार परिषद्लाई प्रस्तावको पाठले ‘यस क्षेत्रमा संवेदनशील कूटनीतिको समर्थन गर्न असफल’ भएको बताइन् । उनका अनुसार यसले वास्तवमा हमासलाई वार्ताको टेबलमा सम्झौताबाट टाढा जान बहाना दिनसक्छ । ‘जारी वार्तालाई जोखिममा पार्ने कुनै पनि प्रस्तावलाई हामीले अगाडि बढाउनुहुँदैन’, उनले चेतावनी दिँदै भनिन्, ‘यदि कूटनीतिले समर्थन गरेन भने हामीले पुनः यो परिषद्मा अवरुद्ध पाउन सक्छौँ, यस्तो अवस्था आउँदैन भन्नेमा साँच्चै आशा गर्दछु ।’ अमेरिकाले गाजामा युद्धविरामको माग गर्ने तीन वटा प्रस्तावलाई भिटो लगाएको छ । पछिल्लो प्रस्ताव फेब्रुअरी २० मा अरब समर्थित उपाय हो । उक्त प्रस्तावलाई एक बहिष्कारका साथ १३ सदस्यले समर्थन गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानले युद्धविरामका लागि व्यापक समर्थनलाई प्रतिविम्बित गर्दछ । रुस र चीनले अक्टोबरको अन्त्यमा अमेरिका प्रायोजित प्रस्तावमा भिटो प्रयोग गरेका थिए । रुस र चीनले उक्त प्रस्तावले युद्धविरामको विश्वव्यापी आह्वानलाई प्रतिविम्बित नगर्ने बताएका थिए । दुवै मुलुकले शुक्रबार अमेरिकी प्रस्तावलाई पुनः भिटो लगाएका थिए । उनीहरूले उक्त प्रस्ताव अस्पष्ट भएको र युद्ध अन्त्य गर्ने सिधा माग नभएको बताएका छन् ।

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरुको सम्पन्न गरेको छ । संस्थाले चैत ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो । संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍यालीसमेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदायएवम् स्कुल कलेजमा अध्ययनरत छात्र–छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

आरविवि मर्चेन्टले आयोजना गर्यो सचेतनामूलक कार्यक्रम

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत श्री सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए । आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानीमा स्थापित संस्था हो ।

सीमा नाकाको भन्दा चोभार सुक्खा बन्दरगाहमा १२ दिन चाँडो भन्सार जाँचपास

कीर्तिपुर । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो । समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ । आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ । सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ । द्रुतमार्गको प्रतीक्षा बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ । त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ ।’अहिले त्यसो हुन सकिरहेको छैन’, उनी भन्छन् ‘अहिले देशमा आयातित सामान सर्वप्रथम वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौँ आइपुग्छन् । त्यसरी काठमाडौँ आइपुगेका सामानयुक्त कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजानु एउटा झैझन्झटको काम भएको छ ।’ ‘द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नुपरिरहेका झन्झटिया प्रक्रिया खारेज हुन्छन्’, कार्यकारी निर्देशक गजुरेल बताउँछन्, ‘काठमाडौँबाट तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ । यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बारा जिल्लाको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।’ दु्रतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सगकार्य गरेर व्यवसायीमैत्री ढङ्गले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउछन् । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैँले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । ट्रान्स नेपाल टिआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक रु तीन करोड बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउछन् । व्यवसायी उत्साहित पहिलोपटक चोभार बन्दगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित भएका छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्र्सनका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौँ उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउँछन् । ‘यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगञ्ज गइरहनुपर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रष्ट पार्न नपाउने समस्या हुन्थ्यो । चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ’, उनले भने। भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमानाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उनले सुनाए । रासस

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

काँक्रेविहार । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी  तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । काँक्रेविहार । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी  तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । काँक्रेविहार । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी  तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिङ्क ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ शून्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ भने शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२० मिलीग्राम हुनुपर्ने छ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ । निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ । अन्य चामल कहाँ कति पठाइयो ? कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २० दशमलव २५ क्विन्टल चामल पठाइएको छ । त्यस्तै अरुवा मोटो चामल पाँच सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल चार सय ३३ क्विन्टल, मकवानपुर चामल नौ सय १२ क्विन्टल, स्टिम जिरा चामल नौ सय ४३ दशमलव ५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ । लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ । यसमध्ये अघिल्लो वर्षको एक हजार एक दशमलव २५ क्विन्टल चामल मौज्दात थियो । दुई सय ५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ । एक हजार एक सय लिटर सूर्यमुखी तेल, दुई हजार लिटर तोरी तेल, पाँच सय लिटर सोयविन तेल कालिकोटमा पठाएको छ । पाँच दशमलव १० क्विन्टल मल्का ताल कालिकोट पठाएको छ । कर्णालीबाट थापाथलीमा ३४ दशमलव ७९ क्विन्टल सिमी, एक क्न्विन्ट चिनो चामल, १० क्विन्टल उवा र २० किलो फापर पठाएको छ । आठ सय ५० लिटर तोरी तेल मुगुमा पठाएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न आयातमात्र होइन, निर्यात पनि गरिन्छ भन्ने सन्देश गएको निमित्त प्रमुख मिश्रले बताए । एक लाख ७३ हजार क्विन्टल चामल कर्णालीमा आवश्यक पर्ने गरेको उनले जानकारी दिँदै २५ हजार क्विन्टल केही दिनमै प्राप्त हुने बताए । ६ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन सुरु गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ । साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याएको छ । साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ । डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ । रासस

नेपाल हाम्रो उच्च प्राथमिकतामा छ : एआईआईबी

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरूले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए । रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए । मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरूको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए । मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महंगो भएकाले नेपालले अपेक्षितरूपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महंगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक श्रोतको सीमितताका कारण बाह्य श्रोत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे । पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले उक्त क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए । आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो । यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले आग्रह गरे । देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानूनमा सुधार गर्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो । एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

पाउभाजी बेचेर २२ रेस्टुरेन्ट र तारे होटलका मालिक बनेका सुरेश

काठमाडौं । यदि तपाईं केही गर्न दृढ हुनुहुन्छ भने जतिसुकै समस्या आए पनि आफ्नो लक्ष्य प्राप्त गर्नुहुन्छ । भारतका सुरेश पुजारीले कर्नाटकको सानो गाउँबाट आएर २२ वटा रेस्टुरेन्टको मालिक बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । परिवारिक अवस्था सुरेशको पढाइलाई निरन्तरता दिन सक्ने थिएन । उनले बाल्यकालमै काम गर्न थाल्नुपर्यो । उनले १० वर्षको उमेरमा मजदुरका रूपमा काम गर्न थाले । गाउँमा धेरै विकल्प नभएपछि मजदुरी गर्न उनी मुम्बई आए । मुम्बई नयाँ सहर थियो, उनलाई चिन्ने जान्ने त्यहाँ कोही थिएनन् । उनीसँग काम थिएन र पनि उनी हार नमान्न कटिबद्ध थिए । रेलवे स्टेसनको छेउमा एउटा सानो ढाबामा काम पाए उनले । त्यहाँ दिनभरि काम गरेबापत महिनाको चार रुपैयाँ पाउने गरी काम गर्न थाले । त्यहाँ उनले चार रुपैयाँ तलबमा दुई वर्ष काम गरे । पछि उनलाई चिनेका आफन्तले जुस पसलमा जागिर लगाइदिए । त्यहाँ पनि उनको तलब खासै बढेन, तर उनले त्यहाँको काम राम्रोसँग सिके । जुस पसलमा काम गर्न थालेको केही दिनमै उनले एउटा क्यान्टिनमा जागिर पाए । उनको तलब बढेर ६ रुपैयाँ पुग्यो । शिक्षा विना प्रगति गर्न गाह्रो छ भन्ने उनले राम्ररी बुझेका थिए । त्यसपछि दिनको १८–१८ घण्टा काम गरेर सुरेश राति स्कुल जान थाले । सुरेशलाई पढ्न मनपर्ने भएकाले उनले पढाइलाई निरन्तरता दिए । ९ कक्षासम्म पढेपछि उनले अगाडि पढ्न सकेनन् । अलिकति पैसा जोगाएर गिरगाउँ चौपाटी नजिकै एउटा सानो पाउभाजी पसल खोले सुरेशले । पाउभाजीको स्वाद यस्तो थियो कि उनको पसल चल्न थाल्यो । तत्कालीन ट्रेड युनियनका अध्यक्ष र दिग्गज नेता जर्ज फर्नान्डिसले एकपटक उनको पसलमा पाउभाजी खाएका थिए । उनलाई स्वाद यति मन पर्यो कि उनी त्यहाँ बारम्बार आउन थाले । जर्ज फर्नान्डिस र सुरेश साथी बने । उनको पाउभाजी पसल राम्रै चल्न थाल्यो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । केही वर्षमै उनको पसल देशका धेरै ठाउँमा पुग्यो । अहिले ‘सुख–सागर’ को भारतमा २२ भन्दा बढी रेस्टुरेन्ट शाखाहरू छन् । उनको रेस्टुरेन्ट साउथ इन्डियन, पाउभाजी, पञ्जाबी खानाका लागि प्रसिद्ध छ । उनी आइसक्रिम पार्लर, सपिङ मल र तीन तारे होटलको मालिक बनेका छन् । सुख–सागर रेस्टुरेन्ट भारतबाहेक मध्यपूर्वी देशहरूमा समेत पुगेको छ । अमिताभ बच्चनसहित धेरै स्टारले उनको रेस्टुरेन्टमा खाना खाइसकेका छन् । सबै कठिनाइका बाबजुद सुरेशले सफलता हासिल गरे । एजेन्सी

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा राख्यो प्रभु बैंकले

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाले मंगलबार सूचना जारी गर्दै संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएकाे जनाएकाे छ । यो सेयर जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले खरिद गर्न आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी चैत १५ गतेभित्र नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।