अमेरिका जाने बाटो कठिन
काठमाडौं । हरेक वर्ष हजारौं नेपाली विद्यार्थी पढाइका लागि विदेश रोज्छन् । नेपालीहरूले पढाइका लागि रोज्ने विदेशमा अमेरिका पनि उत्कृष्ट गन्तव्यमा पर्छ । विशेष गरी कक्षा १२ को अध्ययनपछि उच्च शिक्षा हासिलका लागि नेपाली विद्यार्थी अमेरिका रोज्छन् । अहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने सपना बोकेका विद्यार्थीका लागि भने पहिले जस्तो सहज अवस्था छैन । यतिसम्मकी भाषा परीक्षा, विश्वविद्यालय छनोट र आर्थिक व्यवस्थापनमा जुटेका नेपाली विद्यार्थीका लागि पनि चिन्ता थपिएिको छ । अमेरिकाले गरेको नयाँ भिसा नियमले विदेशी विद्यार्थीमाथि चिन्ता थपिएको छ । विदेशी विद्यार्थी भिसा अवधि र बसाइसम्बन्धी व्यवस्था कडा बनाउने अमेरिकी निर्णयले विशेषगरी स्नातक तह अध्ययनका लागि जाने विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । जस कारण अमेरिका अझै आकर्षक गन्तव्य भए पनि त्यहाँ पुग्ने बाटो भने पहिलेभन्दा कठिन बन्दै गएको शैक्षिक विज्ञहरू बताउँछन् । कस्तो नीति बनाउँदैछ अमेरिका ? अमेरिकाको सरकारले विद्यार्थी भिसाको दुरुपयोग रोक्ने र राष्ट्रिय सुरक्षा सदृढ बनाउन विदेशीहरूका लागि कडा नीति लागू गरेको छ । यसका लागि अमेरिकाले एफ ( १) र जे (१) श्रेणीका विद्यार्थी भिसा सम्बन्धी नयाँ नियम लागू गरेको हो । जुन आगामी सेप्टेम्र १७ तारिखदेखि लागू हुने छ । अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीलाई थप कडीकडाउ गर्न यो सर्त लागू गरेको हो । जसमा अब विदेशी विद्यार्थीले संघीय सरकारको अनुमति नलिई चार वर्षभन्दा बढी अमेरिकामा बस्न नपाइने भएको छ । पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि रोक लगाइने भएको छ । डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यसले भिसाको जथाभावी दुरुपयोग रोक्ने, तथा नियमित निगरानीमार्फत् राष्ट्रिय सुरक्षा सुदृढ हुने छ । यसअघि एफ १ वर्गका विदेशी विद्यार्थी भिसा र जे १ एक्चेन्ज भिसा भएकाहरूलाई तिनको सो हैसियतको अवधिभरिका निम्ति भिसा जारी गरिन्थ्यो । त्यसको अर्थ उनीहरूले डिग्री हासिल नगरुन्जेल बस्न पाउँथे । नयाँ नियमले त्यसमा समयसीमा तोकिदिएको छ । अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको नयाँ अन्तिम नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दिइने एफ भिसा, सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत अमेरिका आएर काम गर्न अनुमति दिने जे भिसा, तथा सञ्चारमाध्यमका प्रतिनिधिका लागि दिइने आई भिसा अब निश्चित समयावधिका लागि मात्र जारी गरिने छ । हालसम्म भने यी भिसाहरू सम्बन्धित अध्ययन कार्यक्रम, सांस्कृतिक आदानप्रदान कार्यक्रम वा अमेरिकामा रोजगारीको अवधिभर मान्य रहने व्यवस्था थियो । नयाँ नियमअनुसार विद्यार्थी एफ र सांस्कृतिक आदानप्रदान जे भिसाको अवधि अधिकतम चार वर्षसम्म मात्र हुनेछ । त्यस्तै, पत्रकारका लागि दिइने आइ भिसा, जुन हाल केही अवस्थामा वर्षौंसम्म मान्य रहने व्यवस्था थियो, अब अधिकतम २४० दिनका लागि मात्र जारी गरिनेछ । चिनियाँ नागरिकका हकमा भने यसको अवधि अधिकतम ९० दिन हुनेछ । यो नियम फेडरल रजिस्टरमा प्रकाशित भएको ६० दिनपछि लागू हुनेछ, तर त्यसअघि अमेरिकी कांग्रेसको समीक्षा प्रक्रियाबाट गुज्रनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा पदभार ग्रहण गरेपछि आप्रवासनसम्बन्धी व्यापक कडाइ अभियान सुरु गरेका थिए । उनको प्रशासनले वैधानिक (कानुनी) आप्रवासनमाथिको निगरानी पनि बढाएको छ । यसक्रममा वैचारिक दृष्टिकोणलाई आधार बनाउँदै केही विश्वविद्यालयका विद्यार्थीहरूको विद्यार्थी भिसा र स्थायी बसोबास अनुमति रद्द गरिएको छ । साथै, लाखौं आप्रवासीको कानुनी बसोबासको हैसियत समेत खारेज गरिएको छ । यो पछिल्लो कदमले अन्तर्राष्ट्रिय विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत काम गर्ने विदेशी नागरिक तथा विदेशी पत्रकारका लागि थप प्रशासनिक कठिनाइ (हर्डल) सिर्जना गर्नेछ । यद्यपि, भिसा अवधि सकिनुअघि आवश्यक आधार र प्रक्रिया पूरा गरेर भिसा अवधि थपका लागि आवेदन दिन सकिने व्यवस्था भने रहनेछ । एफ १ र जे १ भिसा एफ १ भिसा भनेको अमेरिकामा पूर्णकालिन (फुल टाइम) अध्ययन गर्न जाने अन्तराष्«िय विद्यार्थीका लागि उपलब्ध गराइने भिसा हो । जुन यो भन्दा अगाडि अमेरिकाले सहजै धेरै विद्यार्थीलाई उपलब्ध गराउँदै आएको थियो । यस भिसा अन्तर्गत विश्वविद्यालय, कलेज, सामुदायिक कलेज, हाइ स्कुल लगायतका शैक्षिक संस्थामा पूर्णकालिन अध्ययन गर्न सकिन्छ । अध्ययन अवधिभर विद्यार्थीले आफ्नौ एफ १ हैसियत कायम राख्नुपर्छ । यो भिसाका विद्यार्थीले निश्चित सर्तमा क्याम्पसभित्र काम गर्न पाइन्छ भने अध्ययनपछि एच्छिक व्यवहारिक तालिम वा पाठ्यक्रमगत व्यवहारिक प्रशिक्षण मार्फत पनि काम गर्ने अवसरहरू पनि पाइन्छ । नेपालबाट अमेरिका अध्ययनका लागि जाने अधिकांश विद्यार्थी यही भिसा मार्फत जान्छन् । जे वान भिसा शैक्षिक तथा सास्कृतिक आदानप्रदानका लागि अमेरिका जाने व्यक्तिलाई दिइने भिसा हो । यस अन्तर्गत एक्सचेन्ज विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक, प्रशिक्षार्थी, इन्टर्न र चिकित्सक, शिक्षक तथा अन्य आदान प्रदान कार्यक्रममा सहभगिका लागि दिइने भिसाा हो । यो भिसाामा अमेरिका जान त्यहाँको विश्वविद्यालय वा कुनै आधिकारिक संस्थाले प्रयोजन गरेको हुनुपर्छ । कस्तो असर पर्छ ? अमेरिकाको नयाँ भिसा नियम लागू भएपछि विदेशी विद्यार्थीका लागि अध्ययन प्रक्रिया पहिलेभन्दा बढी नियन्त्रित र जटिल हुने देखिएको छ । यो नियमले नेपाली विद्यार्थीलाई पनि असर पर्ने शिक्षाका जानकारहरू बताउँछन् । अमेरिकाको नयाँ नियम अनुसार भिसाको अवधि सीमित हुनेछ । पहिले अध्ययन पूरा नहुन्जेल बस्न पाइने व्यवस्था रहेकोमा अब त्यस्तो हुँदैन । अब अधिकांश एफ १, जे वान भिसाधारीले अधिकतम चार वर्षको अनुमति पाउनेछन् । चार वर्षभन्दा लामो कार्यक्रमका लागि अवधि थप्न छुट्टै प्रक्रिया अपनाउनुपर्ने हुन्छ । यसबाट स्नातकोत्तर र अनुसन्धान तहका विद्यार्थी बढी प्रभावित हुने छन् भने पाँच–छ वर्ष लाग्ने पीएचडी वा केही अनुसन्धान कार्यक्रमका विद्यार्थीले भिसा थप्ने प्रक्रिया पार गर्नुपर्ने भएकाले अनिश्चितता बढ्न सक्छ । अध्ययन सकिएपछि बस्न पाउने समय घटेकाले अब अमेरिकामै बस्ने सपना देखेका विद्यार्थीको सपना पुरा हुने छैन । उसले आफ्नो डिग्री वा तालिम पूरा गरेपछि अमेरिका छाड्नु पर्नेछ भने अर्को कानुनी हैसियतमा जान दिइने समय ६० दिनबाट ३० दिनमा झारिएको छ । यसले जागिर खोज्ने वा अर्को कार्यक्रमको तयारी गर्ने विद्यार्थीलाई दबाब बढाउन सक्छ । अर्कोतर्फ विद्यार्थीलाई प्रशासनिक प्रक्रिया र खर्च बढ्न सक्छ । भिसा अवधि थप्ने, कागजात अद्यावधिक गर्ने र अध्यागमनसम्बन्धी प्रक्रिया बढ्दा समय, लागत र कागजी झन्झट पनि बढ्ने सम्भावना छ । नेपालबाट अमेरिका पठाउने शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) हरूका अनुसार पछिल्लो समय विद्यार्थी भिसा स्वीकृत हुने दर घट्दै गएको छ । यसले धेरै विद्यार्थीलाई आफ्नो अध्ययन योजना नै पुनः सोच्न बाध्य बनाएको छ । लामो समयदेखि नेपाली विद्यार्थीलाई अमेरिका पठाउँदै आएको कंगारु एजुकेशनका सञ्चालक महेशबाबु तिमिल्सेनाका अनुसार अमेरिका र अस्ट्रेलियाले विदेशी विद्यार्थीमाथि भिसा नीति कडा बनाउँदै जाँदा त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा परेको छ । उनका अनुसार विगतका वर्षहरूजस्तो अहिले अमेरिका पढ्न जान सहज छैन । धेरै विद्यार्थी अब के गर्ने ? भन्ने अन्योलमा छन् । भिसाका लागि आवेदन दिएका विद्यार्थीमध्ये स्वीकृत हुने दर पनि घट्दै गएको छ ।
एक महिना लगातार एलोभेरा जुस पिउँदा शरीरमा के–के परिवर्तन आउँछ ?
काठमाडौं । एलोभेरा (घ्युकुमारी) आयुर्वेदमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको औषधीय वनस्पति हो । पछिल्लो समय तौल घटाउने, पाचन सुधार्ने, छालाको चमक बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यले धेरैले एलोभेरा जुस सेवन गर्न थालेका छन् । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आयुर्वेदमा एलोभेरालाई ‘कुमारी’ भनिन्छ । यसले शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । एलोभेरामा भिटामिन ए, सी, ई, बी–कम्प्लेक्स, फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिंकजस्ता पोषक तत्त्व पाइन्छन् । शरीरमा कस्तो असर पर्न सक्छ ? विशेषज्ञका अनुसार ३० दिनसम्म सीमित मात्रामा एलोभेरा जुस सेवन गर्दा केही व्यक्तिमा पाचन सुधार हुन सक्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न र एन्टिअक्सिडेन्टको लाभ प्राप्त गर्न पनि सहयोग पुग्न सक्छ । कतिपयमा कब्जियत कम हुने, पेट हल्का महसुस हुने र ऊर्जा बढेको अनुभव हुन सक्छ । तर यसको प्रभाव सबै व्यक्तिमा समान नहुन सक्छ । पाचन प्रणालीमा फाइदा एलोभेरा जुसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ । यसले केही व्यक्तिमा कब्जियत तथा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) का केही लक्षण कम गर्न मद्दत गर्न सक्छ । साथै ग्यास र अम्लपित्तको समस्या कम गर्न पनि सहयोगी हुन सक्ने चिकित्सकको भनाइ छ । छाला र रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव एलोभेरामा रहेका एन्टिअक्सिडेन्ट र अन्य सक्रिय तत्त्वले शरीरमा हुने अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्न सक्छन् । पर्याप्त पानी र सन्तुलित आहारसँगै यसको सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । विशेषज्ञका अनुसार पाचन प्रणाली स्वस्थ हुँदा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सहयोग पुग्न सक्छ । तौल घटाउन कत्तिको उपयोगी ? एलोभेरा जुसले मात्रै तौल घटाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन। तर सन्तुलित आहार, नियमित व्यायाम र क्यालोरी नियन्त्रणसँगै यसको सेवन गर्दा तौल व्यवस्थापनमा केही सहयोग पुग्न सक्ने चिकित्सकको भनाइ छ। कहिले र कसरी पिउने ? आयुर्वेद चिकित्सकका अनुसार एलोभेरा जुस बिहान खाली पेट पिउनु उपयुक्त मानिन्छ । १५ देखि २० मिलिलिटर जुसलाई बराबर मात्रामा मनतातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ । यी व्यक्तिले अपनाउनुपर्छ सावधानी एलोभेराको प्रकृति चिसो हुने भएकाले गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना यसको नियमित सेवन गर्नु हुँदैन । विशेषज्ञहरूले एलोभेरा जुसलाई स्वस्थ जीवनशैलीको पूरकका रूपमा लिन सुझाव दिएका छन् । यसलाई कुनै रोगको उपचारको विकल्पका रूपमा भने प्रयोग गर्न नहुने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गरेका छन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोजेका हुन् । जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिए । उनले भने, ‘अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमवार दिउँसोबाट शुरु हुनेछ । हर्मज जलसन्धि र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ ।’ राष्ट्रपति ट्रम्पले इरान स्वयंले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दाबी गरे । उनले थपे, ‘हामीले जुनसुकै बेला सैन्य कारबाही गर्न सक्थ्यौँ, तर तीन प्रमुख मुलुक र इरानको समेत आग्रहलाई ध्यानमा राखेर हामीले वार्तालाई प्राथमिकता दिएका हौँ ।’ यसअघि शनिवार साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए । सो क्रममा उनले इरानविरुद्धको प्रस्तावित सैन्य योजनाप्रति चासो र चिन्ता व्यक्त गर्दै यसबारे स्पष्टता माग गरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । इरान र अमेरिकाबीच बढ्दो तनावलाई दृष्टिगत गर्दै पाकिस्तान, कतार, युएई, टर्की लगायतका देशहरूले पनि दुवै पक्षलाई संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न अपिल गर्दै आएका छन् ।
महुली लघुवित्तको नाफामा १ हजार ३६ प्रतिशत छलाङ, ४२.५८ प्रतिशत लाभांश क्षमता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा १ हजार ३६ प्रतिशत बढेर १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ७० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.७४ प्रतिशत बढेर ४९ करोड ७४ लाख ३५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ५९ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्त संस्थाले ४ करोड ११ लाख १३ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५३ करोड ८५ लाख ४९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, २७ करोड ६१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा ३ करोड ९२ लाख ७ हजार रुपैयाँ शुल्क, ३९ करोड ५१ लाख ७० हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र २ करोड २३ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा थियो । लघुवित्तको वितरणयोग्य नाफा १६ करोड ५० लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता ४२.५८ प्रतिशत रहेको छ । ३८ करोड ७४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म लघुवित्तले २ अर्ब ७ करोड १ लाख ७० हजार रुपैयाँ निक्षेप र ३ अर्ब ४३ करोड ३४ लाख ५ हजार रुपैयाँ सापटी लिई ६ अर्ब १७ करोड ३९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ८३ करोड २ लाख १२ हजार रुपैयाँ निक्षेप तथा २ अर्ब ९१ करोड १ लाख ११ हजार रुपैयाँ सापटी लिई ५ अर्ब ११ करोड ६९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो ४.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ४९.८८ रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा पनि घटाएको छ । अघिल्लो वर्ष १२.१६ प्रपिशत रहेको खराब कर्जा घटेर ९.८० प्रतिशत पुगेको छ ।
हिमालयनको नाफामा ४९.१८ प्रतिशत उछाल, लाभांश क्षमता २७.१३ प्रतिशत
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४९.१८ प्रतिशत बढेर १० करोड ६६ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा लघुवित्तले ७ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ४४ करोड २१ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३७ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्त संस्थाले ४ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४९ करोड ५० लाख ४६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, १५ करोड २१ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा ५ करोड ३० लाख १४ हजार रुपैयाँ शुल्क, ४२ करोड ३९ लाख ८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १० करोड ५४ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा थियो । लघुवित्तको वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २७.१३ प्रतिशत रहेको छ । ३४ करोड १० लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब २७ करोड २१ लाख ६४ हजार रुपैयाँ निक्षेप र ४ अर्ब ८५ लाख ४५ हजार रुपैयाँ सापटी लिई ४ अर्ब ९६ करोड २७ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ निक्षेप तथा ३ अर्ब ८२ करोड ८१ लाख ३ हजार रुपैयाँ सापटी लिई ४ अर्ब ८९ करोड ५६ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो २२.३४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ३१.२६ रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.८१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेकाे छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ७.४८ प्रपिशत रहेको खराब कर्जा बढेर ९.०४ प्रतिशत पुगेको छ ।
आईसिएफसी फाइनान्सको नाफा साढे २६ करोड, कर्जा १०.८९ प्रतिशत बढ्यो
काठमाडौं । आईसिएफसी फाइनान्सको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा २१ प्रतिशत घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा फाइनान्सले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत बढेर ६४ करोड ५४ लाख २१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सले ११ करोड ५ लाख २० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ८० करोड ६९ लाख ३९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३७ करोड ५१ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा १२ करोड ३३ लाख १४ हजार रुपैयाँ शुल्क, ८१ करोड १३ लाख २७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ४७ करोड ४७ लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा थियो । फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ । १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ५३ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म फाइनान्सले २२ अर्ब २३ करोड २७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ अर्ब ९९ करोड २ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ८५ करोड ९१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष कम्पनीको निक्षेप ११.२१ प्रतिशत र कर्जा १०.८९ प्रतिशत बढेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा २६.३८ गुणा मूल्य आम्दानी अनुपात छ भने १८९.३२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ । कम्पनीले गत वर्ष खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.८४ प्रपिशत खराब कर्जा रहेकोमा गत वर्ष १.५५ प्रतिशतमा झारेको छ ।
मनसुनको प्रभाव कायमै, यी ३ प्रदेशमामा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई डेढ अर्ब घाटा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ मूल्य सोमबारदेखि लागू हुने गरी बढाएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको हो । मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ । यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७.५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा १ अर्ब ४९ करोड रुपैयाँ घाटा रहेको जनाएको छ ।