महुली लघुवित्तको नाफामा १ हजार ३६ प्रतिशत छलाङ, ४२.५८ प्रतिशत लाभांश क्षमता

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा १ हजार ३६ प्रतिशत बढेर १९ करोड ३२ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ७० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत आवको चौथो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.७४ प्रतिशत बढेर ४९ करोड ७४ लाख ३५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ५९ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्त संस्थाले ४ करोड ११ लाख १३ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५३ करोड ८५ लाख ४९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, २७ करोड ६१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । 

अघिल्लो वर्षको सोही अपधिमा ३ करोड ९२ लाख ७ हजार रुपैयाँ शुल्क, ३९ करोड ५१ लाख ७० हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र २ करोड २३ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा थियो । 

लघुवित्तको वितरणयोग्य नाफा १६ करोड ५० लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता ४२.५८ प्रतिशत रहेको छ । 

३८ करोड ७४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको छ । 

गत असारसम्म लघुवित्तले २ अर्ब ७ करोड १ लाख ७० हजार रुपैयाँ निक्षेप र ३ अर्ब ४३ करोड ३४ लाख ५ हजार रुपैयाँ सापटी लिई ६ अर्ब १७ करोड ३९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब ८३ करोड २ लाख १२ हजार रुपैयाँ निक्षेप तथा २ अर्ब ९१ करोड १ लाख ११ हजार रुपैयाँ सापटी लिई ५ अर्ब ११ करोड ६९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो ४.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ४९.८८ रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा पनि घटाएको छ । अघिल्लो वर्ष १२.१६ प्रपिशत रहेको खराब कर्जा घटेर ९.८० प्रतिशत पुगेको छ ।  

Share News