वाणिज्य बैंकलाई १२/१४ वटासम्म झार्नुपर्छ, नबिल अहिले पनि ‘नम्बर वान’ नै हो : सुजित शाक्य
नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंकर हुन् सुजित शाक्य । शालीन र सजगरूपमा प्रस्तुत हुन रुचाउने शाक्य अहिले नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत छन् । नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशक बढी कार्यानुभव भएका शाक्यले आधा दर्जन बैंकमा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । उनै बैंकर शाक्यसँग पछिल्लो बैंकिङ क्षेत्रले भोग्नु परेका विभिन्न आरोह-अवरोह र नबिल बैंकको व्यवसायको विषयमा विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानीको सम्पादित अंश : कुनैबेला निक्षेपको ब्याजदर १४ प्रतिशत र कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले घटेर ५ प्रतिशत हुँदापनि निक्षेपको ब्याजदरले थिचिए भनेर सुनिन्छ । बैंकिङ क्षेत्रमा ब्याजदरमा यो किसिमको उतारचढाव किन हुन्छ ? यो अर्थतन्त्रको चक्र हो । चक्र भएपनि किन यति धेरै छिटो घटबढ हुन्छ ? हाम्रो बजारमा त्यो किसिमको गहिराइ छैन । अहिले तरलता सहज छ । निक्षेप परिचालन गर्न अर्थतन्त्रमा लगानीका अवसर हुनुपर्छ । अर्थतन्त्र चलायमान हुँदा नयाँ किसिमका लगानीका अवसर आउँछन् । लगानीका अवसर भयो भने कर्जाको माग बढ्ने हो । कर्जाको माग भएपछि निक्षेप सोसिएर जान्छ । कर्जाको माग अझै बढ्न सकेको छैन । गत वर्ष कमजोर मनोबलमा अर्थतन्त्र चलिरहेको थियो । आजको दिनमा व्यापारीहरूसँग कुराकानी गर्दा घट्न कम भयो, माथि आउन अझै समय लाग्छ भन्नुहुन्छ । विगत २ वर्षमा व्यवसायमा घाटा भयो । घाटा भएको पूर्ति हुन सकेको छैन । रेमिट्यान्स बढेको छ । अन्य सूचकमा पनि सुधार हुँदैछ । तर, माग किन भएन ? भनेर उद्योगी व्यवसायीहरूसँग सोधपुछ गर्दा अझै पनि ‘स्ट्रङ डिमाण्ड’ आएको छैन भन्नुहुन्छ । उपभोक्ताको माग नआउँदासम्म बैंकमा त्यसको प्रभाव पर्दैन । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ‘ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यही ब्याजदरमा कर्जाको माग ह्वार्र आउनुपर्ने हो । तर, खासै सन्तोषजनक माग छैन । त्यसैले अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरूट’ मा मनोबल उच्च हुन जरूरी छ । एउटा ठूलो उद्योग वा व्यापार कम्पनीले राम्रो गरेर मात्रै हुँदैन । १५/२० जनासम्म रोजगारी दिइरहेका साना तथा मझौला उद्योगमा माग नआउँदासम्म बैंकमा कर्जाको माग बढ्न सक्दैन । अहिले समस्या पनि त्यही नै भएको देखिन्छ । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । नयाँ गरौं कि नगरौं भनेर अलमलमा पनि छन् । माग नआउनुको अर्काे कारण भनेको सबै मान्छे विदेश पलायन भएका छन् । आन्तरिकतर्फ पहाडबाट तराई वा सहरमा बसाइँसराइ सर्ने र बाह्यतर्फ क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा युवा पलायन भइरहेका छन् । युवाहरू खपत गर्ने पिल्लर हुन् । दुई पाङ्ग्रे सवारीसाधनको बिक्री ४० प्रतिशत घटेको छ । बाइक चलाउने युवाहरू विदेश गएपछि बाइक कहाँबाट बिक्री हुन्छ ? ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गएर त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन । उल्टै यहाँको पैसा विदेश लैजान्छन् । त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं । ठेकेदारहरूलाई सरकारको भुक्तानी गर्ने क्षमता नहुनु पनि अर्काे कारण हो । ठेकेदारले पैसा नपाएपछि मजदुरले ज्याला पाएको छैन । मजदुरले पैसा नपाएपछि मासु खान छोडेको छ । जबकि उहाँहरूको मुख्य स्रोत भनेकै प्रोटिन हो । जसको प्रत्यक्ष प्रभाव ह्याचरी, पोल्ट्री फर्ममा पनि परेको छ । केही फर्महरू बन्द भए । केही व्यवसायीहरू डुबे । युवापुस्ता विदेश पलायन हुँदा बैंकलाई कस्तो प्रभाव परेको छ ? बैंकमा संलग्न कर्मचारी राजीनामा दिएर बाहिरिने कति छन् ? नयाँ जनशक्ति ल्याउन कतिको सकस भइरहेको छ ? पहिलाभन्दा अहिले छोड्ने दर बढेको छ । तर, नबिल बैंकमा त्यति धेरै छोडेका छैनन् । विगतमा पढ्नका लागि जान्थे भने अहिले विदेश जानका लागि छाड्नेहरू छन् । त्यसलाई पूर्ति गर्न बजारबाट मान्छेहरू ल्याउँदा पहिलाको जस्तो गुणस्तरीय जनशक्ति पाउन गाह्रो छ । जबकि २/४ वर्ष अघिसम्म गुणस्तरीय जनशक्ति आउँथे । अहिले त्यो गुणस्तर पनि घटेको छ । एक दशक अगाडिसम्म सम्पत्ति बेचेर क्यानडा, अष्ट्रेलिया जान्छु भन्ने थिएनन् । अहिले छोराछोरी विदेश छन्, म पनि घरजग्गा बेचेर उतै जान्छु भन्ने धेरै भेटिन्छन् । तपाईंहरूको नजरमा यो आकार कति ठूलो छ ? ठ्याक्कै आकार निकाल्न सकिँदैन । तर, प्रत्येक दिन बढ्दो क्रममा छ । यसैसँग सम्बन्धित शिक्षा कर्जाको कथा छ । शिक्षा कर्जामा नबिल बैंक मार्केट लिडर हो । गाउँगाउँ, दुर्गम गाउँ, पहाडबाट परिवारका मान्छेहरूले शिक्षा कर्जा लिएर आफ्ना बच्चाहरूलाई पढाउँदैछन् । साना तथा मझौला व्यवसाय अहिलेको अवस्थामा धान्न सकेनन् । धेरै असफल भए । असफल दर बढी भएपछि बैंकले राष्ट्र बैंकको नियमभित्र रहेर डिफल्ट भएका कर्जाको धितो लिलामीमा राखेको हुन् । किनभने लिलामीका सूचना निकाल्नुपर्ने कानूनी प्रावधान भएकाले प्रक्रिया पूरा गर्न सूचना धेरै आएका हुन सक्छन् । कतिपय त्यस्ता सम्पत्ति फोर्स सेलमा बिक्रीमा आए । हाम्रो समुदायमा सम्पत्ति लिलामीमा आएपछि वा तीनपुस्ते सार्वजनिक भएपछि कर्जा तिर्न खोज्छन् । नियतवस तिर्न नखोजेको होइन । तर, व्यवसाय असफल भएपछि घरजग्गा बिक्रीको संख्या बढेको हुन सक्छ । धेरै सम्पत्ति बिक्रीमा आएपछि छानीछानी किन्न मिल्छ । त्यसैले पनि मूल्य घटेको हो । काठमाडौंको घरजग्गाको मूल्य कति प्रतिशत घटेको छ ? घरजग्गाको मूल्य २० प्रतिशतदेखि ३० प्रतिशतसम्म घटेको हुनसक्छ । अबको ट्रेण्ड के हुन सक्छ ? ट्रेण्ड ठ्याक्कै निर्क्याैल गर्न गाह्रो छ । त्यसका लागि अर्थतन्त्रमा सुधार हुनुपर्ने हो । जस्तो पुँजी बजार सुधारको अवस्थामा छ । २ हजार बिन्दुमा रहेको सेयर बजार अहिले २७ सय अंकमा पुगेको छ । लगानीकर्ता लगानी गरिरहेका छन् । त्यो पैसा अलिअलि घरजग्गामा पनि आउँछ । त्यो पैसा आयो भने एक राउण्ड फेरि खरिदबिक्री बढ्न सक्छ । मान्छेहरूले जति विदेश जाने कुरा गरेपनि यहीं बस्ने मान्छेले माटोमा लगानी गर्न रुचाउँछन् । त्यो अवसर आयो भने यी सबै सम्पत्ति बिक्री हुन्छ । तर, यो परिस्थितिबाट उम्किन त्यति सजिलो छैन । शिक्षा कर्जाका लागि गाउँगाउँ, दुर्गमबाट फोन गर्छन् भन्नुभयो । शाखा कार्यालयबाट निश्चित दूरीभन्दा टाढाको धितो राख्न नपाइने व्यवस्था छ । नबिल बैंकले कसरी कर्जा दिइरहेको छ ? नबिल बैंकमा यो समस्या तीन/चार वर्ष अगाडि थियो । किनभने त्यतिबेला नबिल बैंकको शाखा सञ्जाल विस्तार भएको थिएन । ५९ वटा मात्रै शाखा कार्यालय थिए । तर, आजको दिनमा नबिल बैंक आफैंले शाखा विस्तार गरेर २६८ शाखा कार्यालय पुगेका छन् । देशका कुनाकाप्चामा नबिल बैंकको पहुँच पुगेको छ । त्यसैले धितो राख्ने समस्या अहिले छैन । बैंकको शाखा कार्यालयबाट २५/३० किलोमिटरको दूरीमा रहेको धितो बैंकले लिने गरेको छ । मान्छे गाउँमा जन्मियो, गरिब नै रह्यो । उसको सम्पत्ति छ । तर, बैंकको लागि स्वीकार्य छैन । दुर्गम क्षेत्रमा जन्मिएको कारण क्षमता भएर पनि विदेश गएर पढ्ने मौका नपाउने अवस्था हुन सक्छ । बैंकले यस्तो केसमा कसरी सहजीकरण गर्छ ? बैंकले लिन सक्ने सीमासम्म सहजीकरण हुन्छ । कतिपय केसमा १० फिटको बाटो चाहिनेमा ८ फिट मात्रै छ भनेपनि बैंकले स्वीकार गरेको हुन्छ । शाखा कार्यालयबाट ३० किलोमिटर टाढाको धितो आएमा नगर्ने भन्ने हुँदैन । बैंकले स्वीकार गरिरहेको हुन्छ । अन्य प्वाइन्टले पनि सहयोग गरिरहेको हुन्छ । त्यो नगरीकन नबिल बैंक शिक्षा कर्जामा मार्केट लिडर हुन सक्दैन । किनभने कुनाकाप्चाबाट प्रस्तावहरू आइरहेका छन् । अहिले सस्तो ब्याजदरमा कर्जा दिएपनि कुन दिन ह्वात्तै बढाइदिन्छ भन्ने ऋणीको मनमा त्रास छ । बैंकबाट कर्जा लिएर जोखिम मोल्नु हुँदैन भन्ने एकथरिको पीडा छ । त्यो पीडाको असर कर्जाको माग नहुनुमा परेको हो कि ? निक्षेपकर्ताले पाउने ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म छ । यो बजारका लागि राम्रो होइन । कर्जा लिने जहिले पनि सीमित हुन्छन् । निक्षेपकर्ता जहिले पनि बढी नै हुन्छन् । ब्याजदर कम हुँदा त्यो वर्गमा असर पर्छ । जब निक्षेपको ब्याजदर सस्तो हुँदै जान्छ । बजारमा तरलता सहज हुन्छ र कर्जाको ब्याजदर पनि घट्छ । कर्जाको ब्याजदर जब धेरै नै सस्तो हुन्छ, तब मान्छेहरू अन्य क्रियाकलाप गर्न थाल्छन् । वास्तविक व्यवसाय हुँदैन । त्यसैले वास्तविक व्यवसायलाई बढाउन निक्षेपको ब्याजदर मुद्रास्फितीभन्दा माथि राख्ने गरिन्छ । नबिल बैंकको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ । १४/१५ प्रतिशत ब्याजदर महँगो हो भने ७ प्रतिशतमै कर्जा पाउने पनि अर्थतन्त्रका लागि राम्रो होइन । साढे ९/१० प्रतिशतको हाराहारीमा ब्याजदर रह्यो भने व्यापारमा पनि वास्तविक व्यवसायी मात्रै आउँछन् । व्यापार गर्ने मनसाय भएका आउँदैनन् । व्यापार गर्ने मनसाय भएका व्यक्ति जब छिर्छन्, तब अर्थतन्त्र समस्यामा परेका बेला उनीहरूले घाटा खान्छन् । अहिलेको रेञ्जभन्दा नघट्ने गरी स्थिर राख्न सकियो भने राम्रो हुन्छ । निक्षेपकको ब्याजदर तोक्ने विषय बेलाबखत राष्ट्र बैंकबाट पनि निर्देशित हुन्छ । तपाईंहरुको काबुभन्दा बाहिरि किन गयो ? ग्राहक संरक्षणमा राष्ट्र बैंकले गरिरहेका काम उत्कृष्ट छन् । जस्तो ब्याज बढाउँदा राष्ट्र बैंकले बैंकहरूलाई फिर्ता गर्न लगायो । प्रतिस्पर्धी बजारमा बढाउने दबाब आउँदा अधिकांशले बढाए । ग्राहक संरक्षणमा जसरी नियमन भइरहेको छ ब्याजदर घट्दा र बढ्दा बैंकहरूलाई खेल्न दिनुपर्छ । तर, बैंकहरूको प्रोटेक्सनमा कुनै काम भएको छैन । जस्तो ब्याजदर घट्दैछ । बैंकले जलविद्युत आयोजनामा लगानी गरेको थियो । जलविद्युत आयोजनाको जोखिम बैंकले लिएको थियो । आयोजनाबाट बत्ति बल्न सुरु भयो । बत्ति बल्न सुरु हुँदा उतिबेला बैंकले लिएको जोखिम देखेर २५/५० पैसा बढायो भने त्यो आयोजनामा तुरुन्तै अर्काे बैंक जान सक्छ । तर, बैंकलाई संरक्षण गरिएको छैन । त्यस किसिमका संरक्षण गर्दै जाने हो भने बजारमा रहेको उथलपुथल मत्थर हुन्थ्यो । बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउँदा अस्वस्थ प्रतिस्पर्धा घटेर स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा थियो । नियामक र संस्थाले पनि त्यही अपेक्षा राखेका थिए । तर, हुन सकेन नी ? ३२ वटा बैंक हुँदा र २० वटा बैंक हुँदा धेरै परिवर्तन आएको छ, सुधार पनि भएको छ । अर्थतन्त्रलाई कति वटा बैंक ठिक होला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । १२ वटा बैंकमा झार्नुपर्छ भन्ने विभिन्न किसिमका तर्क हुन सक्छन् । त्यसमा पनि तीन वटा सरकारी बैंक छन् । हाम्रो अर्थतन्त्रको आकार र भविष्यको वृद्धिका लागि २० वटाबाट कन्सोलिडेन्स भएर १२/१४ मा झर्नुपर्ने होकि जस्तो लाग्छ । १२/१४ वटा भयो भने अझै स्ट्याण्डर्ड कायम गर्न सकिन्छ । अहिलेको भन्दा बढी स्थिरता आउँछ । पहिला ३२ वटा बैंक हुँदाको तुलना गर्ने हो भने अहिले धेरै स्थिर छ । पहिला क्रेडिट स्ट्याण्डर्ड कायम थिएन । स्ट्याण्डर्डमा बस्ने बैंकलाई पनि दबाब आउँथ्यो । त्यो आजको दिनमा छैन । बैंकको कन्सोलिडेसन राम्रो नै भएको छ । थप कन्सोलिडेसन जरूरी हुन सक्छ । त्यो अर्काे २/४ वर्षमा पूरा होला । नबिल बैंकले थप मर्जरका लागि केही गृहकार्य गरिरहेको छ ? तत्काल आन्तरिक रूपमा सोचेका छैनौं । तर, त्यो बाटो जहिल्यै पनि खुला रहन्छ । किनभने प्रतिस्पर्धाको दबाब छ । बजारमा नम्बर वान कायम रहनुछ । टप वा बटम लाइनबाट नहुन पनि सक्छ । कार्वन शून्यमा हामी नेृतत्व गरिरहेका छौं । नयाँ-नयाँ सोचको विकास गर्नुपर्छ । व्यवसायमा हार खाएपछि नयाँ सोच्ने हो ? आजको दिनमा हेर्ने हो भने बटम लाइनमा नबिल बैंक नै नम्बर वान छ । पुँजीमा नम्बर वान नहोला तर बटम लाइनमा नम्बर वान छ । पुँजी राम्रोसँग प्रयोग गरेर लागत व्यवस्थापन गरिएको छ । नबिललाई धेरै समय लिडर बैंकको रूपमा बजारले स्वीकार गरेको थियो । बजारमा आइडियल बैंकका रूपमा लिन्थे । पछिल्लो समय त्यो स्वीकार्यता गिर्दै गएको भन्ने आरोप छ । नबिललाई लिडर बैंकको पोजिसनमा राख्न पुँजी, नेटवर्क, सेयर मूल्य, नाफा, धेरै कर तिर्ने, व्यवसाय अभ्यासमा सुशासन लगायतका सूचकमा अगाडि देख्न सकिन्छ कि सकिँदैन ? सबै प्यारामिटरमा देख्न पाइनेछ । आजको दिनमा पनि नबिल बैंक हरेक कोणबाट नम्बर वान हो । वित्तीय विवरणको आकार टप लाइनको मात्रै हेर्नु हुँदैन । लिडरसिपको सोचाई, ब्राण्ड लिवरेज र ब्राण्डको क्लाउड प्रयोग गरेर समाजमा के-के परिवर्तन ल्याएको छ भनेर पनि हेर्नुपर्छ । बैंकले नबिल स्कुल अफ सोसियल इन्टप्राइज ल्याएको छ । कार्वन ट्रेडिङको व्यापार काम भइरहेको छ । यी सबै उदाहरणले पनि नबिल नम्बर वान कायम छ । विगतमा सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कम्बल बाँडेर सकिन्थ्यो । अब नबिल स्कुल अफ सोसियल इन्टप्राइजमा लगानी गर्दा राम्रो काम गरेको महसुस भएको छ । यसले उद्यमी जन्माएको छ । कतिपयले अन्तर्राष्ट्रिय स्टेजमा गएर अवार्ड जितेर ल्याउनु भएको छ । अझै राम्रो भयो भने नयाँ सोच ल्याउन सहयोग पुग्नेछ । समग्र ब्राण्डको लेविरेज र ब्राण्ड इक्विटीबाट बेस्ट बैंक अफ इण्डिष्ट्रिका रुपमा नबिल बैंकलाई लिन्छु । नबिल बैंकको रिजर्भ जति हुन्थ्यो, अरू कुनै बैंकसँग हुँदैनथ्यो । सेयर मूल्यमा नम्बर वान थियो । बैंकको नाफा र बैंकले दिने लाभांशदर अन्य बैंकको भन्दा उच्च थियो । अहिले यी सबै सूचकमा अरू बैंक नै अगाडि छन् । पुँजीवादी अर्थतन्त्रमा ठूलो अंकले पनि ठूलो भूमिका खेल्छ । त्यसैले यी सबै सूचकमा नबिल नम्बर वान भएको कहिले देख्न पाइन्छ ? यो चाँडै पुरा हुन्छ । किनभने दैनिक त्यही पुरा गर्न भिडिरहेका छौं । नयाँ उपकरण अग्राधिकार सेयरका लागि पनि आवेदन दिएका छौं । अग्राधिकार सेयर जारी गरेर थप व्यवसाय आर्जन गर्न सकिनेछ । व्यवसाय गर्ने क्षमता वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्न लागिएको हो । २६८ वटा शाखाबाट सेयर कर्जा, शैक्षिक कर्जा, घरजग्गा कर्जा सहज रूपमा पाउन सकिन्छ । १ सय अर्बको पोर्टफोलियो रिटेल बैंकिङको मात्रै भइसकेको छ । जबकि विगतमा एउटा बैंकको कर्जाको पोर्टफोलियो हुन्थ्यो । एसएमईजमा आक्रामक भएर काम गरिरहेका छौं । ती सबैमा नबिल बैंक पछाडि पर्दैन । चाँडै नै त्यो पुरा हुन्छ । नबिल बैंकले ६ अर्ब पोर्टफोलियो भएको सानो फाइनान्स कम्पनी र ७०/८० अर्ब पोर्टफोलियो भएको बैंक प्राप्ति गरेको हो । कुनै बैंकले ३/४ वटा बैंकसम्म मर्ज गरेको छ । त्यसैले त्यसमा पनि तुलना हुन आवश्यक छ । आन्तरिक प्रणाली र व्यवस्थापन डेफ्थ पनि हेर्नुपर्छ । उच्च व्यवस्थापकमा सीईओ, सिनियर डीसीईओ २ जना, एक जना डीसीईओ छन् । सायद यस किसिमको म्यानेजमेन्ट डेफ्थ अन्य बैंकमा देखिँदैन । कतिपय बैंकमा लिडरसिप अभाव वा संकट पनि छ । तर, नबिल बैंकमा त्यो छैन । मध्यम तहको व्यवस्थापनमा पनि नबिल बैंक अग्रस्थानमा छ, बलियो पनि छ । विगतमा नबिल बैंकको सेयर मूल्य ६ हजारभन्दा बढी थियो । अहिले ५ सयमुनि छ । बैंक बलियो हुँदै गयो सेयर भ्यालू घट्दै गयो । किन ? म सेयरको विज्ञ होइन । बैंकको पुँजी बढेको छ । बोनस सेयर थप्दै गएपछि सेवामा गाह्रो हुन्छ । जसकारण प्रतिफल कम हुँदै गएको हो । कतिपय बैंकले कोरोनादेखिको लाभांश नदिइकन राखेको पैसा तीन वर्षमा एकैपटक दिएको छ । कसैले बचाएर अलिअलि दिएको छ । त्यसको असर पनि परेको हुन सक्छ । अनि विगतमा सेयर बजारमा बैंकको दबदबा थियो । अन्य क्षेत्रको सेयर खासै थिएन । अहिले विविधिकरण भएको छ । सेयर बजारमा अलिअलि स्पेकुलेसन भइहाल्छ । त्यही बजार हो, नबिल बैंकको सेयर मूल्य ६ हजारको हाराहारीमा हुँदा यूनिलिभर नेपालको सेयर मूल्य ११ हजारको हाराहारीमा थियो । अहिले पनि त्यही बजार हो, यूनिलिभरको सेयर मूल्य ५० हजार रुपैयाँ पुगेको छ भने नबिल बैंकको सेयर मूल्य ५ सयमा झरेको छ । यसले त स्पेकुलेसन हुन्छ भनेर जस्टिफाइ गरेन नि ? त्यतिबेला बजारको दायरा फराकिलो नहुँदा सबै बैंकहरूको सेयर मूल्य उच्च थियो । अहिले सबै बैंकको घटेको छ । बैंकहरूको होल्डिङ चौडा हुन्छ । आजको दिनमा फाइनान्स कम्पनीको सेयर मूल्य बैंकको भन्दा उच्च छ । त्यसलाई पनि जस्टिफाइ गर्न सकिँदैन । पुँजी बजारका लगानीकर्ता धेरै चलाख र स्मार्ट हुन्छन्, त्यसकारण उनीहरूले सही मूल्याङ्कन गरेका हुन्छन् भन्ने लाग्छ । नबिल जस्तो राम्रो मार्केट, नेटवर्थ, ब्राण्ड भ्यालू र रेपुटेसन छ । तर, त्यसको प्रभाव बजारमा देखिएन नी ? आज पनि नबिल बैंक ब्लुचिफ स्टक हो । दीर्घकाल सोच्नेहरूले नबिल खरिद गरिरहेका छन् । जहाँ सेयर कम छ त्यहाँ सर्टटम लगानीकर्ताले स्पेकुलेसन वा कर्नरिङ हुन्छ । संसारभरि नै सेयर बजारमा स्पेकुलेसन हुन्छ । २० प्रतिशत विश्लेषण गरेर खरिदबिक्री गर्छन भने ८० प्रतिशत स्पेकुलेसन हुन्छ । अहिले नियम अनुसार ८ अर्ब मात्रै पुँजी भनेको छ । राष्ट्र बैंकले तोकेकोभन्दा तीन गुणा माथि भइसक्यो नि ? बोनस दिँदै गयो भने सर्भिसेज क्षमता घट्दै जान्छ । त्यसमा अनेकन रेगुलेटरी फ्रेमवर्क छन् । त्यही विषय भारतको बैंकमा १० रुपैयाँको सेयर हुने क्यापिटल सानो हुन्छ । रिटेन्ड अर्निङमा राखेर कति राम्रो सेयर मूल्य गरेका छन् । विगतको तुलनामा नबिल बैंकले १३ प्रतिशतमा झरेको छ । आगामी दिनमा यो अझै घट्छ कि बढ्छ ? त्यसलाई घटबढ भन्दा पनि जस्टिफाइड रिटर्न, स्थिर र ग्रोथको प्रयास रहनेछ । अंकमा भन्न अलिकति गाह्रो छ । चौथो त्रैमासको लाभांश क्षमता १४ प्रतिशत छ । गत वर्ष स्थित र एनपीएलले हिट गरेको हो । त्यो एनपीए सकारात्मक भएपछि फिर्ता आउँछ । अर्थतन्त्र एक राउण्डको टर्नओभर भएर ग्रोथ भयो भने यो वर्षभित्र प्रोभिजनमा राखेको पैसा फिर्ता आउँछ । धेरै बैंकलाई सम्पत्ति व्यवस्थापन गर्न गाह्रो भएको देखिन्छ । नबिल बैंकको अवस्था के छ ? यूनाइटेड फाइनान्स अक्वायर गरेपछि व्यावसायीक सवारी धेरै आएका छन । त्यसमा रिकभरीका प्रयास भएका पनि छन् । व्यावसायिक सवारी टिप्परहरू, स्काभेटर पहाडतिर गएका हुन्छन्, तिनीहरूलाई ल्याउन सजिलो छैन । ती ल्याएर कतै भाडामा लिएपछि राख्नुपर्छ । तिनीहरू भाडामा राखिएका छन् । विशालनगरको जग्गामा पनि राखेका छौं । आइरहन्छन्, गइरहन्छन् । जग्गा जमीन व्यवस्थापन वा बिक्री गर्न कति गाह्रो भइरहेको छ ? मार्केटबाट हामी अछुतो छैनौं । नबिल बैंकले अक्सन गर्यो भन्दैमा किन्ने र अरूले अक्सन गर्यो भन्दैमा नकिन्ने भन्ने हुँदैन । बजारमा घरजग्गा कारोबारमा मनोबल बढेको छैन । अहिल गैर बैंकिङ सम्पत्ति बिक्री गर्न गाह्रो नै छ । बैंकको व्यवसाय बदल्न अब कार्बन व्यापार
उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
काठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट, एक्स्पो’बाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो । कोनिका मिनोल्टा बीएच-सी २२६ आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच- ३०६ आई/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच- २२५ बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ । नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ । सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको-फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । ‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ । यी प्रिन्टर आम उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,’ उनले भनिन् । कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।
मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो
काठमाडौं । नयाँ वर्ष २०२५ को जनवरी महिनामा टेस्लाको बेलायत र फ्रान्ससहित पाँच युरोपेली देशहरूमा बिक्री घटेको छ । नयाँ मोडल भएका प्रतिस्पर्धीहरूले टेस्लालाई पछ्याइरहेका छन् भने सर्वेक्षणहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कप्रति जनताको धारणा नकारात्मक बन्दै गएको देखाएका छन् । विशेष गरी डोनाल्ड ट्रम्पलाई आर्थिक समर्थन गर्दै मस्क २०२४ मा राजनीतिमा प्रवेश गरेका छन् । ट्रम्पको सफल चुनावी अभियानमा मस्कको ठूलो भूमिका रह्यो । साथै उनले बेलायत र जर्मनीका दक्षिणपन्थी पार्टीहरूलाई खुलेर समर्थन गरे, जसले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूरानो ट्वीटर) मा विवाद उत्पन्न गराएको छ । बिक्रीमा गिरावट जनवरीमा टेस्लाको बेलायत बिक्री झण्डै १२ प्रतिशतले घट्यो, जबकि देशभरि विद्युतीय सवारी दर्ता उच्च बिन्दुमा पुगेको थियो । यसैगरी, फ्रान्समा ६३ प्रतिशत गिरावट, स्विडेन र नर्वेमा क्रमशः ४४ र ३८ प्रतिशत गिरावट र नेदरल्याण्ड्समा ४२ प्रतिशत गिरावट देखियो । अमेरिकाको सबैभन्दा ठूलो कार बजार क्यालिफोर्नियामा पनि टेस्लाको बिक्री १२ प्रतिशतले घट्यो । २०२४ मा टेस्लाले पहिलो पटक वार्षिक डेलिभरीमा गिरावट देखाएको छ, यद्यपि यो अझै अमेरिकाको प्रमुख ईभी बिक्री ब्रान्ड हो । टेस्लाले २०२५ मा सस्तो ईभी मोडल ल्याउने घोषणा गरेको छ, साथै कम्पनीले स्वायत्त (अटोनोमस) ड्राइभिङ प्रविधिमा ध्यान केन्द्रित गरिरहेको छ । प्रतिस्पर्धा र जनमत जनवरी २०२४ मा बेलायतको ईभी बजारमा टेस्ला दोस्रो स्थानबाट सातौं स्थानमा खस्कियो, जहाँ फक्सवागन, मर्सिडिज, स्टेलान्टिसजस्ता कम्पनीहरूले बढी बिक्री गरे। एक सर्वेक्षणअनुसार ५९ प्रतिशत ब्रिटिश ईभी ग्राहकहरूले मस्कको राजनीतिक प्रभावका कारण टेस्ला नकिन्ने बताएका छन् । स्वीडेनमा जनवरी १५-१७ मा गरिएको सर्वेक्षणमा टेस्लालाई सकारात्मक दृष्टिकोण राख्ने जनसंख्या १९ प्रतिशतबाट घटेर ११ प्रतिशतमा झर्यो, जबकि नकारात्मक धारणा ४७ प्रतिशतबाट ६३ प्रतिशतमा उक्लियो । युरोपेली नेताहरूको प्रतिक्रिया मस्कले अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीलाई खुलेर समर्थन गरेपछि युरोपेली नेताहरूले उनको भनाइको आलोचना गरेका छन् । अस्च्विट्ज यातना शिविर मुक्तिको ८०औं वार्षिकोत्सवको ठीक अघि मस्कले जर्मनहरूलाई आफ्ना पुर्खाहरूको अपराधबोध महसुस गर्न नपर्ने बताएका थिए, जसले विवाद उत्पन्न गरायो । उनका केही सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ताहरूले गलत सूचना फैलिएको भन्दै प्लेटफर्म छोडेका छन् । नयाँ मोडलको अभाव ईभी विश्लेषकहरूका अनुसार टेस्लाको समस्याको मुख्य कारण मस्कको विचारभन्दा पनि नयाँ मोडलको कमी हो । मोडल वाई (२०२०) पछि टेस्लाले कुनै नयाँ ईभी मोडल सार्वजनिक नगरेको कारण प्रतिस्पर्धी कम्पनीहरू अगाडि बढेका छन् । विशेष गरी चिनियाँ ईभी कम्पनीहरू नयाँ र आकर्षक उत्पादनहरूसहित बजारमा छाउँदै गएका छन् । टेस्लाको सेयर प्रदर्शन यी सबै समस्याहरूका बाबजुद टेस्लाको सेयर मूल्य बजारभन्दा राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो वर्षमात्र टेस्लाको सेयर मूल्य दोब्बर भएको छ । हाल, टेस्लाको पीई रेसियो १३१ भन्दा माथि पुगेको छ, जुन अन्य कार निर्माता र प्रविधि कम्पनीहरूको तुलनामा निकै उच्च हो । टेस्लाका लागि २०२५ चुनौतीपूर्ण रहन सक्ने देखिन्छ, तर कम्पनीको नयाँ ईभी मोडल, मूल्य रणनीति र प्रविधि विकास भविष्यको प्रमुख निर्णायक कारक बन्न सक्छ । सान्दर्भिक सामग्री : विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?
वासिङ्टन । हिरोसिमा बमभन्दा सयौँ गुणा बढी ऊर्जा निकाल्दै आकाशमा ठूलो विस्फोट । एउटा अन्धाधुन्ध चमक लगभग सूर्य जत्तिकै उज्यालो हुन्छ । धक्का तरङ्ग (सकवेभ) हरू माइलौँसम्म सबै कुरा समतल बनाउन पर्याप्त शक्तिशाली छन् । यो विनाशकारी सुनिन सक्छ, तर भर्खरै पत्ता लागेको फुटबल मैदान जत्तिकै आकारको एक क्षुद्रग्रहले अब लगभग आठ वर्षमा पृथ्वीसँग ठक्कर खाने एक प्रतिशतभन्दा बढी सम्भावना छ । यस्तो प्रभावले कहाँ ठक्कर खान्छ भन्ने आधारमा सहर–स्तरको विनाशको सम्भावना छ । वैज्ञानिकहरू अहिले नै आत्तिएका छैनन् तर उनीहरूले नजिकबाट हेरिरहेका छन् । ‘यस विन्दुमा यो ‘धेरै ध्यान दिऔँ, यसलाई निरीक्षण गर्न सक्ने जति सबै साधनहरू जुटाऔँ’ भन्ने हो’, प्लानेटरी सोसाइटीका मुख्य वैज्ञानिक ब्रुस बेट्सले भने । दुर्लभ खोज २०२४ वाईआर४ नाम दिइएको यो क्षुद्रग्रह पहिलो पटक सन् २०२४ डिसेम्बर २७ मा चिलीको एल सोस वेधशालाले पत्ता लगाएको थियो । यसको चमकको आधारमा खगोलविद्हरूले यो १३० देखि ३०० फिट (४०–९० मिटर) चौडाइको बीचमा रहेको अनुमान गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका कार्यवाहक ग्रह सुरक्षा अधिकारी केली फास्टको डेस्कमा चिन्ताको विषयको रूपमा पुगेको थियो । ‘तपाईंले अवलोकनहरू प्राप्त गर्नुहुन्छ, तिनीहरू फेरि खस्छन् । यो एउटा वरिपरि रहन सक्ने क्षमता थियो जस्तो देखिन्छ’, उनले भने । जोखिम मूल्याङ्कन बढ्दै गयो र जनवरी २९ मा विश्वव्यापी ग्रह सुरक्षा सहयोग अन्तर्राष्ट्रिय क्षुद्रग्रह चेतावनी नेटवर्क (आइएडब्लुएन) ले एक मेमो जारी गर्यो । नासाको जेट प्रोपल्सन प्रयोगशालाको पछिल्लो गणनाअनुसार क्षुद्रग्रहले सन् २०३२ डिसेम्बर २२ मा पृथ्वीमा ठक्कर दिने एक दशमलव छ प्रतिशत सम्भावना छ । यदि यसले ठक्कर दियो भने सम्भावित प्रभाव स्थलहरूमा पूर्वी प्रशान्त महासागर, उत्तरी दक्षिण अमेरिका, अटलान्टिक महासागर, अफ्रिका, अरब सागर र दक्षिण एसियामा समावेश रहेको आइएडब्लुएन मेमोले बताएको छ । २०२४ वाईआर४ ले अत्यन्त दीर्घवृत्ताकार चार वर्षे कक्षा पछ्याउँछ र आन्तरिक ग्रहहरू हुँदै मङ्गल ग्रह पार गरेर बृहस्पतितर्फ जान्छ । अहिलेका लागि यो पृथ्वीबाट टाढा जाँदैछ । यसको अर्को नजिकको पास सन् २०२८ सम्म आउने छैन । ‘सम्भावना धेरै राम्रो छ कि यसले पृथ्वीमा मात्र प्रहार गर्दैन, तर आउँदो महिनादेखि केही वर्षहरूमा त्यो सम्भावना शून्यमा झर्नेछ’, बेट्सले भने । सन् २००४ मा एपोफिससँग यस्तै परिदृश्य देखिएको थियो । उक्त क्षुद्रग्रहले सन् २०२९ मा पृथ्वीमा ठक्कर दिने दुई दशमलव सात प्रतिशत सम्भावना रहेको प्रारम्भिक अनुमान गरिएको थियो । थप अवलोकनहरूले प्रभावको सम्भावनालाई खारेज गरे । विनाशकारी क्षमता सबैभन्दा कुख्यात क्षुद्रग्रह प्रभाव छ करोड ६० लाख वर्ष पहिले भएको थियो । त्यतिबेला छ माइल चौडा अन्तरिक्ष चट्टानले विश्वव्यापी जाडो निम्त्याएर डायनासोर र ७५ प्रतिशत सबै प्रजातिको विनाश गरेको थियो । यसको विपरीत २०२४ वाईआर४ ‘सहर विनाशक’ श्रेणीमा पर्छ । ‘यदि तपाईं यसलाई पेरिस वा लन्डन वा न्युयोर्कमा राख्नुहुन्छ भने तपाईंले आधारभूत रूपमा पूरै सहर र केही वरिपरिका क्षेत्रहरू नष्ट गर्नुहुन्छ’, बेट्सले भने । सबैभन्दा राम्रो आधुनिक तुलना १९०८ टुङ्गुस्का घटना हो, जब ३०–५० मिटरको क्षुद्रग्रह वा धूमकेतुको टुक्रा साइबेरियामा विस्फोट भयो, ७७० वर्गमाइल (दुई हजार वर्गकिलोमिटर) मा आठ करोड रुखहरू ढालेको थियो । त्यो प्रभावकर्ता जस्तै २०२४ वाईआर४ पनि जमिनमा क्रेटर (खाडल) छोड्नुको सट्टा आकाशमै विस्फोट हुने अपेक्षा गरिएको छ । ‘हामी द्रव्यमान र गतिको प्रयोग गरेर ऊर्जाको गणना गर्न सक्छौँ’, जोन्स हप्किन्स एप्लाइड फिजिक्स प्रयोगशालाका ग्रह खगोलशास्त्री एन्ड्र्यु रिभकिनले भने । २०२४ वाईआर४ का लागि हवाई विस्फोटबाट हुने विस्फोट लगभग आठ मेगाटन टिएनटी बराबर हुनेछ – हिरोसिमा बमको शक्तिभन्दा पाँच सय गुणा बढी । यदि यो महासागरमाथि विस्फोट भयो भने तटीय क्षेत्र नजिक भएर सुनामी निम्त्याउने अवस्थामा बाहेक प्रभाव कम चिन्ताजनक हुनेछ । हामी यसलाई रोक्न सक्छौँ राम्रो खबर, विशेषज्ञहरूले ‘हामीसँग तयारी गर्न प्रशस्त समय’ भएकामा जोड दिएका छन् । रिभकिनले नासाको २०२२ डिएआरटी मिसनको अनुसन्धानको नेतृत्व गरेको थियो । उक्त मिसनले एक अन्तरिक्षयान प्रयोग गरेर क्षुद्रग्रहलाई सफलतापूर्वक आफ्नो मार्गबाट विचलित गरेको थियो । यो एउटा यस्तो रणनीति हो जसलाई ‘काइनेटिक इम्प्याक्टर’ भनिन्छ । लक्षित क्षुद्रग्रहले पृथ्वीलाई कुनै खतरा नपुर्याएकाले यो एक आदर्श परीक्षण विषय थियो । ‘यसले फेरि किन काम नगर्ला भन्ने म बुझ्दिनँ’, रिभकिनले भने । ठूलो प्रश्न के हो भने यदि उनीहरूको आफ्नै क्षेत्र खतरामा छैन भने प्रमुख राष्ट्रहरूले यस्तो मिसनलाई कोष प्रदान गर्छन् कि गर्दैनन् । अन्य बढी प्रयोगात्मक विचारहरू अवस्थित छन् । लेजरहरूले क्षुद्रग्रहको केही भागलाई वाष्पीकरण गरेर थ्रस्ट प्रभाव सिर्जना गर्न सक्छन्, जसले यसलाई मार्गबाट बाहिर धकेल्छ । एउटा ‘गुरुत्वाकर्षण ट्र्याक्टर’, एउटा ठूलो अन्तरिक्ष यान जसले विस्तारै आफ्नो गुरुत्वाकर्षण खिचाइको प्रयोग गरेर क्षुद्रग्रहलाई टाढा लैजान्छ, को पनि सिद्धान्तीकरण गरिएको छ । यदि अन्य सबै विफल भए लामो चेतावनी समयले अधिकारीहरूलाई प्रभाव क्षेत्र खाली गराउन सक्षम बनाउँछ । ‘यस विषयमा कोही पनि डराउनु पर्दैन’, फास्टले भने, ‘हामी यी कुराहरू फेला पार्न सक्छौँ, यी भविष्यवाणीहरू गर्न सक्छौँ र योजना बनाउने क्षमता राख्न सक्छौँ ।’ रासस
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए । प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक छ अर्ब रुपैयाँको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए । ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।
युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो
अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक… सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ । ‘तपाईंलाई सेवाका लागि धन्यवाद’, विज्ञप्तिमा उल्लेख छ । यो कदम ट्रम्प र उनका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङ्टनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानव अधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ । अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ । मस्कको व्यापक व्यापारिक चासो रहेको चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा हेरिन्छ । मस्कले युएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी मार्क्सवादीहरूको सर्पको गुँड’ भनेका छन् र यसलाई बन्द गर्ने प्रतिज्ञा गरेका छन् । मस्कले प्रमाणित नगरेका अन्य आलोचनामध्ये उनले युएसएडले ‘दुष्ट सिआइए काम’ गर्छ र यहाँसम्म कि ‘जैविक हतियार अनुसन्धान, लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ सहितलाई कोष प्रदान गर्दछ’ भनी दाबी गरेका छन् । स्पेसएक्स र टेस्लाका सिइओ मस्कले राष्ट्रपतिसँगको अभूतपूर्व कदमलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको बताए। मस्कको अमेरिकी सरकारसँग ठूलो सम्झौता छ र उनी ट्रम्पको अभियानका सबैभन्दा ठूला वित्तीय समर्थक हुन्। युएसएडमाथि भएको आक्रमण संयुक्त राज्य अमेरिकाले अमेरिकीहरूलाई बेवास्ता गर्दै विदेशीहरूमा पैसा बर्बाद गर्दछ भन्ने रिपब्लिकन पार्टीको कट्टर रूढीवादी र स्वतन्त्रतावादी शाखाहरूमा लामो समयदेखि चलिरहेको कथाको सन्दर्भमा आएको छ । युएसएडले आफूलाई ‘हाम्रो सुरक्षा र समृद्धिलाई अघि बढाउँदै चरम गरिबी अन्त्य गर्न र लचिलो, प्रजातान्त्रिक समाजहरूको प्रवर्द्धन गर्न’ काम गर्ने संस्थाको रूपमा वर्णन गर्दछ । डाटा उपलब्ध भएको सबैभन्दा हालैको वर्षका रूपमा रहेको सन् २०२३ सम्म कंग्रेसनल रिसर्च सर्भिस अनुसार युएसएडबाट सहायता प्राप्त गर्ने शीर्ष तीन देशहरू युक्रेन, इथियोपिया र जोर्डन थिए । सहायताका अन्य शीर्ष प्राप्तकर्ताहरूमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, अफगानिस्तान, दक्षिण सुडान र सिरिया समावेश छन् । युएसएडको युक्रेनका लागि कोषको मात्रा उल्लेखनीय छ । अमेरिकी सरकारी तथ्याङ्कअनुसार युद्धग्रस्त युरोपेली देश युक्रेनले १६ अर्ब डलरभन्दा बढीको समष्टिगत आर्थिक सहयोग प्राप्त गरेको छ । सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो । रासस
चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने, मुख्य पुजारीमा दलित र ब्राह्मण
काठमाडौं । आगामी चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने भएको छ । बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो । बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्छ । उक्त कोटीहोममा बनारसीधाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराइनेछ । त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने तयारी रहेको छ । गंगा संगममा चारपल्ट महाआरती गरिने भएको छ । साथै विविध पाठपारायणको आयोजना गरिने तयारी छ । अतिरुद्राभिषेक, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, वास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ गराइनेछ । यसका साथै पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण लगायत विविध कार्यक्रमको वैदिक पद्धति अनुसार गरिने पञ्चाङ्गकार ज्योतिषाचार्य गणेश पन्तले बताए । पन्तका अनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सबै पक्षको अवस्था हेरी सञ्चालन गर्ने तयारी गरिएको छ । ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका ऐतिहासिक जगद् गुरूहरुको उपस्थिति रहनेछ । यससँगै दक्षिण भारतबाट ब्राह्मण, भागवताचार्य गुरु, विद्वान प्रवचनकर्ता गुरु र काशिबनारसबाट शीर्षमुर्धन्यविद्वान गुरूहरुको उपस्थिति रहनेछ । बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक भौतिक एवं आर्थिक समग्र पक्षको संर्वाङ्गिणी विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको पन्तले जानकारी दिए । मुख्य पुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको विषयको देशभर सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ । यस कोटिहोमका लागि करिब १० करोड रुपैयाँ खर्च गरिने भएको छ । उक्त कोटिहोममा लाग्ने खर्च बराबरको भेटी संकलन हुने अपेक्षा रहेको पन्तले जानकारी दिए । त्यसभन्दा बढी भेटी संकलन भएमा उक्त रकम सोही मन्दीको स्तरउन्नतीका लागि खर्च गर्ने कोटीहोम आयोजकको तयारी छ । बनारसीधाममा सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा परिचित छ । हरेक वर्षको माघ शुक्लपक्षको शैल्यदशमीका दिन बनारसीधाममा विशाल मेलाका साथै पूजालाग्ने गर्दछ । साउनेमेला, मकरमेला, गंगादशहरामेला, कोटिहोममेला, अक्षय तृतियामेला, विभिन्न पर्वहरूमा पर्वपूजा, महास्नान महारुद्राभिषेक, जात्रा, उत्सव, नित्यपूजा गंगास्नान, श्राद्धतर्पण आदि भईरहने धामका धार्मिक प्रवक्ता पन्तले बताए । पौराणिक मान्यताअनुसार द्वापर युगमा खरर्परासुर (खपरे) बाणाशुर, भष्माशुर अन्धकाशुर कालयवन लगायतका महाभयानक दैत्य दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा (गुर्ज) प्रहार गरि बध गरेको र त्यसै दिनदेखि देवताहरुले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रुपमा नामकरण गरेको किम्बदन्ती छ ।
सम्पदा लघुवित्तका सदस्यलाई नेपाल तराई सीटी हस्पिटलमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड र रौतहटकाे नेपाल तराई सीटी हस्पिटलबीच सम्झाैता भएकाे छ । माघ १५ गते नेपाल तराई सीटी हस्पिटलका प्रमुख डा. मधुरेन्द्र कुमार यादव र सम्पदाका नायब महाप्रबन्धक सीताराम पण्डितले सम्झौता पत्रमा हस्ताक्षरण गरे । सम्झाैतापश्चात अब सम्पदा लघुवित्तका सदस्य र कर्मचारीहरूलाई सीटी हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट हुनेछ । रौतहट जिल्लाअन्तर्गतका ५ वटा शाखा कार्यालयहरूका सदस्यहरूले विभिन्न स्वास्थ्य उपचार, औषधी खरीद, अप्रेशन, बेड चार्ज, ल्याब परीक्षण समेतमा अधिकतम ५० प्रतिशतसम्म छुट लाभ लिन सकिने जनाइएकाे छ । सीताराम पण्डितले स्वास्थ्य उपचारमा सदस्य र कर्मचारीलाई विशेष छुटको व्यवस्था गरिदिएकोमा अस्पताल प्रशासन टिमलाई संस्थाको तर्फबाट धन्यवाद प्रकट गरे ।