बीमा प्राधिकरणको कार्यकारी निर्देशक बने सुवेदी, प्राप्त गरे ७७.१९४ अंक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी सिफारिस भएका छन् । बुधबार बसेको पदपुर्ति समितिको बैठकले उनलाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको हो । उनलाई कार्यसम्पादन मूल्यांकनको आधारमा कार्यकारी निर्देशकमा नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ । उनले आन्तरिक कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमबापत् उच्च अंक पाउँदै सिफारिस भएका हुन् । समितिले सिफारिस गरेसँगै अब प्राधिकरणले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ । उनले कुल ७७. १९४ अंक प्राप्त गरेका छन् । कार्यकारी निर्देशकका लागि सुवेदीसँगै कमलराज रेग्मी र पुजन ढुङ्गेल प्रतिस्पर्धामा थिए । भदौमा बीमा प्राधिकरणले कार्यकारी निर्देशक पाउने, यी हुन् निर्देशक बन्ने मुख्य दाबेदार
सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षामा खर्च हुने जनाइएको छ । बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका छन् । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
व्यवसायीको खर्चमा सरकारी कर्मचारीलाइ विदेश भ्रमणमा रोक
काठमाडौं । सरकारी कर्मचारीले व्यवसायीको खर्चमा विदेश भ्रमण गर्न नपाउने भएका छन् । माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ मा कर्मचारीले व्यवसायीको खर्चमा विदेश भ्रमण गर्न नपाउने व्यवस्था गरेको हो । मापदण्डमा नेपाल सरकारको स्रोतबाट कुनै पनि पदाधिकारीको विदेश भ्रमण स्वीकृत गर्नुअघि अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्ने विषय पनि उल्लेख छ । मापदण्डमा द्विपक्षीय तथा बहुपक्षीय वार्ता वा अन्तर्राष्ट्रिय संगठनबाट आयोजना हुने बैठकमा मुलुकको प्रतिनिधित्व हुनु पर्ने विषयमा तथा कुनै अत्यावश्यक कामको लागि वैदेशिक भ्रमणमा मनोनयन गर्नु परेमा अर्थ मन्त्रालयको पूर्वसहमति लिइ मनोनयन मात्र गर्नु पर्ने व्यवस्था गरिएको छ ।
सम्पत्ति शुद्धिकरण निवारणका लागि छुट्टै विभाग खडा गर्न बीमा कम्पनीलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारणका लागि विभिन्न ५ वटा निर्देशन दिएको छ । प्राधिकरणले जारी गरेको एएमएल सीएपफटी सम्बन्धी उक्त निर्देशनमा कम्पनीहरुले सम्पत्ति शुद्धिकरण निवारणका लागि छुट्टै विभाग तथा एकाइ गठन गर्नुपर्नेदेखि ठूला सेयरधनीहरुका लागि तालिम दिनुपर्ने निर्देशन दिएकाे छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०८१ दफा १७ बमोजिम व्यवस्थापन स्तरको कर्मचारी रहने गरी एक कार्यान्वयन अधिकारी नियुक्त गर्ने, आवश्यक संख्यामा कर्मचारी खटाई जिम्मेवारी प्रदान गर्ने, तथा कम्तिमा २ वर्षसम्म सरुवारजिम्मेवारी परिवर्तन नगर्न प्राधिकरणले निर्देशन दिएको हो । यसैगरी, कार्यान्वयन अधिकारीले ऐन, नियमावली तथा निर्देशिका बमोजिमका विषय कार्यान्वयन गर्ने सिलसिलामा माग गरेको आवश्यक सूचना, कागजात, अभिलेख वा विवरण उपलब्ध नगर्ने/नगराउने बीमकका पदाधिकारी वा कर्मचारीलाई विभागीय कारवाहीको सिफारिस गर्नु पर्ने उल्लेख छ। यसरी गरिएको कारवाहीको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ । बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० को दफा १० (ङ) बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति गठन गर्दा स्वतन्त्र सञ्चमलकको संयोजकत्त्वमा परिपालना विभागका विभागीय प्रमुख, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता (सोल्भेन्सी) विभागका विभागीय प्रमुख सदस्य तथा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०८१ को दफा (१७) बमोजिम नियुक्त कार्यान्वयन अधिकारी सदस्य सचिव रहने गरी गठन गर्नु पर्नेछ । समितिको बैठक आवश्यकता अनुसार बस्न सक्ने र समितिले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति, कार्यविधि तथा योजना तयार गरी संचालक समिति समक्ष पेश गर्नुपर्ने निर्देशनमा उल्लेख छ। नेपाल फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा पर्ने सम्भावना उच्च छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि संसदमा सम्बोधन गर्दै नेपाल ग्रे लिष्टमा पर्ने सम्भावना रहेकाे बताएका थिए । प्रधानमन्त्री ओलीले प्रचण्ड सरकारले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन बनाउँन ढिला गर्दा नेपाल ग्र लिष्टमा पर्ने सम्भावना रहेकाे आरोप लगाएको थिए । नेपाल ग्रे लिष्टमा पर्ने सम्भावना बढेसँगै नेपाल बीमा प्राधिकरण पनि एक्सनमा उत्रिएको हाे । साेहीअनुसार प्राधिकरणले कम्पनीहरुलाई यस्तो निर्देशन जारी गरेको हो । प्राधिकरणले भने बीमा क्षेत्रबाट सम्पत्ति शुद्धिकरण नहोस भन्ने उद्देश्यका साथ यो निर्देशन जारी गरेको जानकारी दिएकाे छ । प्राधिकरणको नियमन शाखाका प्रमुख तथा उपनिर्देशक पदम प्रसाद सोडारीले गैरकानूनी माध्यमबाट आर्जित सम्पत्तिहरु बीमा कम्पनीबाट शुद्धिकरण नहोस् भन्ने मनसायले यस्तो निर्देशन जारी गरिएको बताए ।
अमेरिकी अटो कम्पनी ‘फर्ड’को भारत फिर्ती योजना रोकियो
काठमाडौं । अमेरिकी अटो जायन्ट फर्डको भारत फिर्ती योजना अनिश्चित बनेको छ । स्रोतहरूका अनुसार फर्डले जनवरीसम्म भारतमा आफ्नो नयाँ रणनीतिको विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर कम्पनीले हाल पुनर्विचार गरिरहेको छ । कम्पनीले केही महिनाभित्र अन्तिम निर्णय लिने पनि बुझिएको छ । फर्डको रणनीतिमा ढिलाइ स्रोतका अनुसार फर्डको बोर्डले जनवरीमा छलफल गरेको थियो तर तत्काल कुनै घोषणा नगर्ने निर्णय भयो । कम्पनीले भारतमा पुनः प्रवेश गर्ने योजना पुनः मूल्याङ्कन गर्न थप समय लिने निर्णय गरेको हो । कम बिक्री र ठूलो घाटाका कारण फर्डले २०२१ मा भारतीय बजारबाट बाहिरिने निर्णय गरेको थियो । फर्डको आधिकारिक प्रतिक्रिया फर्डका प्रवक्तालाई इमेलमार्फत सम्पर्क गर्दा उनले योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए । ‘हामी चेन्नई निर्माण क्षमता प्रयोग गरेर विश्वव्यापी बजार सेवाका लागि प्रतिबद्ध छौं । हामी तमिलनाडु सरकारको समर्थनप्रति आभारी छौं र योजनाहरू अघि बढाइरहेका छौं,’उनले भने । ‘निर्माण प्रक्रियाको प्रकार, समय–सीमा र अन्य विवरण उचित समयमा सार्वजनिक गरिनेछ,’ उनले थपे । किन भइरहेको छ ढिलाइ? फर्डको भारत पुनः प्रवेशमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । हाल अमेरिकी प्रशासन विदेशी लगानीका लागि त्यति अनुकूल छैन । ट्रम्प सरकार अमेरिकी अटोमोबाइल उत्पादनलाई पुनः अमेरिका फर्काउने अभियानमा केन्द्रित छ। फर्डको चेन्नई प्लान्ट लगभग तीन दशक पुरानो भइसकेको छ । यो प्लान्ट पुनः सञ्चालन गर्न धेरै लगानी आवश्यक पर्न सक्छ । ईभी उत्पादनलाई लिएर चुनौती अटो उद्योग विश्लेषकहरूका अनुसार यदि फर्डले चेन्नई प्लान्टलाई विद्युतीय सवारी (ईभी) उत्पादन गर्न तयार पार्ने निर्णय लिन्छ भने १००–३०० मिलियन डलरसम्म खर्च हुन सक्छ । यसका लागि वेल्डिङ लाइन (गाडीका विभिन्न भागहरू जोड्ने प्रविधि) नयाँ बनाउनुपर्ने हुन्छ । असेम्ब्ली लाइन (जहाँ गाडीका सबै भागहरू जोडिन्छन्) फेरि निर्माण गर्नुपर्ने हुन्छ । सान्दर्भिक सामग्री : मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
नेपालमा एलएस अटो ब्राण्डको ईभी भित्रियो, पुराना गाडीसँग ‘एलईभी जिरो वान’ साट्न सकिने
काठमाडौं । नेपालमा नयाँ ब्राण्डको विद्युतीय गाडी (ईभी) भित्रिएको छ । नेक्सन भेन्चर्स प्रालिले चीनमा बनेको एलएस ब्राण्डको ईभी नेपाल भित्र्याएको हो । फागुनको पहिलो साताभित्र कम्पनीले उक्त गाडी औपचारिकरूपमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले एक्चेन्ज मेलाको पनि आयोजना गर्न लागेको महाप्रबन्धक नवीन फुँयालले जानकारी दिए । नक्सालको भाटभटेनीस्थित एलएस अटोको शोरुममा गएर कुनै पनि गाडी एक्स्चेन्ज गर्न सकिने उनले बताए । एक्सचेन्ज मेला माघ २४ देखि ३० गतेसम्म आयोजना हुन लागेको हो । उनले भने, ‘यो एक्सचेन्ज मेलामा एलएसका गाडीहरू अन्य कुनै पनि ब्राण्डका गाडीसँग साट्न सकिने छ ।’ कम्पनीले एलईभी जिरो वान क्रसओभर इलेक्ट्रिक एसयूभी गाडी नेपाल ल्याएको छ । जुन गाडी आगामी एक्सचेन्ज मेलामा साट्न सकिने छ । कम्पनीले एलईभी मोडलका अन्य गाडीहरू पनि नेपाल ल्याउने तयारी गरिरहेको छ । एलएस अटोले यो वर्ष थप दुई मोडल एलईभी जिरो थ्री र एलईभी जिरो फाइभ लन्च गर्दैछ । यी कारहरू एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउने जनाइएको छ । एलईभी जिरो थ्री एक प्रिमियम क्रसओभर इलेक्टिक एसयूभी हो भने एलईभी जिरो फाइभ मिडसाइज कम्प्याक्ट एसयूभी हो । एलईभी जिरो वान स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । यसमा ६७ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । गाडीमा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्रीप्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्डबीचको दुरी २२१ एमएमको रहेको छ । चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ । यसले एक पटकको फुल चार्जमा ५४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएकाे छ । एलईभी जिरो वानमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेड स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेटजस्ता फिचर लोडेड रहेकाे छ । सुरक्षाका लागि यो ईभीमा ६ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेका छन् । एलएस अटोको बारेमा विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नलोजीअन्तर्गतको एलएस अटो एक नयाँ न्यू इनर्जी भेहिकल कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा ट्र्याल प्रडक्सन जस्ता सम्पूर्ण काम गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोवाइल ब्राण्डको इभी तयार गरेको हो । कम्पनीको जियाङ्सी प्रोभियन्समा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै फ्याक्ट्री रहेको छ । कम्पनीले युरोपियन बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट बनाउँदैछ । कम्पनीले अहिलेसम्म नेपाल लगायत मोरिसस, टर्की, इजिप्ट, नाइजेरिया कजाकस्थान लगायतका ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छ्रे क्यापिटलले ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बुधबार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसंगको संयुक्त आयोजनामा मनोहरा, काठमाडौंस्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरेको छ । क्यापिटलले स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ ।
चीनद्वारा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’
बेइजिङ । चीनले बुधबार आफ्नो निर्यातमा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ व्यक्त गरेको छ र व्यापारिक मतभेदहरू समाधान गर्न ‘संवाद’ को आह्वान गरेको छ । ‘चीनले कडा असन्तुष्टि र दृढ विरोध व्यक्त गर्दछ’, विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीनले ‘न्यायोचित र पारस्परिक सम्मानजनक संवाद र परामर्श’ को आह्वान गरेको छ ।’ संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापार युद्धमा बेइजिङले मङ्गलबार जवाफी कारबाही गर्दै अमेरिकी कच्चा तेलदेखि कृषि मेशिनरीसम्म सबै वस्तुमा नयाँ भन्सार महसुल लगाएको छ । अमेरिकाले सबै चिनियाँ आयातमा १० प्रतिशतको नयाँ भन्सार महसुल लगाएको थियो । ‘चीनले लिएका कदमहरू आफ्नो वैध अधिकार र हितको रक्षा गर्न आवश्यक छन्’, लिनले भने, ‘व्यापार युद्ध वा भन्सार युद्धमा कोही विजेता हुँदैनन् ।’ ह्वाइट हाउसले उसको भन्सार महसुल चीनलाई घातक फेन्टानिल व्यापार रोक्न थप काम गर्न दबाब दिने लक्ष्य राखेको बताएको छ । अमेरिकी अधिकारीहरूको अनुमान अनुसार फेन्टानिलको सेवनले वर्षमा दशौँ हजार मृत्यु गराउँछ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हाम्रो देशमा घातक फेन्टानिलको स्रोत र वितरण जारी राख्न अनुमति दिनुहुन्न’, ह्वाइट हाउसले भन्यो । बेइजिङले बुधबार आफ्नो शून्य सहिष्णुता औषधि नीतिलाई उद्धृत गर्दै फेन्टानिल महामारीको जिम्मेवारी अस्वीकार गरेको छ । ‘चीनसँग विश्वमै लागूपदार्थ विरुद्धको कडा नीतिहरू मध्ये एक छ’, लिनले भने, ‘फेन्टानिल संयुक्त राज्य अमेरिकाको समस्या हो र यसको मूल कारण संयुक्त राज्य अमेरिका भित्रै छ ।’ रासस