लेमिनारको टायल ‘सेन्टो’ सार्वजनिक
काठमाडौं । लेमिनार टायल्सले फूल–बडी टायल ‘सेन्टो’ संग्रह सार्वजनिक गरेको छ । कम्पनीले यो संग्रहलाई देशकै पहिलो र एकमात्र फूल–बडी टायल संग्रह भनेको छ । लेमिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फूल–बडी टायल संग्रहलाई बजारमा ल्याएको जनाएको छ । फूल–बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टायलको रंग र बनावटमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ । लेमिनार टायलको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टायलको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टायलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् । कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘सेन्टो’ ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टायलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा ‘सेन्टो’ फूल–बडी संग्रहको औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।
बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने
काठमाडौं । आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । ‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ । यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली १० हजार वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् । आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको कम्पनीको दाबी छ ।
नेशनल लाइफले मनायो ३८ औं वार्षिकोत्सव
काठमाडौं । नेशनला लाइफ इन्स्यारेन्स कम्पनीले ३८ औं वार्षिकोत्सव मनाएकाे छ । कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गरे । उनले मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारीरिक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए । बुढानिलकण्ठस्थित होटल लेमन ट्रिमा मनोरञ्जानात्मक प्रस्तुती सहित सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
शिवम् सिमेन्ट अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट भएको छ । फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्लबनेपालद्वारा आयोजित द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक वर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो । उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरी अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
भारतमा बियरबाट परिवर्तन ल्याउँदै महिलाहरू
काठमाडौं । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भट दुई तरिकाले दुर्लभ छिन्, पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा । भट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहेकी छिन, जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् । ३८ वर्षीया भटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य । तिनीहरूले उनीसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त छन् कि छैनन् भन्ने प्रश्न गर्दथे । तर उद्योगमा एक दशकपछि उनी बेगंलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुगेकी छिन् । सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गरेकी छन् । ‘एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ, रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म’, भटले भनिन्, ‘हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो ! हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।’ सरकारी तथ्यांक अनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेगंलुरु लामो समयदेखि प्रसिद्ध छ । यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ । यसले बेगंलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेगंलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् । आधिकारिक तथ्यांक अनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो । तुलनात्मक रूपमा तिनीहरूले बेगंलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठूलो सङ्ख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ । रोल मोडेल तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि छिन । उनी औषधि अनुसन्धानकर्ताका रूपमा काम गर्न बेगंलुरु जाए तर चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित भएको पाइन् । सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उनको बाटोले उहाँलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्यायो । ‘त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईंको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै तपाईंले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ’, उनले भनिन् । चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरिन । यसले सहरका ब्रुपबहरूमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ । ‘म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु’, पाइरेसले भनिन्, ‘उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।’ कटु पुरुष, कटु बियर भट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् । पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ । त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो । ‘यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो’, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भने । भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक थिए । भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ । मदिरापान भारतीयहरूको सानो अल्पसङ्ख्यकमा पनि लिङ्गहरू बीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले ग्रहण गर्छन् । बारहरूमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ । चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्छिन् । ‘यदि महिलाहरूले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्’, उनले हाँसो गर्दै भनिन् । रासस
मौद्रिक नीतिको समीक्षापछि चम्कियो सेयर बजार, १८६ कम्पनीको मूल्य बढ्दा साढे ११ अर्बको कारोबार
काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४६ करोड, सिङगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार सेयर बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेको छ । मौद्रिक नीतिको समीक्षाले सेयर बजारका लागि खासै सन्तोषजनक नीति नल्याए पनि सेयर लगानीकर्ता खुसी हुँदा कारोबार गर्दा रकम बढेको हो । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् असल कर्जाको कर्जा नोक्सानी अनुपातलाई १ प्रतिशत कायम गरेको थियो । यसले बैंकको आम्दानी बढ्ने धेरैको अपेक्षा छ ।
उग्र रुप लिँदै दिपक र कुलमानको विवाद, ‘मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन’
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादले उग्र रुप लिन थालेको छ । मन्त्री खड्काले उनलाई हटाउनका लागि निरन्तर सोधेको स्पष्टीकरण र कुलमानको अटेर तथा स्पष्टीकरणको जवाफमा प्रयोग गरिएको भाषाले दुई व्यक्तिबीचको विवादले उग्र रुप लिएको बुझ्न सकिन्छ । उर्जामन्त्री खड्का अहिले जसरी पनि कुलमानलाई प्राधिकरणबाट हटाउने लयमा छन् भने घिसिङ त्यसको नतिजा कुरिरहेका छन् । अहिले दुवै निकायका प्रमुखबीच भइरहेको विावदले उग्र रुपल लिँदा प्राधिकरणको कामकारवाही पनि प्रभावित भएको बुझिएको छ । निरन्तर स्पष्टीकरण माग गरिरहेका उर्जामन्त्री खड्काले मंगलबार पनि उनीसँग २४ घण्टे स्पष्टीकरण माग गरे । बिहीबार सो स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न नसक्ने बताएका छन् । उनले बिहीबार ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाउँदै मन्त्रालयले आफूलाई बारम्बार स्पष्टीकरण सोधेर कानुन र न्यायको सिद्धान्त विपरित काम गरिरहेको उल्लेख गरेका छन् । उनले आफूलाई मन्त्रालयले नभई मन्त्रिपरिषदले मात्रै स्पष्टीकरण सोध्न सक्ने बताएका हुन् । उनले स्पष्टीकरण दिँदै भनेका छन्, ‘म नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन २०४१ को दफा १७ (१) बमोजिम चार वर्षको निम्ति नियुक्त भएको हुँ , निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानुन व्याख्या सम्बन्धि ऐन २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली २०६४ को नियम २१ र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धको सेवा शर्त तथा सेवा सुविधा व्यहोरा पुनः निवेदन गर्दछु ।’ यस्तै, उनले जवाफमा स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने पनि उल्लेख गरेका छन् । उनले यसअघि दिएका स्पष्टीकरण अस्वीकार गरिनुको ठोस कारण समेत खुलाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘म उपर लगाइएका सबै आरोपहरु मनोगत हुन्, मेरो नियुक्ति पश्चातको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्दछ, तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनि पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकुल छ ।’
नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।