विकासन्युज

भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |

भेट्रान सीईओको अनुभव, आजको काम आजै, तलब २ करोड ८ लाख |

वित्तीय क्षेत्रमा २८ वर्षसम्म सीईओ, पुरानामा भन्दा नयाँ कम्पनीमा फाइदा

वित्तीय क्षेत्रमा २८ वर्षसम्म सीईओ, पुरानामा भन्दा नयाँ कम्पनीमा फाइदा

काठमाडौं महानगरमा तनाव : गुरागाईंलाई प्रवेशमा रोक लगाइएपछि कर्मचारीले फोडे ढोका

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोडेका छन् । महानगर प्रहरीले उनलाई रोकेपछि महानगरका कर्मचारीले तालासहित ढोका पनि फोडेका हुन् ।  महानगर प्रहरीले गुरागाईंलाई गेटमै रोके पनि कर्मचारीले भित्रसम्म पुर्‍याएका छन् । गुरागाईंको स्वागतमा उपमेयर सुनिता डंगोल पनि देखिएकी छन् । बालेनले प्रहरीको साथ लिएर उनलाई रोक्ने प्रयास गरेपनि कर्मचारी मिलेर उनलाई भित्र पुर्याएका हुन् । 

नेपालले जलवायु रणनीति भारत र चीनको नीति अनुसार बनाउनुपर्छ : डा. महेश्वर ढकाल

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले नेपालले जलवायु परिवर्तनसम्बन्धी रणनीति बनाउँदा भारत र चीनको नीति अनुसार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंमा आयोजित यातायात डिकार्बोनाइजेसनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले नेपालको जलवायु नीति दातृ निकायहरूको प्रभावमा बढी महत्वाकांक्षी बनेको टिप्पणी गरे । डा. ढकालका अनुसार भारतले सन् २०७० र चीनले सन् २०६० मा कार्बन न्यूट्रल लक्ष्य लिएको अवस्थामा नेपालले सन् २०४५ को लक्ष्य राख्नु व्यावहारिक नहुने बताए । नेपालको नीति वास्तविक धरातलमा आधारित हुनु आवश्यक छ । उनले एनडिसी (राष्ट्रिय निर्धारित योगदान) का लक्ष्यहरू दातृ निकायहरूको प्रभावमा परेर बढी महत्वाकांक्षी बनाइएको गुनासो गरे । उनका अनुसार, सरकारले धान्न सक्ने र नेपाली समाजले आत्मसात् गर्न सक्ने व्यावहारिक लक्ष्यहरू निर्धारण गर्नुपर्ने आवश्यकता छ । डा. ढकालले इलेक्ट्रिक सवारीमा सहुलियत दिने नीति धनी वर्गलाई मात्र फाइदा पुग्ने गरी अघि बढिरहेको बताउँदै सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राजस्वको वैकल्पिक स्रोत खोजी नगरी हचुवा नीति लिने हो भने विद्युतीय सवारी प्रवर्द्धनको नाममा व्यावहारिक समस्याहरू आउन सक्ने उनको तर्क छ। नेपालको जलवायु रणनीतिलाई छिमेकी मुलुकहरूको रणनीतिसँग समायोजन गर्दै अन्तर्राष्ट्रिय वित्तीय सहयोगको व्यवहारिक दृष्टिकोण राख्नुपर्ने उनको धारणा छ ।  

ट्रम्पको अटो ट्यारिफले ४६० अर्ब डलरभन्दा बढीको अमेरिकी सवारीसाधन र पार्ट्स आयातलाई समेट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत अटो ट्यारिफले वार्षिक रूपमा ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  बुधवारको संघीय रजिस्टर नोटिसमा समावेश गरिएको ट्यारिफ कोडहरूको विश्लेषण गरी ४६० अर्ब डलरभन्दा बढीको सवारीसाधन र अटो पार्ट्स आयातलाई समेट्ने जनाइएको हो ।  गत हप्ता ट्रम्पको अटो ट्यारिफ घोषणा मे ३ देखि लागू हुनेछ । यो बिहीबार मध्यरातमा २५ प्रतिशत ट्यारिफ लागू भएपछि एक महिनापछि लागू हुनेछ । यस सूचीमा इन्जिन, ट्रान्समिसन, लिथियम–आयन ब्याट्री तथा अन्य प्रमुख कम्पोनेन्टहरूसहित टायर, शोक अब्जर्बर, स्पार्क प्लग वायर, ब्रेक होज जस्ता कम महँगा पाट्र्सको ट्यारिफ कोडहरू समावेश छन् । तर सूचीमा अटोमोटिभ कम्प्युटरहरू पनि छन्, जुन चार–अङ्कीय ट्यारिफ कोड अन्तर्गत पर्दछ । जसमा ल्यापटप, डेस्कटप कम्प्युटरहरू र डिस्क ड्राइभहरू समेत समावेश छन् ।  २०२४ मा यस श्रेणीको आयात १३८.५ अर्ब डलर रहेको अमेरिकी जनगणना ब्युरोको तथ्याङ्कले देखाएको छ । यो श्रेणीबाहेक अमेरिकी सवारीसाधन र पाट्र्स आयातको कुल मूल्य ४५९.६ अर्ब डलर रहेको छ । आधुनिक कार र ट्रक, विशेष गरी विद्युतीय सवारीसाधनहरूका लागि आवश्यक कम्प्युटरहरूको सटीक मूल्य तत्काल स्पष्ट छैन किनभने अटोमोटिभ कम्प्युटरहरूको लागि कुनै अलग ट्यारिफ कोड छैन । पाट्र्ससूची साथै मे ३ बाट लागू हुने यी ट्यारिफहरूको समयसीमा ट्रम्पले सबै अमेरिकी आयातका लागि १० प्रतिशत आधारभूत ट्यारिफ घोषणा गर्नुअघि खुलासा गरिएको थियो । धेरै देशहरूलाई उच्च पारस्परिक ट्यारिफ लगाइएको थियो, जुन गैर–ट्यारिफ व्यापार अवरोधहरू प्रतिकार गर्न डिजाइन गरिएको थियो । वरिष्ठ ट्रम्प प्रशासन अधिकारीहरूका अनुसार सेक्शन २३२ राष्ट्रिय सुरक्षा ट्यारिफ अन्तर्गत पर्ने सवारीसाधन र अटो पाट्र्सहरूलाई छुट्टै आधारभूत वा पारस्परिक ट्यारिफ लगाइने छैन । अटो ट्यारिफहरू नयाँ पारस्परिक ट्यारिफहरूसँग थपिने छैनन्, जुन अप्रिल ५ देखि सुरु हुँदैछ । अझै बढी पाट्र्सहरू ट्यारिफ सूचीमा थपिन सक्ने सम्भावना छ, किनभने ह्वाइट हाउसले वाणिज्य विभागलाई ९० दिनभित्र घरेलु उत्पादकहरूलाई अन्य पार्ट्स आयातलाई निशाना बनाउन अनुरोध गर्ने प्रक्रिया स्थापना गर्न निर्देशन दिएको छ । नोटिसमा भनिएको छ कि यदि कुनै सवारीसाधन अमेरिकी–मेक्सिको–क्यानडा सम्झौताका उत्पत्तिको नियमअन्तर्गत योग्य हुन्छ भने आयातकर्ताहरूले आदेशको गैर–अमेरिकी सामग्रीमा मात्र २५ प्रतिशत शुल्क तिर्नुपर्नेछ ।

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् । सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् । सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।

सिटिजन्स बैंकले बेबी लाइफ होमलाई दियो २ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, र शिक्षामा सहयोग गर्दै आएको 'बेबी लाइफ होम' लाई आर्थिक सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औं वार्षिक उत्सव (आगामी वैशाख ७ गते) को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन् । बिपन्न समुदायका बालबालिकालाई आधारभूत शिक्षा, स्वास्थ्य, र आश्रय प्रदान गर्ने यो संस्थाले ठूलो चुनौतीको सामना गरिरहेको हुँदा बैंकको यो सहयोगले संस्थाको संचालनमा सहजता ल्याउने विश्वास गरिएको छ । बैंकका प्रतिनिधिहरूले एक समारोहकाबीच संस्थाका संचालक राज कुमार पुनलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । संस्थाले यो रकम बालबालिकाको खानपान, शिक्षा, र स्वास्थ्य उपचारमा खर्च गर्ने जानकारी दिएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक कार्य गर्ने संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार ३ सय

  काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।  आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।  आजभन्दा अगाडिको उच्च मूल्य चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।