सरकारले धौवादी फलाम कम्पनीको सेयर निजी क्षेत्रलाई बिक्री गर्ने
काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीमा निजी क्षेत्रलाई भित्र्याउने भएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै सो फलाम कम्पनीमा निजी क्षेत्रलाई ल्याएर सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् । उनले फलाम तथा खनिज पदार्थको उत्खनन्मा नयाँ प्रविधिको प्रयोग गरने बताएका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो ६ लागू गर्ने
काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो ६ मापदण्ड लागू गर्नुपर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यस्तै, उनले कार्वन व्यापार रणनीति तर्जुमा गरिने बताए । सन् २०४५ सम्ममा खुद शून्य कार्वन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धात पूरा गर्न दीर्घकालिन रणनीति तयार गरिने उनको भनाइ छ ।
आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार सरकारको तर्फबाट संसद भवनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्युनतम प्रतिवद्धता र प्राथमिकतालाई केन्द्रमा राखि साझा संकल्पका साथ सुशासन, प्रवर्द्धन गर्न र तिब्र आर्थिक विकास हाँसिल गर्न कटिवद्ध रहेको बताए । समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याइ अराजकता सिर्जना गर्ने पक्षबिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका पलब्धिहरुको रक्षा गर्न सरकार दृढ रहेको बताए । राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरुप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा गर्न नेपाल सरकारले जोड दिएको जानकारी दिए ।
सहमतिको आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने
काठमाडौं । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रवार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका बिरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी, पुनःउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने बताए । संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने बताए । राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने पनि उनले बताए ।
नदीबाट निर्वाद रुपमा गिट्टी बालुवा निकाल्न दिइने
काठमाडौं । सरकारले विभिन्न नदिबाट निर्वाद् रुपमा गिट्टी बालुवा निकाल्न दिने बताएको छ । राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । उनले पूर्वाधार निर्माणमा स्रोत अभाव हुन नदिन यस्तो गरिने बताएका हुन् ।
संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने भएको छ । संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले विकास कार्यक्रममा संघ र प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने नीति तथा कार्यक्रममार्फत प्रस्तुत गरेका हुन् । त्यस्तै, उनले संविधानमा उल्लेखित संघ, प्रदेश स्थानीय तहका साझा अधिकार, सूचीका विषय विकास कार्यक्रमहरू समन्वयात्मक रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।
पुँजी बजारको क्षमता एवं पारदर्शीता वृद्धि गर्न स्टक एक्सचेञ्जको पुनर्संरचना
काठमाडौं । डिजिटल बैंक स्थापना गरिने भएको छ । पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिने बताए । साथै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने उनको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा रहेको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ । दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिलाई लागू गरिनेछ । उनले धितोपत्र बोर्ड सुदृढिकरण तथा स्टक एक्सचेञ्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शीता वृद्धि गरिने बताए । सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिट अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । साथै नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । यसैगरी, सन् २०३० भित्र दिगो लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने पनि जनाइएको छ ।