हुवावे-सेरेसको एइटो एम८ चर्चामा, सार्वजनिक हुनुअघि नै १ लाख अर्डर
काठमाडौं । हुवावे र सेरेसको सहकार्यमा निर्माण गरिएको ठूलो आकारको क्रसओभर गाडी एइटो एम८ चीनमा सार्वजनिक हुनुअघि नै १ लाख अर्डर प्राप्त गर्दै चर्चाको शिखरमा पुगेको छ । मार्च ६ मा प्रि-सेल सुरु भएको यो गाडीको मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन सम्म रहेको छ । कम्पनीका अनुसार प्रि-सेल सुरु भएको पहिलो घण्टामै ७,५०० अर्डर प्राप्त भएका थिए । एइटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्यमा तयार गरिएको हो । सेरेसले च्यासिस डिजाइन तथा उत्पादनको जिम्मा लिएको छ भने हुवावेले प्रविधि, मुख्य कम्पोनेन्ट आपूर्ति र बिक्रीमा ध्यान केन्द्रित गरेको छ । फ्ल्यागशिप मोडेल एइटो एम९सँग मिल्दोजुल्दो एइटो एम८ एसयुभी ५१९० मिमि लामो, १९९९ मिमि चौडाइ, १७९५ मिमि उचाइ र ३१०५ मिमि ह्विलबेस सहित प्रस्तुत भएको छ। यसमा लीडर सेन्सर, एलईडी हेडलाइट, २१ इन्चका मल्टी स्पोक रिम, रिट्रयाक्टेबल डोर ह्यान्डल, तथा टिन्टेड रियर विन्डोज जस्ता अत्याधुनिक सुविधाहरू छन् । २०२४ मा एइटो ब्रान्डका अन्य तीन मोडेल - एम५, एम७ र एम९ - को कूल बिक्री ३८५,९०४ युनिट पुगेको थियो । अब एइटो एम८ चौथो मोडेलका रूपमा चिनियाँ बजारमा छिट्टै प्रवेश गर्दैछ ।
बुद्धजयन्तीमा स्वयम्भूनाथ क्षेत्रमा श्रद्धालुहरूको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि खुला
काठमाडौं । साेमबार दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ । स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।
२० करोड नाफा गरेको प्रभु इन्स्योरेन्सका यस्ता छन् अन्य सूचक
काठमाडौं । प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.८४ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीले कुल बीमा शुल्क १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १६ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ७२ करोड ६१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ करोड १३ हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५३ करोड ३७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९३ रुपैयाँबाट घटेर १८.५३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९ गुणा रहेको छ ।
१६.२१ प्रतिशत बढ्यो सानिमा जीआईसीको नाफा, १.६८ अर्ब रुपैयाँ संकलन गर्याे बीमा शुल्क
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १० प्रतिशत बढेर १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी २७ करोड ७४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब २ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६९ करोड २८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६६ करोड ६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ७० करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.४० रुपैयाँबाट बढेर १५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.५४ गुणा रहेको छ ।
एनएलजी इन्स्योरेन्सको बीमा शुल्क ७.६९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । एनएलजी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ९.७८ प्रतिशत घटेर १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १३ करोड ६७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ७.६९ प्रतिशत बढेर १ अर्ब ८७ करोड ६३ लाख आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४४ करोड ६४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ९३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ४ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८६ करोड ६५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा ७१ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.४९ रुपैयाँबाट घटेर ६.५७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३४.६४ गुणा रहेको छ ।
सगरमाथा लुम्बिनीको दाबी भुक्तानी ५५.४९ प्रतिशत बढ्यो, नाफा २५.१९ रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४७ प्रतिशत घटेर २५ करोड १९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.७३ प्रतिशत घटेर २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.४९ प्रतिशत बढेर १ अर्ब १४ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले २ अर्ब ९ करोड १३ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३८ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड २२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार प्रतिशत बढेर ८ अर्ब १७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ६१ करोड २२ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.१७ रुपैयाँबाट घटेर १२.८१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४८.८२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.९८ गुणा रहेको छ ।
एशियन लाइफको नाफा ५९.५१ प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार ४५.२३ अर्ब रुपैयाँ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५९.५१ प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १२.२२ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ११.२१ प्रतिशत बढेर ४५ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४० अर्ब ७६ करोड ४४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३ रुपैयाँबाट बढेर १३.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.४५ गुणा रहेको छ ।
२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।