विकासन्युज

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एण्ड स्पामा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका प्लेटिनम डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पामा सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यो सहकार्यले ग्राहकहरूलाई सेवा शुल्कमा राहत दिने मात्र होइन, नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । बैंकले यस्तो किसिमको सहकार्य डिजिटल बैंकिङको प्रवर्द्धन, ग्राहक सुविधा विस्तार र डिजिटल कारोबारको संस्कृति निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।

मीनबहादुर गुरुङले गरे आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद, भाटभटेनी सञ्चालनको तयारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले काठमाडौंको नयाँ बानेश्वरस्थित आइप्लेक्स मलको ५१ प्रतिशत सेयर खरिद गरेका छन् । २०७६ सालदेखि सञ्चालनमा रहेको मलको बहुमत सेयर आपसी समझदारीमा खरिद भएको भाटभटेनीले जनाएको छ । हाल खरिद मूल्य सार्वजनिक नगरिए पनि छिट्टै मूल्य खुलासा गर्ने तयारीमा भईरहेको भाटभटेनीका एक कर्मचारीले जानकारी दिए । कर्मचारीका अनुसार सेयर खरिदसँगै आवश्यक प्रक्रियाहरू अघि बढाइ सकिएको छ ।  कर्मचारीले भने, ‘आइप्लेक्स मलको केही भागमा भाटभटेनी सुपरमार्केट सञ्चालन गर्ने प्रोसेसमा भाटभटेनी छ । तर मल हाल पूर्ण रूपमा भाडामा रहेकाले तत्कालै सुपरमार्केट सुरु गर्न समय लाग्ने देखिन्छ । गुरुङको सोच भाटभटेनी राख्ने नै हो, तर टुंगो लागेको छैन ।’ नयाँ बानेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्र आसपास हालसम्म भाटभटेनी सञ्चालनमा छैन । सोही क्षेत्रका लागि ठाउँ खोजिरहेको अवस्थामा आइप्लेक्स मल बिक्रीमा आएको र त्यसपछि सेयर खरिदको निर्णय भएको बताइएको छ ।  हालसम्म आइप्लेक्स मलमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू सञ्चालनमा छन् भने अत्याधुनिक सुविधासहितका दुई सिनेमा हल समेत रहेको यो मल करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।  कोभिड र पछिल्लो आर्थिक मन्दीका कारण मलको व्यापार कमजोर हुँदै गएको छ। यस्ता परिस्थितिमा भाटभटेनी ग्रुपको प्रवेशले मलको पुनरुत्थान हुने अपेक्षा गरिएको छ। गुरुङले पछिल्लो समय तिनकुनेमा निर्माणाधीन एक अस्पतालको सेयर खरिद गरिसकेका छन् भने दरबारमार्गमा पाँचतारे होटल, चितवनमा कोल्डस्टोर, काठमाडौंको चुच्चेपाटीमा अपार्टमेन्ट निर्माणका साथै विराटनगरमा होटल खरिद गरिसकेका छन् ।  

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे । 'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।' सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।' डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ। रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफू विरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए । ‘सबैभन्दा पहिलो जसरी यो विषय मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हो, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा निवेदन गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने ।  गृहमन्त्री लेखकले आफू विरुद्ध नियोजित र षड्यन्त्र पूर्वक ढंगले आक्रमण गरिएको यो आक्रमण राजनीतिक पुर्वग्राहले प्रेरित भएको र यो क्रम जारी भएको बताए ।‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्र पूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’ उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणको लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल निकाय अख्तियार दुरुपयोग गर्ने कुनै पनि कारबाहीलाई खुला मुखले स्वागत गर्ने बताएका छन् ।

जेठ १८ गतेदेखि अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम गर्न बैंकहरूलाई निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम कायम राख्नुपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई जेठ १८ गतेदेखि अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत कायम गर्न निर्देशन दिएको हो ।  ‘बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दात बापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम् ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा यस बैंकमा राख्नु पर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।  यसअघि अनिवार्य नगद मौज्दातको न्यूनतम् ७० प्रतिशत कायम गरे हुन्थ्यो ।  यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार १ सय प्रतिशत कायम राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था थियो । 

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट, डिजिटल कारोबारलाई प्रोत्साहन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले गोल्डेन हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ । साथै, नगद कारोबारलाई घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो सहकार्य उपयोगी हुने बैंकको भनाइ छ । सिटिजन्स बैंकले समय–समयमा ग्राहकलाई लक्षित गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट र सुविधाहरू दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । बैंकले डिजिटल बैंकिङ सेवा विस्तारमार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा सहज पहुँचको वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ ।

सानिमा रिलायन्स धन सञ्चय जीवन बिमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

जीवनमा आइपर्न  सक्ने  जोखिमहरू जस्तै  रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित  तयारी गर्नुपर्ने हुन्छ । आफू रहँदा आफूलाई र आफू नरहँदा परिवारलाई  पनि हुने गरेर तयारी गर्नु उतम रहन्छ । यस्तो अवस्थाको लागि तयार रहन, सानिमा रिलायन्स लाईफ इन्सोरेन्सले धन सञ्चय जीवन बिमा योजना  ल्याएको छ । जसबाट तपाइले बचतका साथै अन्य थुप्रै  सुविधाहरू पाउन सक्नुहुन्छ । यस  बीमा  योजनबाट आफूले सक्रिय आम्दानी गर्न नसक्ने समयमा समेत आर्थिक सुरक्षा पाउन सकिनेछ । आफूले अनुशासित रुपमा बचत गरेको रकम केही वर्ष पछि बोनस सहित फिर्ता पाउन सकिनेछ। साथै आफ्नो जीवन काल पश्चात पनि परिवारले बिमांक रकम यस योजना अन्तर्गत पाउन सक्नेछन् ।   यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ३ किसिमका थप सुविधा प्राप्त गर्न सक्छन्। जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता  र बीमा शुल्क छुट सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले  एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ ।  साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी अशक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ ।  बीमितले ५, १०, १५, २०, २५ र ३० वर्ष अवधिको बीमा छनोट  गर्न सक्नेछन् । भुक्तानी अवधि भने आफ्नो अनुकुलता अनुसार  ५, १०, १५, २० र २५ वर्षको रोज्न सक्नेछन् ।  सबै खाले बीमा अवधिमा एकमुष्ट बीमा शुल्क भुक्तानीको सुविधा समेत समावेस गरिएको छ  । योजनामा सहभागी हुनको लागि बीमितको प्रवेश उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । न्यूनतम ५० हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। । यो जीवन बीमालेख किन खरिद गर्ने ? यो बीमालेख अन्तर्गत बीमितले बिमा समाप्ति मिती र बीमितको उमेर १०० वर्ष पुग्दा दुई पटक रकम भुक्तानी पाउँछन् । सावधिक र आजीवन बीमाको सुविधा समावेश गरिएको यो जीवन बीमाले बीमितलाई आजीवन आर्थिक सुरक्षा र बचतको प्रत्याभूति प्रदान गर्दछ । सक्रिय जीवन यापनको निश्चित उमेर पछि जीवनको उत्तरार्धमा  नियमित आम्दानी समेत नहुने समयका लागि आर्थिक सुरक्षाको बाटो अवलम्बन गरेर सार्थक जीवन जिउनका लागि यो जीवन बिमा महत्त्वपूर्ण छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ । यो बीमालेख खरिद गर्ने उचित समय कुन हो ? आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने यस बीमालेखमा बिमीतले  दुई पटक सम्म रकम भुक्तानी  पाउने हुँदा आफ्नो आर्थिक योजना बमोजिम पहिलो भुक्तानी जीवनको सक्रिय अवस्थामा र दोस्रो भुक्तानी जीवनको उत्तरार्धमा पाउने गरी बिमा आरम्भ गर्नुपर्छ । बिमा आरम्भ तपाईँको नियमित आम्दानीको सुरुवात सँगै गर्नु पर्दछ । यदि तपाईँले आज भन्दा पहिले बिमा गर्नु भएको छैन वा यस खालको बिमा गर्नु भएको छैन भने पनि धन सञ्चय जीवन बिमा आजै गर्नु उचित हुन्छ । सानिमा रिलायन्स जीवन बिमा नै किन ? सानिमा रिलायन्सले नेपाल मै उत्कृष्ट जीवन बिमाहरू प्रदान गर्दछ । नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरु पस्कन कम्पनी सफल र सक्षम रहेको छ ।  आर्थिक रूपमा सुदृढ र सम्पन्न तथा सामाजिक हिसाबले  प्रतिष्ठित घरानाबाट प्रवर्धित यस कम्पनीको वित्तीय अवस्था सबल हुनुका साथ पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहरेकाले तपाइको बिमा लेख हरेक  प्रकारले सुरक्षित रहेको छ । बिमा अवधिको समाप्तिमा बिमा रकम तथा नियमानुसार आर्जित बोनस रकम तथा सो पश्चात् बीमालेखको सर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिले मृत्यु भएमा बिमा रकम बीमितको कानुनी हकवालालाई भुक्तानी गरिन्छ । यसरी यो बिमा अवधि समाप्ति पश्चात् पनि चलिरहन्छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।