विकासन्युज

खर्च गर्न नसक्दै बजेट बढाउने तयारी, १९ खर्बको नयाँ बजेट ल्याउने तयारीमा सरकार

काठमाडौं । आगामी आर्थिक वर्षका लागि जेठ १५ मा सरकारले चालु वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । आगामी वर्षका लागि चालु वर्षको भन्दा आकार बढाएर बजेट सार्वजनिक गर्न लागेको सरकारले अहिले भने पोहोरको वर्षमा जति पनि बजेट खर्च गर्न सकेको छैन ।  महालेखा नियन्त्रक कार्यलयकाअनुसार गत वर्ष १८ खर्ब ६० अर्बको बजेट ल्याइएकोमा नयाँ बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात आजसम्म सरकारले १२ खर्ब २१ अर्बको बजेट खर्चेको छ । नेपालमा पहिलो बजेट वि.सं. २००८ माघ २१ गते तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको पालामा अर्थमन्त्री सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख २९ हजार रहेको थियो । पछिल्ला वर्षहरूमा हेर्दा जहिल्यै बजेटको आकार बढाउने तर खर्च गर्न सरकार चुक्दै आएको छ । पछिल्ला दश वर्षलाई हेर्ने हो भने सरकारले ठूलो बजेट ल्याउने होड चल्ने गरेपनि खर्च अपेक्षित रुपमा हुन नसकेको प्रष्ट पार्छ । अर्थ मन्त्रालयकै तथ्यांकहरु हेर्दा आर्थिक २०७२/७३ मा ८ खर्ब १९ अर्बको बजेट ल्याइएकोमा ६ खर्ब १ अर्ब मात्रै खर्च भएको थियो । बजेटको आकार बढाएर २०७३/७४ मा तत्कालिन सरकारले १० खर्ब ४८ अर्बको बजेट ल्याएपनि जम्मा ८ खर्ब ३१ अर्ब मात्रै खर्च भएको थियो । २०७४/७५ मा हेदा  बजेटको आकार १२ खर्ब ७८ अर्ब पुगेको देखिन्छ । खर्च भने सो वर्षमा १० खर्ब ८४ अर्ब मात्रै भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा बजेटको आकार १३ खर्ब १५ अर्ब पुगेको थियो । सो वर्षमा ११ खर्ब १० अर्ब खर्च भएको थियो भने २०७६/७७ तत्कालिन सरकारले १५ खर्ब ३२ अर्बको ठूलो आकारको बजेट ल्यायो । तर सो वर्षमा त्यसअघिको वर्षमा भन्दा पनि कमजोर अर्थात १० खर्ब ९१ अर्व मात्रै बजेट खर्च भएको थियो ।  आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा १४ खर्ब ७४ अर्बको बजेट ल्याइएको थियो । सोही वर्ष ११ खर्ब ९६ अर्ब मात्रै खर्च भयो । २०७८/७९ मा १६ खर्ब ३२ बजेट ल्याइएपनि १३ खर्ब १० मात्रै बजेट खर्च भएको थियो । त्यस्तै,  २०७९/८० मा बजेटको आकार १७ खर्ब ९३ अर्ब पुग्यो तर सो वर्षमा १४ खर्ब २१ अर्ब बजेट खर्च भएको तथ्यांकले देखाउछ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बजेटको आकार केही कम गरेर १७ खर्ब ५१ अर्बको बजेट ल्याइएकोमा १४ खर्ब ८ अर्ब बजेट खर्च भएको थियो ।  चालु आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्बको बजेट तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएकोमा अघिल्लो आर्थिक वर्षको भन्दा पनि कम बजेट खर्च भएको छ । जसले बजेट निर्माण गर्ने अधिकारीहरूको क्षमतामाथि पनि गम्भीर प्रश्न उठाएको छ । अहिले सम्म चालु आर्थिक वर्षको बजेट १२ खर्ब २१ अर्ब मात्रै कार्यान्वयन भएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको जति पनि बजेट खर्च नगरेको सरकारले आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले दिएको १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । वैदेशिक सहयोगमा संकुचन, राजश्व समेत खुम्चिरहेकै बेला सरकारले ठूलो आकारको बजेट ल्याउन भन्दा पनि कार्यान्वयनमुखी बजेट ल्याउनुपर्नेमा विज्ञ तथा निजी क्षेत्रले बताउँदै आएका छन् ।   नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेटमा सुझाव दिएको सुझावमा पनि हचुवाको भरमा आकार नबढाउन भनेको छ । महासंघले दिएको सुझाव अनुसार अबको कम्तीमा दुई बर्ष बजेटको आकार तय गर्दा राजश्वको वृद्धिदर जति नै बजेटको आकार वृद्धि गर्नुपर्छ ।   यस्तो बेलामा सरकारले बढिभन्दा बढि खर्च गर्नुपर्ने केही अर्थशास्त्रीहरूको भनाइ छ । तर सन १९७० को दशकताका सरकारले दैनिक खर्च सञ्चालन कम गर्ने, निजी क्षेत्र र सर्वसाधारणलाई करको दर कम गरी उत्पादन र उपभोग बढाउने विषय पनि प्रमुखताका साथ आएको देखिन्छ । त्यसैले तत्काल सुधारका लागि पूँजीगत खर्च बढाउने र उपभोग बढाउने नीति लिनुपर्छ । ऋण लिएर साधारण खर्च धेरै गर्नु उपयुक्त हुँदैन ।  त्यसो त, आगामी बर्षको बजेट ल्याउने अघिल्ला दिनसम्म संसदमा अवरोध छ । भोलि नै बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक बाध्यता छ । संसद खुल्ने, नखुल्ने अझै निर्क्यौल भएको छैन । खासगरी प्रमुख प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेको छ । जसकारण बजेट अधिवेशन नै प्रभावित भइरहेको छ । संसद् अवरुद्ध भएकै कारण सरकारले आर्थिक सर्वेक्षण समेत ल्याउन सकेको छैन । 

राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा  निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ ।  सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।   

सेयर बजारमा १४८ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३२३ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ६० करोड, युनिभर्सल पावरको ५१ करोड, बुटवल पावर कम्पनीको ३५ करोड र कुमारी बैंकको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

मझगाउँ विमानस्थलको निर्माण तीव्र, ८५ प्रतिशत धावनमार्गको कालोपत्र सकियो

महेन्द्रनगर । महेन्द्रनगरस्थित निमार्णधिन मझगाउँ विमानस्थलको एक हजार ३०० मिटर धावनमार्ग कालोपत्र गरिएको छ । विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्गमध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्तीमा ढिलाइ भएपछि निर्माण कम्पनीले एक हजार ३०० मिटर मात्रै कालोपत्र गरेको हो । अहिले विमानस्थललाई सेनाले प्रयोग गरिरहेको जग्गा प्राप्त भएपछि बाँकि रहेको धावनमार्ग निमार्णको काम सुरु तयारी गरिएको छ । 'धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौँ ।' विमानस्थल आयोजना प्रमुख ओझाले भने, 'अब जग्गा प्राप्तीमा कुनै विवाद छैन केही दिनमा काम सुरु हुन्छ ।' उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको बताए । विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए । मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहने छ । विमानस्थल निमार्ण सम्पन्न भएपछि पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन् । विमानस्थल सञ्चालनमा आएपछि भारतको उत्तराखण्ड/उत्तरप्रदेशको ठुलो जनसङ्ख्यालाई यहाँबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बीनी र पोखराको पर्यटकिय क्षेत्रसम्म लैजान सकिने सम्भावना छ । यहाँका पूर्व सांसद डा दीपकप्रकाश भट्टले भने, 'पर्यटन क्षेत्रबाट रोजगारीका सम्भावना बढ्दै गएका छन् विमानस्थलले कञ्चनपुरको विकासमा महत्वपूर्ण टेवा पुगाउँछ ।' उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले विमानस्थल सञ्चालनमा आउन जरुरी रहेको बताए । विमानस्थल सञ्चालनमा आए पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । अहिले यहाँबाट आउने पर्यटक सडक मार्ग हुँदै काठमाडौँ, पोखरालगायतका पर्यटकिय गन्तव्यमा जाने गरेका छन् । 'यहाँ धेरै ठाउँमा विमानस्थल बनेर पनि सञ्चालनमा आउन सकेका छैनन ।' यहाँका स्थानीयवासी गणेश जोशीले भने, 'विमानस्थ लबनेर मात्रै हुँदैन विमानस्थलमा विमान सञ्चालनहुने कुरामा पनि सुनिश्चितता हुनुपर्छ ।' उनले कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निमार्ण भइसकेको र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण सुरु भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको बताए । विसं २०३४ सालदेखी २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द विमानस्थल पुनःसञ्चालनका लागि तीन वर्षमा काम सक्ने गरी २०७८ मा निर्माण कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त समयावधि गत वर्ष माघ १० उक्त समय सकिएपछि एक वर्ष म्याद थप गरिएको छ । रासस

बिजुली छैन भनेर झुटो गुनासो गर्ने धरानका युवकमाथि अनुसन्धान

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेका छन् । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेतसहितको टोलीले आइतबार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्वपूर्ण जानकारी संकलन गरेको छ । टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रीड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ । अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत अवरुद्ध नभएको पुष्टि भयो । थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुस्ख दिने नियतले अपमानजनक र उछ्रीनखल शैलीमा भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्महरूमा राखिदिने धमकिपूर्ण शब्द प्रयोग गरेको खुलेको छ । ऊर्जा मन्त्रीका स्वकीय सचिव भूपाल मान बस्नेतका अनुसार ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ । उनले झुटा जानकारीमार्फत नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो । अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ । केही दिन अघि मात्रै ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिएका थिए । उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ। ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिंदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।  

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध कायमै

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बुधबार पनि संसद अवरोध कायमै राखेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले अवरुद्ध कायम राखेका हुन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणको अनुसन्धा गरिरहे पनि विपक्षी दलले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्  । सभामुख देवराज घिमिरेले संसद अवरुद्ध नगरी दलगत रुपमा आफ्ना धारणाहरु राख्न आग्रह गरे । तर प्रतिपक्षी दलहरुको निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । 

ट्रम्पको पुटिनलाई चेतावनी : यदि म हुँदैनथें भने रूसमा धेरै नराम्रा कुरा हुन्थे

काठमाडौं । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन् । ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ । हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ । 'भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !', ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने । ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पारेनन् ।  तर वाल स्ट्रिट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यो हप्ता नै नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहेको बताएका छन् । ट्रम्पले आइतबार पत्रकारहरूलाई ‘पूर्ण रूपमा’ यस्तो कदम तौलिरहेको बताए । ह्वाइट हाउसले ट्रम्पले ‘सबै विकल्प’ खुला राखेको बताएको छ । 'यो युद्ध जो बाइडेनको गल्ती हो र राष्ट्रपति ट्रम्प वार्ताको शान्ति सम्झौता हेर्न चाहेकामा स्पष्ट हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले बुद्धिमानीपूर्वक सबै विकल्पहरू टेबलमा राख्नुभएको छ', प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने । ट्रम्पका डेमोक्रेटिक पूर्ववर्ती बाइडेनले रुसको आक्रमणपछि व्यापक प्रतिबन्धहरू लगाएका थिए । ट्रम्पले अहिलेसम्म रुसी बैंकहरूमाथि आफूले भनेअनुसार ‘विनाशकारी’ प्रतिबन्ध लगाउनसक्ने कुरालाई बेवास्ता गरेका छन् । तर ट्रम्पका हालका फटकारहरूले पुटिनप्रतिको उनको पहिलेको मनोवृत्तिबाट तीव्र परिवर्तन देखाएको छ । ट्रम्प प्राय पुटिनका बारेमा प्रशंसाका साथ बोल्छन् । आफूले २४ घण्टाभित्र समाधान गर्न सक्छु भनेको युद्ध अन्त्य गर्न असफल भएकोमा उनको निराशा सप्ताहन्तमा रुसको ड्रोन आक्रमणले कम्तीमा १३ जनाको ज्यान लिएपछि फुटेको थियो । 'मेरो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैँ राम्रो सम्बन्ध रहेको छ तर उहाँमा केही भएको छ । उहाँ पूर्ण रूपमा पागल हुनुभएको छ !', ट्रम्पले पोस्ट गरे । पुटिन तुरुन्तै वार्ता सुरु गर्न सहमत भएको भन्दै ट्रम्पले आठ दिनअघि फोन गरे पनि रुसले आक्रमण जारी राखेको छ । मस्कोले मङ्गलबार ट्रम्पको टिप्पणीमा प्रतिक्रिया दिएन, तर यसले पहिले गतिरोधका लागि युक्रेनलाई दोष दिन खोज्यो । 'किएभले केही युरोपेली देशको समर्थनमा रुसले सुरु गरेको वार्तालाई विफल पार्न शृङ्खलाबद्ध उत्तेजक कदम चालेको छ', रूसी रक्षा मन्त्रालयले भन्यो । युक्रेनी ड्रोन हमलामा महिला र बालबालिका सहित नागरिकहरू घाइते भएका छन् । रूसी हवाई सुरक्षाले मे २० देखि २७ को बीचमा दुई हजार तीन सय ३१ युक्रेनी ड्रोन नष्ट गरेको छ । बुधबार राति पनि नयाँ ड्रोन आक्रमणहरू रिपोर्ट गरिएको थियो । रुसी अधिकारीहरूले करिब एक सय ५० युक्रेनी ड्रोनहरू रोकेका थिए । तीमध्ये ३३ मस्कोतर्फ जाँदै थिए ।  युक्रेनले नागरिकहरूलाई लक्षित गर्ने रुस नै भएको बताएको छ ।  'हामीले यो अनन्त प्रतीक्षा अन्त्य गर्नुपर्छ - रुसलाई थप प्रतिबन्धहरू चाहिन्छ', युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले मङ्गलबार टेलिग्राममा भने । अमेरिकी सांसदहरूले ट्रम्पलाई रुसमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । वरिष्ठ रिपब्लिकन सिनेटर चक ग्रास्लीले पुटिनलाई ‘खेल समाप्त’ भएको जानकारी गराउन कडा उपायहरू अपनाउन आह्वान गरे । अन्य दुई सिनेटर रिपब्लिकन लिन्डसे ग्राहम र डेमोक्रेट रिचर्ड ब्लुमेन्थलले पनि रूसी तेल, ग्यास र कच्चा माल खरिद गर्ने देशहरूमा भारी ‘द्वितीयक’ प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । ट्रम्पका युक्रेन दूत किथ केलोगले फक्स न्युजलाई भने, 'रुस र युक्रेनबीचको अर्को शान्ति वार्ता, यदि हुन्छ भने, सम्भवतः जेनेभामा हुनेछ किनभने मस्कोले भ्याटिकनलाई स्थानका रूपमा अस्वीकार गरेको छ ।' त्यसपछिको लक्ष्य ट्रम्प, पुटिन र जेलेन्स्कीलाई सँगै ल्याएर ‘यो कुरालाई समाधान गर्ने’ हुने उनले बताए । स्विस सरकारले वार्ताको आयोजना गर्ने पुष्टि गरेको छैन । 'स्विट्जरल्यान्ड आफ्नो राम्रो कार्यालयहरू प्रस्ताव गर्न तयार छ', विदेश मन्त्रालयले भने, 'यो सबै पक्षहरूसँग सम्पर्कमा छ ।' रुस र युक्रेनले मे महिनाको सुरुमा इस्तानबुलमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता गरेका थिए । रासस

महिन्द्र, बीवाइडी र एमजीका नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा, मोबिलिटी एक्स्पोमा टेस्ट ड्राइभको मौका

काठमाडौं । महिन्द्र, बीवाइडी र एमजीले नयाँ ब्राण्डका गाडी नेपाल ल्याएका छन् । यी तीन ब्राण्डका ४ वटा नयाँ मोडेलका गाडीहरू केही दिन अगाडी नेपाली बजारमा आएका हुन् । नयाँ मोडेलका गाडी साउनको २१ देखि सुरु हुने एक्स्पोमा राखिने बताइएको छ ।  चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा ल्याएको छ । उक्त मोडेल नाइमा मोबिलिटी एक्स्पोमा राखिनेछ ।  यसैगरी मोबिलिटी एक्स्पोमा महिन्द्राको आधिकारिक बिक्रेता अग्रि इन्कर्पोरेटले महिन्द्राको बीई ६ र एक्सयुभी ९ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको कम्पनीले जनाएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको समेत कम्पनीको भनाइ छ ।  दुवै गाडीमा ९९ किलोवाटको मोटर रहेको छ भने एक्स एभी ९ इको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ । कम्पनीले दुवै एसयुभीमा ५९ किलोवाट तथा ७९ ब्याट्री व्याक उपलब्ध गराएको छ ।  यसैगरी एमजीको विन्डसर विद्युतीय कार (इभी) पनि नेपाली बजारमा आएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही साता नेपाल भित्रिएको र सरकारले बजेट ल्याएपछि बिक्री थाल्ने जनाएको छ ।  भारतमा उत्पादन भएको उक्त लग्जरी मोडलको इभी एक्साइट, एक्सक्युलुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । यी नयाँ विद्युतीय कार इभी मा ३८ किलोवाट आवर युनिटको ब्याट्री प्याक जडान गरिएको छ । जसले एक पटको फुल चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ । एक सय किलोवाट मोटर जडान गरिएको गाडीले १३४ बीएचपी र २ सय एनएम टर्कजनेरेट गर्ने कम्पनीले जनाएको छ ।