विकासन्युज

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार बिरुवा वृक्षरोपण गरिँदै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ ।  जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो । कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ ।  मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २ लाख २ हजार १३.४२ टन सीओटू बराबर (टीसीओटूई) रहेको  थियो । पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् : व्यापार कर्जा: १९०,२९३.४२ टीसीओटूई परियोजना वित्त  : (जलविद्युत बाहेक): ७०५.५६ टीसीओटूई गाडी कर्जा :१,५२८.९८ टीसीओटूई घर कर्जा : ९,४८५.४६ टीसीओटूई त्यस्तै, बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २० हजार ३४७.११  टीसीओटूई बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ । सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरू तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरू विस्तार गर्दै आइरहेको छ ।  साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण ९घटाउने, पुन: प्रयोग गर्ने र पुनर्चक्रण ० लाई प्रोत्साहन गर्दै आएको छ । यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइसकिएको छ ।   

उपभोक्ता संरक्षण विभागले गर्‍यो १० फर्मको अनुगमन, डिमासालाई ५१ हजार जरिवाना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं उपत्यकास्थित विभिन्न १० वटा उद्योग तथा फर्महरूको अनुगमन गरी जरिवाना तथा निर्देशन जारी गरेको छ ।  विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण विभागका अनुसार जरिवाना गरिएका फर्महरू काठमाडौं महानगरपालिका–३० मा रहेको डिमासालाई ५१ हजार जरिवाना गरिएको छ भने काठमाडौं महानगरपालिका(११ मा रहेको संगीता इलेक्ट्रिकल्सलाई ५ हजार जरिवाना गरिएको छ ।  यसैगरी, काठमाडौं महानगरपालिका–२१ मा रहेको पावर एण्ड लाइटिङ्ग सोलुसन्स प्रालि, काठमाडौं महानगरपालिका–१२ मा रहेको आनन्द ट्रेडिङ्ग कन्सर्न प्रालि, काठमाडौं महानगरपालिका–११ मा रहेको कल्पु ट्रेड कन्सर्न, काठमाडौं महानगरपालिका- २१ मा रहेको शिव ट्रेडिङ्ग कन्सर्न, काठमाडौं महानगरपालिका- ११ मा रहेको आदित्य इन्टरप्राइजेज प्रालि, चन्द्रागिरी नगरपालिका(११ मा रहेको सी। जी इम्पेक्स प्रालि, काठमाडौं महानगरपालिका-१४ मा रहेको एसटीसी अटो प्रालि, चन्द्रागिरी नगरपालिका–१४ मा रहेको श्री एसटीसी प्रालिलाई तीन दिनभित्र व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ भने सबै फर्महरूलाई उपभोक्ता संरक्षण ऐनमा तोकिएका व्यवसायिक मापदण्डहरूको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार जरिवाना तथा निर्देशन जारी गरेको हो । विभागले उपभोक्ताको हक र हितको संरक्षण, बजारमा पारदर्शिता र गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि नियमित अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

९ प्रतिशतले बढ्यो सक्रिय बीमालेखको संख्या, सबैभन्दा धेरै हिस्सा लघुजीवन बीमाको

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा सक्रिय जीवन बीमालेखको संख्या ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्ममा सक्रिय जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६८ प्रतिशत अर्थात् १३ लाख ५१ जार १०६ ले बढेको छ । गत आवको वैशाखसम्ममा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ५५ हजार ८८७ थियो भने समीक्षा अवधिभर यो संख्या बढेर १ करोड ५३ लाख ६ हजार ९९३ ले बढेको छ ।  बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको वैशाखसम्ममा जीवन बीमकहरूको सक्रिय बीमालेखको संख्याको हिस्सा सबैभन्दा धेरै लघुजीवन बीमाको रहेको छ भने सबैभन्दा कम संख्या एकल बीमालेखको रहेको छ ।  वैशाखसम्ममा लघुजीवन बीमाको सक्रिय बीमालेखको संख्या ४९ लाख ६९ हजार ८४३ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.२३ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा लघुजीवन बीमाको सक्रिय बीमालेखको संख्या ३५ लाख ६९ हजार ५५७ रहेको थियो । वैशाखसम्ममा लघुजीवन बीमाको हिस्सा ३२.४७ प्रतिशत रहेको छ । लघुजीवन बीमापछि सक्रिय बीमालेखको संख्याको हिस्सा धेरै भएको बीमालेख म्यादि रहेको छ । वैशाखसम्ममा म्यादीजीवन बीमालेखेको हिस्सा २१.९७ प्रतिशत रहेको छ । वैशाखसम्ममा म्यादीजीवन बीमालेखको संख्या ३३ लाख ६३ हजार ६४९ रहेको छ ।  गत आवको तुलनामा म्यादीजीवन बीमालेखको संख्या १६.२८ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा म्यादीजीवन बीमालेखको संख्या ४० लाख १७ हजार ५५४ थियो । तेस्रोमा वैदैशिक रोजगार म्यादीको हिस्सा १६.३४ प्रतिशत रहेको छ ।  वैशाखसम्ममा वैदेशिक रोजगार म्यादीको सक्रिय बीमालेखको संख्या २५ लाख १ हजार ३६८ रहेको छ । जुन गत आवको तुलनामा २०.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादीको सक्रिय बीमालेखको संख्या २० लाख ७० हजार २५६ थियो । त्यस्तै, वैशाखसम्ममा सावधिक जीवन बीमालेखको सक्रिय बीमालेखको संख्याको हिस्सा १३.५० प्रतिशत रहेको छ भने उक्त बीमालेखको संख्या गत आवको तुलनामा ४.५२ प्रतिशतले बढेको छ ।  गत आवको वैशाखसम्ममा सावधिक जीवन बीमालेखको संख्या १९ लाख ७७ हजार ५१८ रहेकोमा आव २०८१ मा २० लाख ६६ हजार ९२० रहेको छ । एकल बीमालेखको संख्या गत आवको तुलनामा २६.७१ प्रतिशतले बढेको छ ।  गत आवको यही अवधिमा उक्त बीमालेखको संख्या ७० हजार ६५२ रहेकोमा चालु आवमा ८९ हजार ५२६ रहेको छ । त्यसबाहेक अन्यको ४.५२, बालबच्चासम्बन्धी सावधिकको ५.२७, रूपान्तरित सावधिकको १.४० र अग्रिम भुक्तानी बीमालेखको संख्या ०.१४ प्रतिशतले बढेको छ । 

संघीय अस्पतालहरूमा २ हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्यमन्त्रीको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए ।  यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ ।  पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस पालिको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने छ । यसले देशको सबैभन्दा  बढी बिरामीको चाप खेपिरहेको अस्पतालमा अब वीर अन्र्तगतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ । संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थप्ने गरी प्रतिवेदन तयार पारिएको छ ।  देशको संघीय परोपकार प्रसुती अस्पतालमा  एक सय ७३ जनशक्ति थप हुनेछन् । यसैगरी, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा तीन सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन् । कोशी अस्पतालमा  एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन् ।  गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिंदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ । डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ ।  प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भैरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे । 'सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,' उनले भने, 'सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।' मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे । मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ ।  यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।   

राष्ट्रिय वाणिज्य बैंकको १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबारको शुभारम्भ गरेको छ । नयाँ शाखाहरू धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा सञ्चालनमा आएका छन् । यससँगै बैंकका शाखा संख्या ३०७ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो उपस्थिति कायम गरेको छ । हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम तथा ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले पहुँच विस्तारसँगै वित्तीय समावेशीकरणलाई बल पुर्‍याउँदै सेवा सहज, सरल र सुलभ बनाउने उद्देश्य लिएको जनाएको छ ।

ज्योति विकास बैंकका ग्राहकका लागि होटल मारकोपोलोमा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित होटल मारकोपोलोमा छुट दिने समझदारी गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलको रेस्टुरेन्ट सेवा तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूसँग सहकार्य गर्दै छुट तथा सुविधाहरू प्रदान गर्ने रणनीति अघि बढाएको छ । यसअघि पनि बैंकले ललितपुरको ‘बेक्ड एन्ड सर्भ’ मा १२ प्रतिशतसम्म, काठमाडौंको ‘भ्यू थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशतसम्म छुट दिने समझौता गरिसकेको छ । ज्योति विकास बैंकले ग्राहक अनुभवलाई समृद्ध बनाउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।

७२ जिल्लामा फैलियो डेंगी, पूरा शरीर ढाक्ने कपडा लगाउन विज्ञको आग्रह

काठमाडौं । मनसुन लागेसँगै डेंगी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् ।  ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, 'डेंगीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।' डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।  'यो वर्ष डेंगी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन', उनले भने । डा दाहालकाअनुसार सबैले डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।  यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।   

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ ।  काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।   सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।