विकासन्युज

ग्वार्को फ्लाई ओभरको संरचना निर्माण सम्पन्न, छिट्टै सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।  निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए । सडक विभागका महानिर्देशक डा विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको भन्दै केही दिनभित्रमा सार्वजनिक यातायात सञ्चालन गरिने जानकारी दिए । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाई ओभरको मध्य भागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य कामहरू बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । तेइस दिन भित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका लागि खुला गरिने उनले जानकारी दिए ।  पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटकपटक निरीक्षण र अनुगमन गरेपछि तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।  

सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको वृहत हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताएका छन् । झापाको दमकमा शनिबार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यष दाहालले यस्तो बताएका हुन् ।  उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु सदनमा रहेको भन्दै माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्न नसक्ने जिकिर गरे । सदन अवरोध गर्नु भनेको संघीय निजामति ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरु थाँती राख्नु भएको बताए । एक महिनाभित्र समिति बनाउन बाध्य पारेर छानविन गर्ने शर्तमा सहमति गरेको जानकारी दिए । तर केहीले  आकाश नै खस्यो, जहाँज नै डुब्यो, धर्ती नै भासियो जस्तो गर्ने गरेको उनको भनाइ छ ।  अध्यक्ष दाहालले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषय पनि त्यहाँ छन् । गर्नु भनेको संघीय निजामति ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरु थाँती राख्नु जस्तो भयो ।’ अध्यक्ष दाहालले माओवादी जिम्मेवार पार्टी मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व पार्टी वहन गरेको पार्टी भएको जिकिर गरे । 

देशविदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल

काठमाडौं । जापानमा लामो समय ‘सेफ’ रहेका अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील छन् । उनी नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लागेका छन् ।  बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा लागेका थिए । जापानको अनुभव अहिले विश्वका विभिन्न देशमा नेपाली खानाको प्रर्वद्धनमा उनी जुटिरहेएका छन् । भारत, जापान, अमेरिका, क्यानडा तथा अन्य मुलुकको भ्रमण गरी नेपाली खानाको प्रचार अभियानमा सक्रिय छन् ।        सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरेका छन् । अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा उनको भोजनलिपि ‘कुकबुक’ प्रकाशोन्मुख  छ । उनले स्वदेश तथा विदेशमा गरी ४० भन्दाबढी रेस्टुराँमा सयौँ सेफलाई आफ्नो ज्ञान तथा सीप सिकाएका छन् । उनी पुस्तक लेखन र कार्यक्रममार्फत हजारौँलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा छन् ।  सेफ कँडेल र  खड्काको पाककलामा आधारित भोजनलिपि  अभियानअन्तर्गत अहिले देशका विभिन्न जिल्लाबाट नेपाली खाना सङ्कलन गरी व्यावसायिक प्रर्वद्धनमा जुटेका छन् । पाककलामा नाम कमाएका  गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे र नयाँपुस्ताका पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । उनीहरुसँगको सहकार्यले नेपाली खाना प्रर्वद्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाएको छ । विगत १८ वर्षको दौरानमा जापानमै मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरी यस क्षेत्रको उच्च अनुभव उनले सँगालेका छन् । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवं सृजनात्मक ढङ्गले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न पनि उनप् खप्पिस छन् ।        भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते   अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ । कार्यक्रम धान–चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिएका छन् । चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ ।       अभियानले यसअघि यही जेठ १८ गते काठमाडौंमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो । भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए । मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान–लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए । भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउँछन् । आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उनले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गर्छन् । नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिए । नेपाली खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन यो अभियान थालिएको हो । हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ । काठमाडौं बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ । रासस

त्रिविमा तालाबन्दी, प्राध्यापकहरूले गरे आन्दोलन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूका अनुसार छ बुँदे माग राख्दै शुक्रबार बिहानदेखि तालाबन्दी गरिएको हो । प्राध्यापक संघले त्रिविले ल्याएको ‘फास्ट ट्र्याक’ नामक नयाँ पदपूर्तिप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको जनाएको छ । त्रिविले अनुसन्धानात्मक विशिष्टताको आधारमा १०० जना उप-प्राध्यापकको विज्ञापन खुलाएकोमा संघले लेखित परीक्षा विना अन्तर्वार्तामार्फत पदपूर्ति गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । 'फास्ट ट्र्याकको नाममा लिखित परीक्षा बिना नै अन्तर्वार्ताका भरमा नियुक्ति दिने नियत देखिएकोले यो असंवैधानिक र विभेदपूर्ण प्रक्रिया तुरुन्त खारेज हुनुपर्छ,' अध्यक्ष लिम्बूले बताए । संघले हाल रिक्त रहेको दरबन्दी र आगामी ६ महिनामा सेवा निवृत्त हुने शिक्षकहरूको संख्या समेटी ५ हजार २०३ पदमा प्रतिस्पर्धामार्फत विज्ञापन खुलाउनुपर्ने माग अघि सारेको छ । यस मागको दबाबस्वरूप आंशिक प्राध्यापक संघले शुक्रबारदेखि त्रिविको सबै शीर्ष प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

दिल्लीमा प्रचण्ड गर्मी : जनजीवन प्रभावित

काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरुको जनजीवन प्रभावित भएको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगेपनि लू चल्दा मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको हो ।  आपदा प्रवन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाईलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा 'लू' को रेड अलर्ट जारी गरेकाले आफूलाई हाइड्रेट राख्न, चिसो राख्न र घामबाट बच्न परामर्श जारी गरिरहेको छ । विशेष गरी फिल्डको काम गर्ने मानिसहरु गर्मीबाट बढी प्रभावित भएका छन् भने बिहान र बेलुका कार्यालय जाने सर्वसाधारणले समेत समस्या झेलिरहेका छन् । तापमान ४०–४२ डिग्री सेल्सियस पुगेको भएपनि कतिपयले भने तापमान ५० डिग्री सेल्सियस नाघेको गर्मी अनुभव गरिरहेका छन् । कतिपय दिल्लीवासीले पंखा र कुलरले कामै नगरेको अनुभव सुनाएका छन् ।  गर्मीका कारण मानिसहरु बाहिर निस्कनबाट बच्ने प्रयास गरिरहेका छन् भने बाहिर निस्कनै परे मेट्रो रेलको प्रयोग बढी गरिरहेका छन् । रातको समयमा पनि गर्मीबाट राहत नभइरहेको सर्वसाधारणहरुको भनाई छ । आज दिल्लीमा अधिकतम तापमान ४० डिग्री सेल्सियल्स रहने अनुमान गरिएको छ भने भारतीय मौसम विभागले आज दिल्लीमा सामान्य पानी पर्नसक्ने पूर्वानुमान गरेको छ । 

उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध निर्वाचित

काठमाडौं । उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । राठी यसअघि संगठनको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए । शनिबार सम्पन्न साधारण सभाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई निर्विरोध चयन गरेको हो । संगठनको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन कावरा, तृतीय उपाध्यक्षमा सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यका रूपमा सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोष भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल चयन भएका छन् । नयाँ कार्यसमितिले शनिबार नै महिला प्रतिनिधि किरण व्याससहित प्रतिक राउत र पारस गोल्छालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

बन्दैछ कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कंक्रिट प्यारापिट थपिन लागेको हो । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिनेछ । नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मेहम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्नेछन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउनेछ । त्रिभूवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । अहिले तीन चरणमा काम धमाधम भइरहेको छ । कीर्तिपुर क्रिकेट मैदानको पुनःनिर्माणसम्बन्धी केही तस्बिरहरु आजको फोटो फिचरमा ।  तस्बिर : अनुप प्रधान  

एसईई अब प्रदेशमै हुने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमै सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा मन्त्रालयले उक्त प्रस्ताव राखेको हो । कक्षा १० उत्तीर्णपछि विभिन्न शैक्षिक धारमा जाने विद्यार्थीका लागि परीक्षा प्रणाली र मूल्यांकन मापदण्डमा एकरुपता आवश्यक भएकाले एसईईलाई कायम राख्दै त्यसलाई प्रदेशमार्फत सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयको निष्कर्ष छ । ‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ मन्त्रालयको प्रस्तावमा उल्लेख छ । प्रस्तावअनुसार एसईई परीक्षा परीक्षा बोर्डको समन्वयमा र सम्बन्धित प्रदेश शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुनेछ । यसअघि मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईईको प्रावधान उल्लेख गरिएको थिएन ।