चीनमा ७ दशमलव ६ प्रतिशत मूल्य वृद्धि
बेजिङ । मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको उत्पादक मूल्य सूची दरमा वृद्धि भइ सात दशमलव छ प्रतिशत पुगेको हो । चीनियाँ तथ्याङ्क विभागले शून्य दशमलव आठ प्रतिशतका दरले मूल्यसूची वृद्धि हुने पूर्वानुमान गरे पनि गत महिना मूल्य वृद्धि दर शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको जनाएको छ । चीनियाँ पक्षले यस किसिमको मूल्यवृद्धि चक्र कति लामोसम्म जारी रहने हो भन्ने चिन्ता व्यक्त गरेको छ । रासस
भारतले बङ्गलादेशलाई चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण दिने
नयाँ दिल्ली । भारत तथा बङ्गलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बङ्गलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उनीहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतङ्कवाद विरुद्ध सङ्घर्षका लागि सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ । दुबै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बङ्गलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ । दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले बङ्गलादेशी समकक्षी हसिनाले भारत–बङ्गलादेशबीच सम्बन्धको ‘‘स्वर्ण युग’’ मा भ्रमण गरेको र भारत बङ्गलोदशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताएका छन् । भारत तथा बङ्गलादेशबीच चार हजार १०० किलोमिटर लामो सीमा रहेको छ । रासस
संसारकै सबैभन्दा महंगा लिपस्टिक
नयाँ दिल्ली । सबैभन्दा महंगो र सस्तो वस्तुमा हाम्रो चासो रहने गरेको छ । धेरैलाई संसारका सबैभन्दा महंगो लिपस्टिकको बारेमा थाहा नहुनपनि सक्छ । यस्ता लिपस्टिकहरु विशेषगरि गूणस्तर र मूल्यका आधारमा चिनिन्छन् । एच. कोटर ब्युटी डायमण्ड लिपस्टिक भन्ने गरिन्छ यो लिपस्टिक किन्ने चाहना धेरैको हुन्छ तर यसको मूल्य सुनेपछि कतिको मुड परिवर्तन भएको छ । यो लिपस्टिक आउने बाकस नै पूर्णरुपमा हिराले बनेको हुन्छ । यसमा १२०० पिंक डायमण्ड लगाइएको हुन्छ । यो लिपस्टिकको मूल्य करिब एक लाख ४० हजार भारतिय रुपैयाँ पर्न आउछ । अब कुरा आउनसक्छ – यसलाई किन्ने कसले ? गार्लियन किसकिस गोल्ड एण्ड डायमण्ड लिपस्टिक यो लिपस्टिक सानदार बाकसमा करीब १५ सेड्समा आउछ । यसको बाकस शुद्ध सुनले बनेको हुन्छ र यसमा हिरा जडान गरिएको हुन्छ । यो बाकसको डिजाइनमा ११० ग्रामको १८ क्यारेट सुन र १९९ क्यारेट हिराको प्रयोगभएको पाइन्छ । यसको मूल्य करीब ४० लाख (भारु) छ । सिस्ले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक निकै गुणवान, सानदार रङ र टेक्सचरको साथ आउने यो लिपस्टिकमा भिटामिन सी, ई र कैलेन्डुला युक्त हुन्छ ।। यसको मूल्य तीन हजार नौ सय भारु रहेको छ । ला प्रेरी सेलुलर लक्स लिपस्टिक यो ननस्टिकी (चिपचिपाहट रहित) र लङलास्टिङ लिपस्टक हो । यो लिमिटिड एडिसन रङमा पाइन्छ । यसको कभर सुनले बनेको हुन्छ । यसको मूल्य तीन हजार पाँच सय ८० भारु रहेको छ । गार्लियन रग जी जेवेल लिपस्टिक कम्प्याक्ट यो लक्जरी लिपस्टिक सुर्ख रातो रङमा पाइन्छ । यसलाई स्वस्थ र सुरक्षित ओठका लागि प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार तीन सय २० भारु रहेको छ । कानेबो सेन्साइ इन्टेन्स लास्टिङ लिपस्टिक महंगो लिपस्टिकमा यसको नाम पनि प्रख्यात छ । यसमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सौम्यतालाई कायम राख्न मद्दत गर्छ । यसको मूल्य दुई हजार ६ सय भारु रहेको छ । गिभेन्सी ले रोज रोज ड्रेसिङ लिपस्टिक उच्च गूणस्तरको यो लिपस्टिक छालाको खोलमा प्याक गरिएको छ । यो जस्तो रातो रंगको लिपस्टिक सायद नै पाइन्छ । यसको मूल्य दुई हजार तीन सय ४३ भारु रहेको छ । क्रस्टियन डायर रोज नम्बर ९९९ लिपस्टिक यो लिपस्टिकको सानदार प्याकेजिङले यसलाई सबैभन्दा महंगो लिपस्टिकको रुपमा परिचित बनाएको छ । यो ३२ सेड्समा आउनेगरेको छ । यसको मूल्य दुई हजार दुई सय १३ भारु रहेको छ । डोल्स एण्ड गब्बाना मोनिका भोल्युप्टस लिपस्टिक इटालियन ब्राण्डको यो लिपस्टिक तमाम आकर्षक फिचरका साथ आउने गरेको छ । बजारमा यो ब्राण्ड खासमा कस्मेटिक प्रडक्ट्सको रुपमा परिचित छ । यसको मूल्य करीब दुई हजार दुई सय भारु रहेको छ । इस्टि लाउडर प्योर कलर इन्भी स्कल्पटिङ लिपस्टिक भिटामिनयुक्त यो लिपस्टिकमा मुड बदल्नसम्मको क्षमता रहेको कम्पनीको दाबी छ । यसको मूल्य एक हजार नौसय भारु रहेको छ । नभभारतटाइम्सको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।