सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी नियुक्त
काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् । यसैबीच, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।
विहीबारदेखि जनकशर्मा पौड्यालले सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार
काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए । अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।
वैदेशिक रोजगार बोर्डले प्रस्तुत गर्याे कार्य विवरण, ६२ करोडबढी खर्च
काठमाडौं । आर्थिक वर्ष २०७५।०७६मा वैदेशिक रोजगार बोर्डले ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकाे छ । गत वर्ष वैदेशिक रोजगारमा गएका मृतक कामदारका परिवारलाई बोर्ड ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन् । ७ सय ५३ जनाको मृत्यु भएकोमा २३ जना महिला रहेका छन् । १४ सय ३३ जना वैदेशिक रोजगारका लागि छात्रवृत्ति वितरणका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै अंगभंग भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ प्रदान गरेको छ । ७ सय ८३ जना मृतकको शव घरसम्म ढुवानी गर्दा १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ । ७८ अलपत्र कामदार नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । १ हजार ४ सय ८० जना अभिमुखीकरण तालिमका लागि १० लाख ३६ हजार रुपैयाँ भने २९ जना कामदारको परिवारलाई औषधोपचारका लागि १२ लाख १५ हजार रुपैयाँ बोर्ड प्रदान गरेको तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ । २०६५ साल साउन १ देखि २०७६ साल असार २९ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ४ सय ६७ जना रहेका छन् । जसमा १ सय ७१ महिला र ७ हजार २ सय ९६ जना रहेका वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनवन्धु सुवेदीले जानकारी दिएका छन् । बोर्डले बर्षाैदेखि वैदेशिक रोजगारमा गई मृत्यु भएका सबै कामदारको परिवारलाई राहत र विदेशमा अल्पत्र परेका नेपाली युवाहरुलाई फर्काएर आत्मनिर्भर बनाउने काम बोर्डले गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । यस्ताे छ गत वर्षकाे तथ्याङ्क ः