सामूहिक तरकारी खेती गर्दै बेराेजगार युवाहरू

पाल्पा । सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महिनादेखि सञ्चालित सामूहिक तरकारीखेती यस क्षेत्रकै नमूना व्यवसायका रुपमा परिचित छ । तानसेनस्थित तरकारी जोन सञ्चालन समितिका नौ युुवाको सक्रियतामा प्रभाषमा बाँझो जमिनमा व्यावसायिक तरकारी उत्पादन गर्दै आइएको उक्त समितिका सहसंयोजक ठाकुरध्वज कार्कीले बताए । बाँझो २० रोपनी जमिनमा दुई टमाटरका बिरुवा, पाँच रोपनीमा काँक्रो तथा सिमी र पाँच रोपनी जग्गामा करेला उत्पादन गरी वार्षिक रु चार लाख, ८५ हजार ९०४ को कारोवार गर्न सफल भएको उनको भनाइ थियो । पहिलो वर्ष व्यावसायिक तरकारी खेती गर्दा अनुभवको अभावका साथै असिनापानीले बाली नोक्सानी गर्दा सोचेजस्तो उत्पादन हुन सकेको थिएन । लामो खडेरी, सिँचाइको अभाव र उत्पादनका लागि पूर्वाधार निर्माणले व्यावसायिक तरकारीखेतीका लागि चुनौती थपिएको उनीहरूको भनाइ थियो । तरकारी खेतीमा नवीनतम प्रविधिको प्रयोग, थोपा सिँचाइ र मल्ङ्गि टनेलमा उत्पादित तरकारी पर्यावरणीय सन्तुलनमा आधारित छ । विषादीको प्रयोग कम, जैविक विषादी तथा पासोको प्रयोग गरी किरा नियन्त्रण गर्दा यहाँ उत्पादित तरकारीको बजार माग राम्रो रहेको व्यवस्थापक धु्रवराज भण्डारीको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइको रू सात लाखको सहयोगमा शुरु भएको सामूहिक तरकारीखेतीबाट रु १५ लाख ४२ हजार २९० बराबरको कारोबार हुँदै आएको छ । उक्त एकाइले जिल्लाको ७६० हेक्टर जमिनमा तरकारी बाली उत्पादनका लागि सहयोग पुर्याउँदै आएको छ । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा यो परिचयोजना सञ्चालित छ । रासस

नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई जागिरको अवसर, ९ देखि ४ तहसम्मका कर्मचारी माग

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४० जना कर्मचारी माग गरेको छ । ९ तहदेखि ४ तहसम्म रिक्त रहेका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १९ गतेदेखि २१ दिन भित्र अनलाइन फारम भर्न सक्नेछन् । विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग भएको छ । आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभियशन फायर सर्भिसेज, फ्लाइटल अपरशन सर्भिसेज, इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग भएको हो । आवेदकले आवश्यक कागजात/प्रमाण पत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुत बुझाउनु पर्नेछ ।

ग्लोबल आईएमई लघुवित्तले माग्यो ३० जना कर्मचारी

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल ठेगानामा १५ दिन भित्र आवेदन दिन सकिन उक्त वित्तीय संस्थाले जनाएको छ । शाखा प्रबन्धकका लागि स्थातक तह उत्तीण गरी २ वर्षको कार्य अनुभव वा कक्षा १२ उत्तीर्ण गरी ३ वर्षको अनुभव भएहरुले आवेदन दिन सक्नेछन् । सहायक प्रशिक्षार्थीका लागि भने स्नातक तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन्, उनीहरुलाई तालिम अवधि ६ महिना राखिएको छ ।