घरेलु लघुवित्तले सञ्चालन गर्याे रौतहटको चन्द्रपुरमा क्षमता अभिवृद्धि तालिम
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले रौतहटको चन्द्रपुरमा “ फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ । यस तालिम कार्यक्रममा घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागीय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो । यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कात्र्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए । यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख श्री अन्जना प्याकुरेलले सहजीकरण गरेका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो ।
शाइन रेसुङ्गाको डीसीईओमा लोकराज पनेरु, मंसिर १५ गतेदेखि लागू हुने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा लोकराज पनेरु नियुक्त भएका छन् । संस्थाले आगामी मंसिर १५ गतेदेखि लागू गर्ने गरी पनेरुलाई उक्त पदमा पदोन्नती गरेको हो । यससँगै संस्थाको उच्च व्यवस्थापन तहमा ५ जना कार्यरत रहेका छन् । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल रहेका छन् । साथै, नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा तीन जनाः प्रकाश गुरुङ्ग, पुष्करराज जोशी र लोकराज पनेरु कार्यरत रहेका छन् । त्यसैगरी, सार्जन भट्टराईले संस्थाकाे नायव महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।
निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीबाट मात्र सामाजिक सुरक्षा कोषले सफलता प्राप्त गर्न सक्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले सामाजिक सुरक्षा काेषमलाइ सफल पार्न सबैकाे भूमिका महत्वपूर्ण हुने बताएका हुन् । सामाजिक सुरक्षा कोषको पहिलो चरणमा सरकारले निजी प्रतिष्ठानबाट शुरु भएपनि आगामी दिनमा व्यक्ति तथा अनौपचारिक क्षेत्रका तथा सबै श्रमिकहरुलाई कोषको दायरामा लैजाने उनले बताए । उनले श्रमिक तथा राेजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी रहि सुरक्षित भविष्यप्रति सजक हुन आग्रह गरे । यस्तै उप प्रधानमन्त्री ईश्वर पोखरेले सामाजिक सुरक्षा कोषको सुरुवातको समय चुनौती पुर्ण भएता पनि आगामी दिनमा सबै श्रमिक तथा रोजगारदाता कोषमा आवद्ध हुन अनिवार्य रहेको बताए । कल्याणकारी दायित्वका साथ लागेका श्रमिक तथा रोजगारदाताका विषयमा कोषले निर्माण गरेको नीति, कानुन तथा कार्यविधि लागुमा केहि समस्या देखिएपनि सबै क्षेत्रका प्रतिष्ठानसँग छलफल गरी सरकार अगाडी बढ्न चाहेको उनकाे भनाइ छ । ‘सन् २०३० सम्ममा गरिबी अन्त्यका लागि कोषले प्रमुख भूमिका खेल्ने छ’ उनले भने, श्रमिकलाइ भोक भाकै मारेर उद्योग मोटाउने तथा कम्पनी डुबाएर श्रमिक मोटाउने कार्यको गर्ने कोषको लक्ष्य नभई, श्रमप्रति कर्तव्यनिष्ठ र श्रमिकको उच्च सम्मको सहि मूल्याकंनका साथ कोषले काम गर्छ ।’ हालसम्म कोषमा १० हजार ४ सय ७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ योगदानकर्ता कोषमा सूचीकृत भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ श्रमिक तथा रोजगारदाताको योगदान स्वरुप रकम जम्मा भएको छ । गतवर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा औपचारिक रुपमा शुरु भएको सामाजिक सुरक्षा कोष गतवर्ष मंसिर ११ गतेदेखि शुरु भएको थियो । श्रमिकको सुरक्षित भविष्यका लागि लक्षित गरि शुरु गरिएको सो कोषमा ६९ वटा जिल्लाका संघसंस्थाहरु समेठिएका छन् भने कोषबाट दुई आश्रित परिवारले सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् ।