सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।
प्रभु बैंकको सञ्चालकमा ६ जना चयन
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् । संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार सापकोटा रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रा. लि.को प्रतिनिधी हुन् भने प्रमोद घिमिरे पाँच पोखरी एग्रिकल्चर प्रा.लि. को प्रतिनिधी हुन् । सम्बन्धित समाचार समस्यामा परेका दुईटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेका भट्टचन प्रभुबाट किन बाहिरिए ?
सरकारले दिदैछ ६० विषयमा नि:शुल्क सीपमूलक तालिम, यसरी दिन सकिन्छ अनलाईन आवेदन
काठमाडौं । नेपाल सरकारले बिभिन्न ६० वटा विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विभिन्न ६० वटा विषयमा सीपमुलक, सीप अभिवृद्धि एवं उद्यमशीलता विकास तालीम सञ्चालन गर्न लागेको हो । हाउस वायरिङ, फेसन डिजाइन, बेकरी एड्भान्स, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, कफी वारिस्टा, फेस मास्क बनाउने लगायत विभिन्न ६० वटा शिर्षकहरुमध्ये आफ्नो रुचिको विषयमा आवेदन दिन सकिनेछ । भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिले अनलाइन आवेदनका माध्यमबाट यस तालीममा भाग लिन सक्नेछन् । आवेदकले केन्द्रको वेवसाइट www.mcsipc.gov.np मा गएर आवेदन पेश गर्न सक्नेछन् । मंसिर १९ गते आवेदन खुलाएको यस तालिममा २१ दिनभित्र आवेदन पेश गर्न आह्वान गरिएको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले माघ १३ गतेभित्र यस तालीमका लागी आवेदन दिन सक्न्ेछन् । केन्द्रका अनुसार एक जनाले दुई भन्दा बढी तालिममा आवेदन दिन पाईने छैन । देशभरबाट आवेदन दिने मध्ये छनौटमा परेकालाई वेवसाइट तथा ईमेलमार्फत तालीम हुने स्थान र मितिबारे जानकारी गराईने केन्द्रले जनाएको छ ।