काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)
मा दिवस ढकाललाई नियुक्त गरेको छ ।
संस्थाको सञ्चालक समितिको भदौ २७ गते बसेको २७३औँ बैठकले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
ढकाललाई आगामी असोज १ गतेदेखि लागू हुने गरी स्थायी सेवामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको छ ।
ढकाल आँधिखोला गाउँपालिका–६, स्याङ्जाका निवासी हुन् । कालिका लघुवित्त पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो ।