दर्ताबिना दाङमा मात्रै साढे ६ हजार उद्योग सञ्चालन
काठमाडौं । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उनको भनाइ छ । “दाङमा उद्योगको हामीले तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “तीमध्ये अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, यी उद्योगलाई मापदण्डमा ल्याउनुपर्छ ।” दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् । घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् । जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता नभएको पाइएको छ । लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ । त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन् । बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन् । दगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन् । यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् । गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन् । राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान रहेका छन् । जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् । जिल्लामा विसं २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए । त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कले जिल्लामा आर्थिक विकास वृद्धि हुँदै गएको पाइएको प्रमुख पोख्रेलले बताए । रासस
नेपाल टोस्टमास्टर्सकाे वार्षिक सम्मेलन ‘साइटेसन २०१९’ सम्पन्न
काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएकाे छ । नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए । सम्मेलनमा प्रमुख वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन रहेका थिए । नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ । ८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउाछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालमा समाचार वाचिका रहेकी थिइन । इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् । इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुन् डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् । कार्यक्रममा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए । कार्यक्रममा इन्कस्पायरको दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिएको थियो ।
युरोप, अफ्रिका र एशियाली मुलुकहरुको सहभागितामा उद्योग-व्यापार प्रदर्शनी मेला हुँदै
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले पुस ४ गते देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय उद्योग–व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उध्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी मेला हुने बताएको हो । नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातकाे अवसर, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित हुने बताइएको छ । यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्द्द गर्ने आयोजकले विश्वास लिएको छ । भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन। नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि गर्ने गर्छन । छिमेकी मुलुकहरुबाट मात्र नभई युरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शकहरुको सहभागिता रहने जनाइएको छ । यस बर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमरो” लिएर नेपाल फाईभ पी प्रदर्शनीको तयारी अगाडि बढाईदै छ।