ललितपुर उद्योग वाणिज्य संघले चैत २६ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले आगामी चैत २६ गतेदेखि ललित अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । संघले सो दिनदेखि ३० गतेसम्म ललितपुरको पुल्चोक स्थित मदन स्मारक स्कुलको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागेको हो । संघले ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न सो मेला गर्न लागेको हो । राजधानीसंगै जोडिएको जिल्ला भएपनि ललितपुर जिल्लाको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुर जिल्लाको आफ्नै सामथ्र्य र सम्भावनालाई मूर्त रुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरिएको संघले जनाएको छ । यो मेला ललितपुर महानगरपालिकासंगको सहकार्य र इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रा.लि.को बजार व्यवस्थापन तथा मेला व्यवस्थापनमा आयोजनामा गर्न लागिएको हो । जसमा करिब १२० सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायत विभिन्न देशको ४० वटा स्टल रहने छ । उक्त मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीहरुको स्टल रहने छ । मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्ने अवसर प्राप्त हुने छ । विभिन्न देशका व्यवसायीहरुबीच आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान हुनुका साथै पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पुर्याउने संघ विश्वास रहेको छ ।  साथै, यस मेलाले नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न केहि हदसम्म भए पनि टेवा पुग्ने संघको विश्वास रहेको छ ।

महासंघकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै ढकालले भने- उद्योग क्षेत्रको कर माथिको कर घटाउँछु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले वरिष्ठ उपाध्यक्षको घोषण गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् । समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिए । ढकालकाे उम्मेदवारी घाेषणाासभामा पूर्वअध्यक्षहरू सुरज बैद्य र चण्डिराज ढकाल तथा महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको उपस्थिति रहेकाे बताइएकाे छ । शेखर गोल्छालाई सझिदै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । महासंघको भावी अध्यक्षका रुपमा महासंघले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाएको बताए । ‘शेखर गोल्छाको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्ने छ, उद्योग वाणिज्य क्षेत्र, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन, हामी एक र एक जोडेर ११ बनाउनेछौं,’ ढकालले भने । सबैकाे आग्रह बमाेजिमन आफू महासंघकाे नेतृत्व तहमा आफू आउँन चाहेकाे उनले खुलाए । ‘म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमकमा पूरै देशभर पुग्ने अवसर पाएँ, उद्योगी व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरुसँग थुप्रै बसाइँ भयो, ती बसाइँ भेला र बैठकमा तपाइँहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले भन्दा तपाइँहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनु भयो,’ ढकालले भने । ‘गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो । ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रता पूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु,’  उनले भने । ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्सका अध्यक्ष पनि हुन । उनले आगामी निर्वाचनमा गोल्छा लगायतको साथ खोजेको भाषणबाट देखिन्छ । घोषणासभामा गोल्छा भने उपस्थित थिएनन् । महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको घोषणासभामा गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका लगायतकाे उपस्थिति थियाे । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था छ । त्यसैले वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने गरेको छ ।

एफएनसीसीआईमा ‘क्याम्प चेन्ज’को मौसम, दिनेश श्रेष्ठले छोडे किशोर प्रधानलाई

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने घोषणा गरेका दिनेश श्रेष्ठ बुधबार चन्द्रप्रसाद ढकालकाे उम्मेदवारी घाेषणा सभामा सहभागी भए । त्यतिमात्र  हाेइन, उनी मञ्चबाट बाेल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्रशंसा गरे । नेपाल उद्याेग वाणिज्य महासंघमा सबल र सक्षम नेतृत्वकाे खाँचाे  रहेकाे र व्यवसायिक रूपमा सफल र महासंघमा पनि ठूलाे याेगदान गरेका ढकालले महासंघकाे सफल नेतृत्व गर्न सक्ने उनले बताए । केही साता अघि प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दा श्रेष्ठ पनि गएका थिए । श्रेष्ठले सो मन्चबाट प्रधानलाई आफ्नो समर्थन रहेको घोषणा नै गरेका थिए ।