सीजी फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण
काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय रहेको परिसघंले जनाएको छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेपाली सिमेन्ट उद्योगमा तहल्का मच्चाएको होङ्सीको आम्दानीमा भारी गिरावट, ऋणको रेटिङ घट्यो
काठमाडौं । विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको आम्दानी १९ प्रतिशतले घटेकाे छ । आर्थिक मन्दीबीच सिमेन्टको आम्दानी सन् २०२३ उल्लेख्य दरमा घटेको हो । रेटिङ एजेन्सी इक्राका अनुसार होङ्सीले आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख आम्दानी गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख, २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख र सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँबराबर सञ्चालन आम्दानी गरेको थियो । कोइलाको भाउ बढ्नु र सिमेन्ट उद्योगमा व्यापक प्रतिस्पर्धा लगायत कारण कम्पनीको आम्दानीमा गिरावट आएको छ । यिनै सूचक हेरेर क्रेडिट रेटिङ एजेन्सी इक्राले होङ्सी शिवम सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाएको छ । इक्राका अनुसार होङ्सी शिवम्को ६ अर्ब ५० करोडको दीर्घकालीन ऋणको रेटिङ घटाएर २ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा झारेको छ । इक्राले ‘नकारात्मक प्रभावहरू सहित हेरेर’ होङसीको ऋणको क्रेडिट रेटिङ घटाएको जानकारी दिएको छ । सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट प्रालिले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रतिवर्ष २० लाख टन र सिमेटन्ट उत्पान २३ लाख टन रहेको छ । होङ्सी शिवम्मा हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स प्रालिको ३० प्रतिशत लगानी छ । नवलपरासीको बिनायी त्रिवेणी गाउँपालिकामा कारखाना रहेको होङ्सी शिवम्ले होङ्सी ब्रान्डमा ‘अर्डिनरी पोर्टल्यान्ड सिमेटन्ट’ (ओपीसी) र ‘पोर्टल्यान्ड पोजोलाना सिमेन्ट’ (पीपीसी) सिमेन्ट उत्पादन गर्दै आएको छ । एकताका होङ्सी सिमेन्टको प्रवेशले नेपाली सिमेन्ट उद्योगमा तहल्ताकै मच्चिएकाे थियो । कुनैबेला प्रतिबोरा १ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने सिमेन्टमा होङ्सी नेपालमा आएपछि ५/६सय रुपैयाँमा झरेको थियो । त्यसपछि अधिकांश नेपाली सिमेन्ट उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका थिए भने कतिपय अहिलेसम्म घाटामा नै सञ्चालन भइरहेका छन् । होङ्सीकै कारण अहिले नेपालमा सिमेन्टको मूल्ल बढ्नबाट रोकिएको छ । बजारमा ओपीसी सिमेन्ट ७ सयकाे हाराहारी र पीपीसी सिमेन्ट ६ सयकाे हाराहारीमा किन्न पाइन्छ । उपभोक्ताको लागि खुशीको विषय भएपनि एउटा होङ्सीकाे कारण दर्जनाैं उद्याेग संकटमा छन् ।
तितेपाती निर्यात गरेर डलर कमाइ, कोठाबाट सुरु भएको व्यवसाय फ्याक्ट्रीदेखि अस्पतालसम्म
काठमाडौं । तितेपातीको निर्यात गरेर डलर आम्दानी गर्न सकिन्छ भनेर सुन्दा र पढ्दा तपाईंलाई एकछिन अचम्म लाग्न सक्छ । किनकी नेपालमा तितेपाती प्रयाप्त पाइन्छ र त्यसलाई हामीले कुनै वास्ता गर्दैनौं । जुन वस्तु हामीसँग बढी हुन्छ त्यो विषयको चासो र प्राथमिकतामा पर्दैन । तर, काठमाडौं सितापाइँलाका ईश्वर बलामीले त्यही तितेपातीको प्रयोगले डलर कमाइरहेका छन् । उसो त उनी विद्यार्थीकालमा अकुपंञ्चर विज्ञान पढ्दै गर्दा तितेपातीबाट मोक्जा (तीतेपातीको भुवा)बन्छ भन्ने कुरा थाहा थियो । तर, कस्तो तितेपातीबाट बन्छ, कसरी बन्छ भन्ने अन्योल उनमा थियो । जब उनी थप अध्ययनका लागि जापान गए, उनी सो विषयमा प्रष्ट भए । उनले जापानमा त्यो विषयमा अध्ययन गरे । त्यही बेला उनलाई लाग्यो, ‘म अब नेपाल फर्केर मोक्जा (तितेपातीबाट निकालिएको भुवा) बनाउँछु ।’ सोही बेला उनी नेपाल फर्किए । उनले नेपाल फर्केर घरको कोठाबाट तितेपातीको व्यवसाय सुरु गरे । आफूले तितेपातीको व्यवसाय सुरु गरेको जानकारी जापानको यमोसा कम्पनीलाई दिए । उनको परिवारले पनि सो व्यवसायमा उनलाई प्रोत्साहन गरे । उनले सुरुमा तितेपाती संकलन गरेर जापान पठाए । जापानमा सिकेअनुसार आफैं मोक्जा बनाएर ल्याब टेस्ट गरेर नमुनाका रुपमा जापान पठाए । तितेपातीलाई ल्याबमा टेष्ट गर्दाको अनुभव पनि नमिठो छ । ‘मैले आफैं बनाएको मोक्जा भन्दा धेरैले होइन होला भनेर मजाक बनाए, टेस्ट गरिसकपछि सबैले पत्याए, जापानमा मोक्जा पुग्दा त्यहाँको कम्पनीले राम्रो मोक्जा भन्दै प्रशंसा गरे, सुरुवाती दिनहरू स्मरण गर्दै उनी भन्छन्, ‘त्यसपछि सरकारसँग अनुमति लिएर नियमित तितेपाती निर्यात गरिरहेको छु ।’ …त्यसपछि खुल्यो फ्याक्ट्री १४ वर्षअघि उनले एक कन्टेनर लगभग चार टन तितेपाती संकलन गरेर जापान पठाए । नेपालबाट तितेपाती जापान पुग्न डेढ महिना लाग्छ । तितेपाती विरगञ्ज भन्सार हुँदै कोलकत्ता बन्दरगाहबाट जापान पठाइन्छ ।यताबाट तितेपाती पठाइसकेपछि उनी पनि जापान गए । आफैंले त्यहाँ गएर मोग्जा बनाए । त्यसपछि नेपालको तितेपातीको मोग्जा राम्रो रहेको बताउँदै त्यहाँको कम्पनी नेपालको तितेपाती लिन सहमत भयो । त्यसपछि त्यहाँको यमोसा प्रालि नेपालको तितेपानी लिन तयार भयो र ईश्वरले नेपालमा फ्याक्ट्री सञ्चालन गरेको बताउँछन् । उनलाई सहयोग गर्न त्यहाँको कम्पनी तयार भइसकेपछि ईश्वरले आफ्नै जग्गामा फयाक्ट्री खोले । त्यसका लागि २२ जना कर्मचारी राखे । तितेपाती संकलन गर्नेेखि मोक्जा बनाउन गर्नुपर्ने सबै काम कर्मचारीलाई सिकाए । बिस्तारै सबै कर्मचारीले काम सिके । मोक्जा निर्यात गरेपछि डलर कमाइ हुन थाल्यो । उनी १२/१३ वर्ष परिक्षणकालमै बिताएको बताउँछन् । फ्याक्ट्रीका लागि चाहिने सबै मेसिन उनी आफैंले तयार पारे । जापानमा लिएको तालिमका आधारमा हुबहु त्यहाँ भएजस्तै सामाग्री उनले नेपालमै बनाएको बताउँछन् । ‘फिनिसिङ हुबहु नभयो होला, जुन सामान जापानमा रहेको कम्पनीमा थिए ती सामान मैले आफैं बनाएँ,’ उनले भनी भन्छन्, ‘यसका लागि विदेशबाट कुनै पनि उपकरण ल्याइनँ ।’ के काम गर्छ तितेपातीले ? तितेपातीले औषधिको काम गर्छ । उनले मोक्जिबेसन थेरापी अकुपञ्चर विज्ञानको थेरापी उपचार गर्न सक्ने बताउँछन् । नसर्ने रोग चिसोपाता खाएका रोगहरूको यसले उपचार गर्न सकिने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई मान्यता दिइसकेको छ । बाथरोग, झमझमाउने, पोल्ने, टाउको दुख्ने, कम्मर दुख्ने, नशा च्यापिएको र नशा पोल्ने रोग लगायत यस्ता धेरै रोगको यसबाट उपचार गर्न सकिन्छ । यो उपचारबाट कुनै पनि साइड इफेक्ट नहुने उनी बताउँछन् । पूर्वीय चिकित्साको रुपमा यो उपचार चलेको छ । हाम्रो मानव शरीरमा रहेका नसर्ने रोगहरूमा यसबाट उपचार गर्न सकिन्छ । पूर्वी नेपालको तेह्रथुमका उमेश लिम्बु फुटबल खेलाडी हुन् । उनले देशविदेशमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेल खेलेका छन् । उनलाई आजभन्दा ९/१० वर्ष पहिले प्रेसर बढ्ने समस्या देखियो । उनी अस्पताल पुगे । डाक्टरको सल्लाह लिए केही औषधी खान र नियमित शारीरिक व्यायम गर्न डाक्टरले सल्लाह दियो । उमेशले केही दिनसम्म औषधी निरन्तर खाए । पछि आफैले औषधी खान छोडे । केही समयसम्म औषधी नखाँदा पनि राम्रै थियो । तर, एक्कासी उनलालाई प्यारालाइसिस भयो । उनका हातखुट्टटा नै चल्न छोडे । प्यारालाइसिस् भइसकेपछि उनको हिँडडुल सबै बन्द भयो । उपचारका लागि उनलाई नेपाल र भारतका विभिन्न अस्पताल पुर्याइयो । प्यारालाइसिसको उपचार भनेको अकुपञ्चर थेरापी हो । उनी यसका लागि २ वर्ष पहिले सितापाइलाको रामकोट जानेबाटोमा रहेको दिव्या सञ्जिवनी अस्पताल पुगे । त्यहाँ उनी २ वर्षदेखि निरन्तर अकुपञ्चर थेरापी गरिरहेका छन् । पहिले अस्पताल बोकेर पुर्याउने, लैजानु पर्ने उनी अहिले आफैं हिँडेर अस्पताल आउने/जाने गर्छन् । उनले तितेपातीको मोक्जाबाट बाट थेरापी गरिरहेका छन् । उनी जस्तै अस्पताल आउने धेरै बिरामी अहिले यही विधिबाट उपचार गरिरहेका छन् । अस्पताल पनि सञ्चालनमा २६ वर्ष पहिले दरबार मार्गमा ईश्वरको क्लिनिक थियो । एकदिन क्लिनिकमा आयुर्वेद विज्ञान, प्राकृतिक चिकित्सा, फिजियोथेरापीका साथीहरू जम्मा भए । उनीहरूबीच सबै क्षेत्रको एकै ठाउँमा सेवा दिन मिल्ने गरी अस्पताल सञ्चालन गर्ने छलफल भयो । यो छलफलपछि ईश्वर सहित ४/५ जना साथीहरू मिलेर अस्पताल सञ्चालनमा ल्याउन सहमत भए । अहिले सञ्जिवनी अस्पताल र यामोशा प्रालि एक अर्काका परिपुरक संस्था सञ्चालनमा ल्याए । ‘यामोशाले थेरापीका लागि आवश्यक मोक्जा बनाउँछ, अस्पतालले यसको प्रयोग गर्छ, अकुपञ्चष्टिर, मैले कहीँ न कहीँ उपचार गर्नै पथ्र्यो सँगै अस्पताल हुँदा उपचार गर्न सहज भएको छ,’ उनले भने । एउटा युवाले घरबाट सुरु गरेको व्यवसाय अहिले निर्यातसम्मको अवस्थामा पुगेको छ । यसमा उनी खुस छन् । उनले कक्षा १ देखि १० सम्म बनस्थली पढे । व्यवस्थापनमा स्नातक पास गरे । त्यससँगै मेडिकल साइन्स पनि पढे । उनी आफू अकुपञ्चर पढ्न आफ्नो श्रीमतिको सहयोग रहेको बताउँछन् । उनको श्रीमती पनि उनीसँगै अकुपञ्चर पढ्न साथी थिइन् । घरपरिवारको सहयोगले नै आफू यो अवस्थामा आइपुगेको उनी बताउँछन् । बुबा पनि व्यवसायी ईश्वरको बुवा पन व्यापार गर्थे । उनको घरमा राइस मिल थियो । ईश्वर जापानबाट फर्किसकेपछि तितेपातीको खोजीमा लागे । उनी यसका लागि रामकोटको वरिपरी झाडीमा पस्न थाले । उनले तितेपाती खोज्न थालेको देखेर सबैजना अचम्मित हुन्थे । विगत स्मरण गर्दै उनी भन्छन्, ‘कति जनाले ईश्वर बौलायो पनि भन्थे, त्यसो भन्नेलाई बरु पैसा दिन्छु, मलाई तितेपाती ल्याइदिनु भन्थेँ, अरुको कुरा नसुनेर आफ्नो काम गरेँ ।’ फ्याक्ट्री सञ्चालनमा ल्याएको १४ वर्ष भएपनि उनी तितेपातीको व्यवसायमा लागेको भने ३० वर्ष भइसकेको छ । उनी अहिले अकुपञ्चेरिष्ट मात्रै होइन व्यवसायी पनि बनेका छन् । उनलाई देशका अन्य ठाउँमा पनि फ्याक्ट्री खोल्ने मन छ । अहिले १०/११ जिल्लाका किसानले तितेपाती खेति नै गरिरहेका छन् । ईश्वरलाई २० टन तितेपाती उत्पादन गर्न सक्ने किसान चाहिएको छ । ‘मलाई अन्य जिल्लामा पनि फ्याक्ट्री खोल्ने याजना छ,’ उनी भन्छन्, ‘यसका लागि २० टन तितेपाती उत्पादन गर्न सक्छु भन्ने किसान हुनुपर्यो, अहिले यमोशा प्रालीलाई पनि प्रयाप्त मोक्जा पुर्याउन सकेको छैन, माग धेरै छ, उनी भन्छन्, ‘खाडीमा २०/३० हजार कमाउन गएका साथीहरूले झाडीमा पसेर तितेपाती खोजिदिएको भए देशको लागि पनि र सो व्यक्तिको लागि पनि राम्रै हुने थियो ।’ जनशक्तिको अभाव उनले गाउँमा गएर तितेपाती संकलन गर्ने मान्छे पाएका छैनन् । अहिले ताप्लेजुङ, सखुवासभा, पाँचथर, धादिङ, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकमा व्यावसायिक रुपमा तितेपाती उत्पादन भइरहेको उनले बताए । उनले ठूलो परिमाणमा छ भने ट्रक र थोरै छ भने बस वा अन्य सवारी साधनमा ल्याइने गरेको बताए । उद्योग दर्ता भइसकेपछि वैदेशिक लगानी ल्याउन सबै भन्दा गाह्रो हुने उनको अनुभव छ । नेपालमा अथाह सम्भावना हुँदा पनि युवा विदेशिएको देख्दा उनलाई बिरक्त लाग्छ । नेपालमा धान, गहुँ, मकै, कोदो परम्परागत खेतीबाटै भविष्य रहेको उनको भनाइ छ । सबै वस्तु विदेशबाट आउने गरेको बताउँदै यस्ता खेतिहरू बैज्ञानिक तरिकाले गर्न सक्ने हो भने खाडीको घाम खान नपर्ने उनी बताउँछन् ।