लेमिनारको टायल ‘सेन्टो’ सार्वजनिक
काठमाडौं । लेमिनार टायल्सले फूल–बडी टायल ‘सेन्टो’ संग्रह सार्वजनिक गरेको छ । कम्पनीले यो संग्रहलाई देशकै पहिलो र एकमात्र फूल–बडी टायल संग्रह भनेको छ । लेमिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फूल–बडी टायल संग्रहलाई बजारमा ल्याएको जनाएको छ । फूल–बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टायलको रंग र बनावटमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ । लेमिनार टायलको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टायलको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टायलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् । कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘सेन्टो’ ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टायलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा ‘सेन्टो’ फूल–बडी संग्रहको औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।
हामी सबै एउटै डुङ्गामा छौं, क्षति हुँदा एउटा सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएकाले अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् । संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवद्र्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहँुदा राज्यले प्रतिफल पाउन नसकेको बताए । देश विकासका लागि लगानी प्रवद्र्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने उनले धारणा राखे । ‘सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनु पर्दछ,’ उनले भने । २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्धतिमा रुपान्तरित गरि शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरु सोही अनुरुप चल्न नसकेको उनको गुनासो छ । अध्यक्ष ढकालले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूवीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए । लगानी प्रवद्र्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको उनको भनाइ छ । सरकार वा निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु, औद्योेगिक व्यवसाय ऐनमा एकरुपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवद्र्धन हुन सकेको छैन,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नविकरण एवं राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धि आइकन थपि सम्पुर्ण सुबिधा दिनुपर्छ ।’ लगानी प्रवद्र्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरुसंग समन्वयमा सेवा विस्तार गर्नुपर्ने उनको माग छ ।
नेपाल-इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ । उक्त कार्यक्रमका मुख्य अतिथि (विशिष्ट मानार्थ सदस्य) माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवाल, नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवाली लगायत प्रतिष्ठित संघ सदस्यहरूको उपस्थिति थिया े। कार्यक्रमको सुरुवात संघका महासचिव मनोज श्रेष्ठ भाडेल को स्वागत मन्तव्य द्वारा भएको थियो । उनले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्वपूर्ण रहँदै आएको छ। हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौं।’ ११औं वार्षिक साधारण सभाको मुख्य आकर्षण नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा संस्थाहरूको सम्मान गर्नु थियो । माननीय संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत श्रीमती प्रतिमा पाण्डे लाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गरियो । साथै, अशंक समसेर जंगबहादुर राणा लाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’ को रूपमा सम्मानित गरियो । संघका अध्यक्ष संजय अग्रवालले आफ्नो धारणा मन्तव्यमा नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्रा को चर्चा गरे, जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको थियो । उनले नेपाल–इटालीबीच छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, विशेष गरी १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पुर्याएको सहयोग ऐतिहासिक रहेको उनले स्मरण गरे । संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउँदै उनले भने, ‘हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रित छौ ।’ संघ आफ्नो विभिन्न पहलहरू मार्फत द्विपक्षीय व्यापार प्रवद्र्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । ११औं वार्षिक साधारण सभाको सफल समापन ले नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने अर्को महत्वपूर्ण उपलब्धि को संकेत गरेको छ ।