पर्यटन क्षेत्र लयमा फर्कंदै, २०१६ को ११ महिनामा १ लाख १६ हजार पर्यटक थपिए
काठमाडौं ५, पुस । भूकम्प र नाकाबन्दीका कारण गत बर्ष निकै समस्यामा परेको पर्यटन क्षेत्र यस बर्ष भने लयमा फर्केको छ । भूकम्पपछिको नकारात्मक प्रचार र नाकाबन्दीले सिर्जना गरेको हाहाकारका कारण गत बर्ष पर्यटन आगमनमा गम्भीर असर परेको थियो । सन् २०१५ मा ३२ प्रतिशतले घटेको आगमनदर यस बर्ष भने पहिलेकै अवस्थामा फर्कने संकेत देखिएको छ । सन् २०१६ को ११ महिनामा गत बर्षको भन्दा १ लाख १६ हजार १ सय ७४ बढी पर्यटक भित्रिसकेका छन् । डिसेम्बरमा पर्यटन आगमन दर २०१४ को हाराहारीमा पुग्ने देखिएको छ । सरकारले सन् २०१६ मा ६ लाख ५० हजार पर्यटक आउने लक्ष्य प्रक्षेपण गरेपनि ११ महिनामै प्रक्षेपण गरिएभन्दा बढि पर्यटक नेपाल भित्रिसकेका छन् । २०१५ को ११ महिनामा ४ लाख ८० हजार ६ सय ६६ पर्यटक नेपाल भित्रिएका थिए भने २०१६ को ११ महिनामा ६ लाख ५५ हजार १ सय ४४ पर्यटक भित्रिएका छन् । यो ३४ प्रतिशतको वृद्धि हो । सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएका थिए । जुन अघिल्लो बर्षको भन्दा ३२ प्रतिशतले कमी हो । सन्र २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । “२०१६ को ११ महिनाको तथ्यांक हेर्दा नेपाल अब भूकम्पअघिको पर्यटन आगमनको चरणमा प्रवेश गरेको छ” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने । कारोबार दैनिकबाट ।
गाँजा र चरेस तान्ने हिप्पीदेखि हवाई जहाजबाट हाम्फाल्ने पर्यटककाे नेपाल यात्रा
पहिले पर्यटन भनेको यात्रा हो । त्यसमा पनि गोरा छाला भएका पर्यटकको मात्रै भनेर चिनिन्थ्यो । ज्ञान हासिल गर्न डुल्ने विदेशी मात्रै पर्यटक हुन जो सँग प्रशस्तै पैसा छ र खर्च पनि गर्छ भन्ने गरिन्थ्यो । त्यसको परिभाषा र स्वरुपमा परिवर्तन आएको छ । अहिले पर्यटन भनेको यात्रा र उद्योग मात्रै होइन रहेछ भनेर बुझन् थालिको छ । यो त ज्ञानको भण्डार पनि हो । मानवीय मनोविज्ञान पनि हो भनेर बुझ्न थालिएको छ । हिजोको पर्यटन आज र आजको पर्यटन भोली हुँदैन । गाडीमा आउने गाँजा र चरेस तान्ने हिप्पीदेखि सुरु भएको पर्यटनको ट्रेण्ड परिवर्तन भएर घुमफिर, यात्रा, टुर, ट्रेकिङ हुँदै साहसिक र आन्तरिक पर्यटक भएको छ । अहिले त साहसिकको नाममा हवाई जहाजबाट हाम्फाल्ने, आकासमै कावा खाने पर्यटक आउन थालेको छ । यसर्थ, समय प्राकृति अनुसार पर्यटक आउने र त्यसबाट हुने पर्यटकीय क्रियाकलाप पनि फरकफरक हुन्छ । पर्यटक आउने प्रवृति र स्वरुप परिवर्तन हुँदै जाँदा गन्तव्य परिवर्तन पनि भएको हो । पहिले परम्परागत पर्यटकीय बजार इग्लान्ड, जापान, बेलायत, अमेरिका मात्रै थियो । अहिल भारतीय तथा चिनियाँ बजार प्राथमिकतामा आएका छन् । भारतीय र चिनियाले गर्ने खर्च तथा पहुँचको हिसावले पनि प्राथमिकतामा पर्न थालेका छन् । पहिले विदेशी पर्यकको मात्रै भर पर्ने गरिएकोमा अहिले त आन्तरिक पर्यटक पनि आउन थालेका छन् । आन्तरिकलाई पर्यटक नठान्ने र गोरो छालालाई मात्रै पर्यटक ठान्ने हो भने नेपालको पर्यटनले स्थायित्व लिन सक्दैन् भनेर सबैले बुझन् पनि थाले । नेपालमा सोही अनुसारको मार्केटको पनि खोजि भयो । अहिले आन्तरिक पर्यटक नै अन्तर्राष्ट्रिय पर्यटनको जग हो । गाउँगाउँमा अहिले पर्यटकीय गन्तव्य भनेको छ भने पर्यटकीय महत्व पनि छ । नेपालीको पनि आफ्नै सवारी साधन हुन थालेको छ । सवारी साधान भाडामा लिएर आन्तरिक पर्यटकीय गन्तव्य जान सक्ने क्षमता पनि बढेको छ । राज्यले पनि अहिले घुमफिर वर्ष मनाउँदै आन्तरिक पर्यटकलाई प्राथमिकता दिन थालेको छ । विदेशी होस् वा स्वादेशी पर्यटन क्षेत्रको दायरा फराकिलो बनाउने प्रयास भइरहेको छ । आन्तरिक पर्यटक र वाह्य पर्यटक आन्तरिक पर्यटक विदेशी जस्तो लामो समय र प्याकेजमा घुम्दैन । रमाइलो गर्ने र विदाको समयमा लहलहैमा घुम्ने गरेका छन् । तर, घुम्न निस्किएका आन्तरिक पर्यटकले जति पैसा खर्च गर्छन्, विदेशीले त्यति गर्दैैनन् । विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताउँन सक्छन तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् । आन्तरिक पर्यटकलाई ह्वीस्की, मःम, चिकेन करीसहितको स्नाक्स सबै चाहिन्छ । यसको मतलब खानपिनमा आन्तरिक पर्यटकको खर्च निकै धेरै हुन्छ । कहिलेकाँही घुम्ने र खानापानमा रमाउने भएकोले सामान्य भन्दा बढी खर्च गरेका हुन । नियमित घुम्नेको तुलनमा यो सामान्य पनि हो । आन्तरिक पर्यटन भनेको सम्पन्न क्षेत्रबाट विपन्न क्षेत्रमा स्रोत र साधानको परिचालन गर्ने उपयुक्त माध्यम हो । विदेशीले गरेको खर्च तथा आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुन्छ । एउटा विदेशी आउँदा नौ जनाले रोजगारी पाउँछन भन्ने गरिएको छ । विदेशीले गर्ने घुमघाम, ट्राभल, ट्रेक, पर्वतारोहणमा वास्तमै धेरै खर्च हुन्छ । सोल्टीमा आएर ८० डलर तिर्ने मात्रै क्वालीटी टुरिष्ट हो, ठमेलमा आएर २० डलर खर्च गर्ने पर्यटक क्वालीटि हैन भन्ने राज्यको अवधारणा हुनु भएन । अहिले काठमाडौं गेष्ट हाउसमा आएर बस्ने पनि किताव लेख्ने पर्यटक छन् । नेपालको प्रवद्र्धन गर्ने पर्यटक छन् । उसलाई खर्च गराउने आधार बढाउनुपर्छ । होटलको कोठामा लिइने शुल्कै आधारमा गुणस्तरीय हो होइन् भनेर निर्धारण गरिनु हुँदैन । सेवा र शुल्क पर्यटकलाई दिने सेवास्तर र शुल्क भनेको प्रतिस्पर्धामा निर्धारित हुन्छ । बैंककमा पाँचतारे होटल ३५ डलरमा पाउँछन् । होटलको कोठा भने जति सस्तो भएपनि फरक पर्दैन् । खाना खाने, मालसामान बेच्ने, सोभिनियर किनबेचबाट हुन्छ । पर्यटकलाई ल्याएर खर्च गराउँने माध्यम सबैभन्दा धेरै हुनुपर्छ । नेपालको पर्यटन सेवाको गुणस्तर अमेरिकाको भन्दा कम छ्रैन् । अमेरिकाको होटलमा पनि एउटा खाट र कोठा हुने हो त्यसको तुलनामा हामीले पनि सेवा सुविधा दिएका छौं । पर्यटक आउन थालेपछि आफैं गुणस्तर मेन्टेन हुन्छ । पर्यटन क्षेत्र जब हाइटमा जान्छ तव त्यसको भ्यालु हुन्छ । उदाहरणको रुपमा हाम्रो ग्रुपको होटल आठ वटा पुग्नु नै पर्यटकको रुची बढ्नु र सेवा लिने बढेर नै हो । जुन किसिमको रेट लिने हो त्यो स्तर निर्धारण गरेर गर्नु नै धेरै राम्रो हो । आज राम्रो गर्ने र भोली नराम्रो गर्ने पनि हुँदैन । ठमेल गेस्टहाउस नै एउटा व्यक्तिको रुपमा प्रतिनिधित्व गर्ने पर्यटन होइन । समग्र देशको प्रतिनिधित्व नै पर्यटन हो । अहिले फ्री मार्केट इकोनोमिका कारण विदेशी मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हाम्रो देश गरिब होइन्, स्रोत र साधानको पहिचान गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो । हामीले ब्राण्ड र गुणस्तर कायम गर्ने भनेको पनि विश्वसनिय सेवा नै हो । पहिले पर्यटकलाई नेपालमा सेवा दिने अवसर हुनुपर्छ त्यसपछि बजारले नै निर्धारण गर्न सेवा, सुविधा र गुणस्तरण । पर्यटक तान्ने आधार नेपाल बन्जी, प्याराग्लाइड, ट्राभल, ट्रेकिङसहितका साहसिक पर्यटनमा विश्वकै उत्कृष्ट सेवा दिन थालिएको छ । हामीले स्वार्थी पर्यटनको कुरा अहिले गर्नु हुँदैन । आफ्नो स्वर्थमा मात्रै कुरा गर्नु हुँदैन । संकुचित सोच बनाउँनु हुँदैन । प्रतिस्पर्धामा जे पनि राम्रो हुन्छ । नेपालमा दर्जनौ होटल आउँदै छ । प्रतिस्पर्धाले यसको बजार निर्धारण गर्छ । हामीले राम्रो सेवा दिने र धेरे खर्च गर्ने मात्रै ल्याउने कि धेरै ल्याउने अनि सेवा सुविधा पनि बढाउँदै जाने भन्ने हो । यसका लागि सबैभन्दा पहिले चिन्तन हुनुपर्छ । अहिले चिन्तन एक कदम अगाडि र विकास भने एक कदम पछाडि रहेको अवस्था छ । त्यसैले प्रतिस्पार्धामा जसले राम्रो सेवा र सुविधा दिन सक्छ पर्यट त्यहि जान्छन् । नेपाल अन्तर्राष्ट्रिय निकायसँग सेवा सुविधामा प्रतिस्पर्धा गर्न सक्यो भने अवस्था पनि पर्यटक आउँछन् । राज्यलाई गाली गरेर पूर्वाधार बनाएन भनेर आलोचना मात्र गरेर हुँदैन । सीमित स्रोत र साधनले असीमित माग पूरा गर्नुपर्छ । राज्य नालायक भयो भनेर निजी क्षेत्र चुप लागेर बस्ने पनि त हैन । त्यसैले सरकारले आफ्नो ढंगले काम गर्छ हामी व्यवसायी आफ्नै ढंगले जानुपर्छ । मैले पनि त सन् १९९८ मा नेपाल भ्रमण बर्षको कोअर्डिनेटर भएकै हो नि । त्यतिबेला आफूले कति गर्न सकियो र अब कति सकिन्छ भनेर हेर्नुपर्छ । नेपालको पर्यटन स्थापित भएको निजी क्षेत्रले हो । त्यसैले निजी क्षेत्रको सम्मान गर्नुपर्छ । पर्यटन क्षेत्र भनेकै सधै संभावना भएको क्षेत्र हो । नेपाल पनि पर्यटकीय संभावनाकै देश हो । भएको सम्भावनालाई राज्यले पहिचान गरेर सेवा सुविधाको आधार दिनुपर्छ । राज्यले पर्यटमा भएको विशेषज्ञ क्षेत्र पहिचान गरेर जानुपर्छ । वाइल्डलाइफ, ईको टुरिजम, जैविक विविधता, सांस्कृति, धार्मिक विविधतामा जान सक्छौ । हामीले पर्यटकलाई विविधिकरण नै गर्न सकिएको छैन । हाम्रो पर्यटन बग्गीको घोडा जस्तो हो । एउटाले जे ग¥यो त्यहिमा लाग्ने । हामी आफूले नयाँ केही दिन नसक्नु नै अहिलेसम्मको हाम्रो कमजोरी हो । पर्यटक आकर्षण गर्न नयाँ काम गर्दै जानुपर्छ । पर्यटक भनेको नयाँ र फरक क्षेत्र मन पराउने क्षेत्र हो । नेपालको प्राकृतिक सम्पदा रुचाउने पर्यटक धेरै हुन सक्छ । नेपाल विश्वकै सर्वोच्च हिमाल, सबैभन्दा बढी अग्ला हिमाल, कायकिङ, राफ्टिङ, बन्जी, साहसिक पर्यटकीय गतिविधि सबैभन्दा बढी नेपालमा नै गर्न सकिन्छ । संसारकै ठूलो साहसिक पर्यटनको तुलनामा नेपाल पछाडि पर्न सक्ने अवस्था छैन । विदेशले ठूला पूर्वाधार बनाउने र व्यवस्थित गर्न सकेको छ । नेपालमा व्यवस्थित गर्न सकेनौ । सन् २०१८ लाई हिमालय पर्यटन वर्ष भनेर प्रवद्र्धन गर्नुपर्छ । नेपालको पर्यटन सबैभन्दा बढी आशा र भरोसा भएको क्षेत्र हो । सन् १९५२ पछि नेपालमा पर्यटनको ढोका खुलेको हो । पहाड खोल्यो, हिमाल खोल्यो । अनि नेपाल पनि प्रवद्र्धन हुन थाल्यो । नेपालको पर्यटन भनेकै विस्तारै आएको हो । सन् १९६० पछि हिप्पी आउन थाल्यो । नेपालमा गाँजा तान्न पाउने भएकोले यो पर्यटन १० वर्ष रह्यो । त्यसपछि सन् १९७० पछि वाइल्ड लाइफ सुरू भयो । सन् १९८० बाट राफ्टिङ, सन् १९९० बाट प्राकृतिक पर्यटन सुरू हुन थाल्यो । त्यसपछि रैथाने पर्यटक हुँदै अहिलेको अवस्थामा आइपुगेको छ । संसारमा रैथाने पर्यटन सबैभन्दा राम्रोसँग विकास भएको पर्यटन हो । हामीसँग भएको प्रडक्ट बेच्ने पर्यटन नै रैथाने पर्यटन हो । भएकै वस्तु र सेवा बेचेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । (कुराकानीमा आधारित)
पर्यटक फर्कन थालेपछि खुम्बुक्षेत्र सुनसान
सोलुुखम्बु, १ पुस । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेपछि अहिले पर्यटकीयस्थल खुम्बुक्षेत्र सुनसान देखिन थालेको छ । चिसो बढेसंगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । मुख्य सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीलाई पर्यटकको चाप घट्न थालेपछि यतिखेर हलुङ्गो भएको कार्यालयका गणेश पन्तले बताए । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले खुम्बुक्षेत्रमा जाने पर्यटकलाई अपनाउनुपर्ने नियम र उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिइने गर्छन् । अहिले पर्यटकका लागि उपयुक्त मौसम छैन । उपयुक्त मौसम नभएकाले पर्यटकको आगमन अत्यन्त न्यून हुने गरेको कार्यालयले जनाएको छ । टे्किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायी सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरको अन्त्यसम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दसैँ अघिनै पर्यटक भरियाका लागि खुम्बु पुगेकाहरु समेत बाटोमा फर्कदैँ गरेको पाइन्छ । मौसम प्रतिकुलताका कारण अघिल्लो वर्षमा कतिपय पर्यटकको हवाई उडान रद्द हुँदा पर्यटन व्यवसायी प्रत्यक्ष रुपमा मारमा परेका थिए भने यसवर्ष मौसममा कुनै खराबी नआएपछि पर्यटकहरु सहजै फर्कन पाएका छन् । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि यहाँका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले काम गर्नेलाई होटल जिम्मा लगाएर आफू अन्यन्त्र हिँडेका छन् ।