प्लाष्टिकमुक्त अभियान राराबाट शुरु हुँदै, हिमालदेखि तरार्इसम्म लागु गर्ने लक्ष्य

काठमाडौं । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द अभियान सुरु हुने भएको छ । मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ राराबाट शुरु गरिने भएको छ । अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गर्ने जनाएको छ । स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा उक्त अभियान हुने भएको छ । उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने जानकारी दिएका छन् । कार्यक्रमअन्तर्गत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ । प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताएका छन् । सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाएका छन् । रासस

२४ अर्बको वाइडबडी खरिदमा एक्लिए कंसाकार, अख्तियारदेखि संसदीय समितिद्वारा छानविन जारी

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३०–२०० सिरिजको २ वटा विमान खरिदको विषयले चर्को रुप लिएको छ । विमान खरिद प्रक्रियामा अनियमितताको र विमान खरिदपछि निगम ऋणमा डुबेको आरोप लागेपछि यसको चर्चा अझै चुलिदै गएको छ । २७४ सिट क्षमताको विमान खरिदमा कानूनी प्रक्रिया पुरा नगरेको प्रतिवेदन सार्वजनिक भएपछि यो विषयले ठूलो रुप लिएको हो । विमान खरिद प्रक्रियाका एक्ला साक्षी बनेका निगमका महानिर्देशक सुगतरत्न कंशाकार अहिले खरिद प्रक्रियामा अनियमितता नभएको भन्दै बुझाउनमा व्यस्त छन् । खरिद प्रक्रियामा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानको मुखमा महानिर्देशक कंशाकार एक्लिदै गएका छन् । लेखा समितिको मंसिर ९ गते बसेको बैठकमा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका अध्यक्ष मदन खरेल र महानिर्देशक कंसकारलाई बोलाइएको थियो । बैठकमा सचिव देवकोटाले वाइबडी खरिद प्रक्रियामा मन्त्रालयले चासो दिइरहेको बताए तर खरिद प्रक्रियाको बोल्न चाहेनन् । निगमका कार्यकारी निर्देशक खरेलले आफू अध्यक्ष बनेको केहि महिना मात्र भएको बताए । उनले वाइडबडी विमानलाई राम्ररी सञ्चालन गर्न नसक्दा निगममा आर्थिक संकट आइपरेको बताए । वाइडबडीलाई जापान, चीन लगायत देशमा १७ घण्टासम्म सञ्चालन गर्ने बताउँदै खरिद प्रक्रियामा आफू संग्लग्न नरहेको बताए । उनले प्रक्रियाको बारेमा कंशाकारले नै प्रष्ट पार्ने बताए । कंशाकार बैठकमा बोलिरहँदा उनलाई समितिका सदस्यहरुले निकै चर्को श्वरमा प्रश्न गरेका थिए । तर कंशाकार नरम भाषामा पटक पटक हजुरको हजुरको भन्दै नरम शब्द प्रयोग गरी उत्तर दिइरहका थिए । उनले वाइडबडी खरिद प्रक्रियामा खरिद ऐनको कमा र पूर्णविराम समेत नबिगारेको बताए । आफ्नो कुसल साहसले गर्दा नै विमान ल्याउन सफल भएको दाबी गरे । आफ्नो विषयमा सर्वोच्च अदालतले नै बोलिसकेकोले धेरै प्रष्टाउन आवश्यक नभएको बताए । विमान खरिदको विषयमा पन्छिदै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रबिन्द्र अधिकारीले आफू मन्त्री हुनुभन्दा पहिले नै खरिद प्रक्रिया अघि बढिसकेको बताए । उनले खरिद प्रक्रियामा भ्रष्टाचार भएको पुष्टी भएमा मन्त्रालयले कडा कारबाही गर्ने बताए । उनले खरिद प्रक्रियाको नाममा निगमलाई बदनाम गर्नु नहुने तर्फ पनि सचेत गराए । वायुसेवा निगम कमाई खाने संस्था भएकोले सधै घाटा खाएर निगम सञ्चालन गर्न नसक्ने बताए । निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्न फाइल अघि बढेको र केहि हप्तामै निर्णय भैसक्ने अधिकारीले जानकारी दिए । यस हिसाबमा कंशकार विमान खरिदमा एक्लै भिडिरहेका छन् । वाइबडी खरिद प्रक्रियामा प्रक्रिया पुरा गरे नगरेको बारे सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले अनविज्ञता प्रकट गरे । रेग्मीले ऐन अनुसार नयाँ जहाज किन्न सिधैं कम्पनीसँग सम्पर्क गर्नु पर्नेमा १ हजार घण्टा मापदण्ड राखी नयाँ जहाज खरिद गरिएको बताए । बोलपत्रमा कम्पनीको नाम उल्लेख गरिनु पनि ऐन विपरित भएको विचार राखे । अब कार्यलयले समितिको निर्देशन अनुसार १ हप्ताभित्र अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ । याे पनि हेर्नुहाेस् यसरी भयो वाइड बडीमा गडबडीः महालेखा परिक्षक टंकमणि शर्मा लेखा समितिमा कंसाकारको बयानः वाइड बडीमा कमा र फुलस्टप पनि बिगारेका छैनौं

वायुसेवा निगम बेच्ने/नबेच्ने २ हप्ताभित्र निर्णय हुन्छ: रबिन्द्र अधिकारी

काठमाडौं । नेपाल वायु सेवा निगममा आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका छन् । वायु सेवा निगम कमाउने संस्था भएकोले सधै घाटामा सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् । ‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’ रिर्पोटर्स क्लबमा आयोतित एक कार्यक्रममा उनले वाइड बडी खरिदमा भ्रष्ट्राचार गर्ने जो कसैलाई नछोड्ने समेत बताएका हुन्  । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो । निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो । वाइड बडीलाई जापनको नारिता र ओसाकामा उडान भर्ने तयारी भैरहेको छ । आगामी मार्चमा चीनमा समेत उड्नेछ । यो हुँदा २ वटा वाइड बडीले पुग्दैन । अनियमितताको नाममा वायु सेवा निगमलाई कमजोर बनाउन नहुने मन्त्री अधिकारीको भनाई रहेको थियो ।