१ करोडको लगानीमा चितवनमा ‘प्रेसिडेन्ट सेकुवा’, फागुन ६ गतेदेखि सञ्चालन

चितवन। पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चित बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को आठौँ शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो । प्रेसिडेन्ट ग्रुप होटल अन्तर्गत २०६३ सालबाट सामान्य किराना पसलसहित सुरु भएको प्रेसिडेन्ट ग्रुप अफ होटलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ शाखा भरतपुरमा संचालन गर्न लागिएको जानकारी दिएको हो । मुलुककै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए । “चितवनवासी र यस वरपरका खाना पारखीहरुलाई जानकारी गराउन पाउदाँ निकै हर्षित समेत भएका छौँ, उनले भने, “सेकुवा पारखीहरुको सुविधालाई ध्यानमा राख्दै चितवनमा प्रेसिडेन्ट सेकुवाको शाखा खोलेका हौँ । ” बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा चितवनमा बिस्तार गरेको उनले स्पष्ट पारे । भरतपुरमा खोल्ने प्रेसिडेन्ट सेकुवाको नयाँ शाखाको सबै तयारी पूरा भएको र फागुन ६ गतेदेखि सञ्चालन आउने उनले बताए । शुभारम्भकै अवसरमा ५ गते प्रेसिडेन्टको खानाका स्वाद चाख्ने कार्यक्रम राखेको उनले बताए । प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्कषित गर्न अध्यक्ष भण्डारीको दावी छ । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए । एक करोड लगानीमा संचालनमा हाउन लागेको प्रेसिडेन्टको भरतपुर शाखामा किड्स प्ले रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए । किड्स प्ले रुममा बच्चाहरुलाई निःशुल्क व्यवस्था गरिने भण्डारीको भनाइ छ । प्रेसिडेन्ट सेकुवामा ठूलो स्कृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत रहने भण्डारीले जानकारी दिए । भरतपुरमा शाखा सञ्चालन गर्नुपूर्व नै चितवनका उपभोक्ताहरुलाई सेवा दिने उद्देश्यले प्रेसिडेन्ट सेकुवाले फुड फेस्टिबलमा आफ्नो उपस्थिति देखाएको छ । शुभारम्भको अवसरमा केहि दिन विशेष छुट समेत व्यवस्था गरिएको उनले बताए ।

किङ्स लाउन्जको पहिलो शाखा पोखरामा, बैशाख १ बाट संचालनमा आउँदै

काठमाडौ। किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो । पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । काठमाण्डौंको दरबारमार्गमा अवस्थित किङ्स लाउन्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ । यसै गरी प्रेम दिवसको दिन मंगोलियन हर्टले दरबारमार्गस्थित किङ्स लाउन्जमा प्रस्तुती दिने भएको छ । मंगोलियन हर्टका राजु लामाले व्याण्डको सिरिज कन्सर्ट अन्तरगत किङ्स लाउन्ज दरबार मार्गमा सांगितिक प्रस्तुती दिन लागेका हुन् । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि लामाले आफ्नो व्याण्डको साथमा सांगितिक प्रस्तुती दिने छन् । छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने, ग्राहकहरुलाई लाउन्जको सवारी साधनबाट घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था लाउञ्जले गरेको छ । लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।

पर्यटक भित्र्याउन भौतिक पूर्वाधार निर्माण जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको विहान स्थलगत अवलोकन गरेका छन् । भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताए । शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ । रासस