उपल्लो मुस्ताङको सोलार हिउँले बिगार्यो, लोमान्थाङका १३ सय घरमा अन्धकार

ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताए । चार वर्षअघि चीन सरकारको एक करोड रुपैंया अनुदानमामा सौर्य ऊर्जा परियोजना जडान गरेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा रहेको लोमान्थाङमा विद्युत् आपूर्ति गरिएको थियो । ‘सौर्य ऊर्जाको भर परेर वैकल्पिक व्यवस्था गरेका थिएनौं’ गुरुङले भने, ‘परियोजना बन्द भएपछि उज्यालोका लागि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न पाएका छैनाैं ।’ उक्त सौर्य ऊर्जाबाट उपल्लो मुस्ताङका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ क्षेत्रका एक हजार ३६६ घरमा विद्युत् सुविधा पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेको उपल्लो मुस्ताङ क्षेत्रमा ३० सौर्य प्यानलबाट उत्पादित उक्त विद्युत्ले लोमाङथाङ क्षेत्र उज्यालो बनेको थियो । चीन सरकारको आफ्नै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सौर्य ऊर्जा स्टेशन मर्मतका लागि उनीहरु नै आउनुपर्ने भएकाले तत्काल मर्मत गर्नसक्ने अवस्था नरहेको लोमान्थाङ गाउँपालिका–१ का अध्यक्ष पेमा आङ्ग्या गुरुङले बताए ।

अब हिमाल चढ्ने पर्यटकलाई नेपालमै प्याकिङ गरिएको खाना

काठमाडौँ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट टे«कर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलो पटक बजारमा ल्याइएको खाद्य पदार्थ हाल तीन किसिमका रहेकामा एक वर्र्षिभत्र दाल, भातसहित २० वटा खाद्यान्नलाई प्याकेटमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अमेरिकी प्रविधिमा तयार गरिएका ती खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरिने भएकाले १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं सो खाद्य वस्तुका प्रवद्र्धक सिर्जन सिंखडाले बताए । उनले पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने भएकाले यस खालका खाद्य पदार्थको प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गरे । प्याकेजिङ गरिएको खाद्यवस्तु १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने उनको भनाइ छ । कार्यक्रममा ग्रेटे हिमालयन ट्रेल एड्भेन्चरका प्रबद्र्धक से ब्याक्लीले यो खाना बनाउने मिसिन निर्माण गर्नको लागि ३ देखि साढे ३ बर्ष लाग्ने बताए । त्यसैगरी नेपाल योग एसोसिएसनका उपाध्यक्ष कुमार थापाले यो हिमाली क्षेत्रको लागि समय सापेक्ष खाना भएको बताउँदै यसको प्रबद्र्धनको लागि सबै लागि पर्नु पर्ने बताए ।

मनाङमा विदेशी पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन

मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए । शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिए । रासस