सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु
काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । अमेरिकी र स्वीजल्याण्डका आरोहीको आरोहणका क्रममा मृत्यु भएको हो । आरोहणका क्रममा आरोहीको मृत्यु भएको सुन्नमा आएपनि आधिकारिक रुपमा जानकारी नआएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘एक विदेशी समिट सकेर फर्कने क्रममा र अर्काे विदेशी आरोहणका क्रमाम हिलारी स्टेपमा मृत्यु भएको भन्ने छ, कुन देशका तथा के कारणले मृत्यु भएको आधिकारीक जानकारी आएको छैन’, उनले भने । आरोहणका क्रममा आइसब्यान्ड, अक्सिजन नपुगेर तथा अन्य कारणले मृत्यु भएको होला, अरु ठूलो दुर्घटना भएर मृत्यु नभएको उनी बताउँछन् । स्विजरल्याण्डका आरोही अब्दुल वाराइज र अमेरिकी आरोही पूवे लिउको मृत्यु भएको आरोहणकाे जिम्मा लिएको एजेन्सी सेभेन समिट ट्रेकले जनाएको छ । एजेन्सीले सामाजिक सञ्जाल मार्फत दुई आरोहीको बुधबार मृत्यु भएको जनाएको हो । आरोहणका क्रममा स्विजल्याणका अब्दुल समिट गरेर फर्कने क्रममम साउथ कोल नजिकै मृत्यु भएको थियो । उनी आरोहणका क्रममा थकाईले ग्रस्त भएका थिए । उनमा समस्या आएपछि थप दुई शेर्पामार्फत अक्सिजन र खाद पदार्थ पठाएर उद्धारको प्रयास भएपनि अन्तिममा उनको मृत्यु भएको थियो । यस्तैगरी, अमेरिकी आरोही लिउ आरोहणका क्रममा हिलारी स्टेपमा मृत्यु भएको हो । हिउँका ल्याइन्डेसका बाररण उनको मृत्यु भएको थियो ।
बुधबार चार वायुसेवा कम्पनीले गर्दैछन् दश अन्तर्राष्ट्रिय उडान
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नियमित रुपमा हुदैँ आएका अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर तथा कार्गाे उडान हुँदै आएका छन् । चार्टर र कार्गाे उडान स्वरुप बुधबार चार वटा वायुसेवा कम्पनीले १० वटा अन्तर्राष्ट्रिय उडान गर्दैछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार चार वटा कार्गाे, एक/एक ट्रेनिङ उडान र एयर बबल अन्तरगत भारतको नयाँदिल्ली उडान रहेका छन् । जसमा एयर चाइनाको छेङदु–काठमाडौं कार्गाे उडान बिहान ८ः३० बज अवतरण भइसकेको छ । उक्त कार्गाे उडान साँझ ६ः३५ बजे छेङदुका लागि उडान भर्नेछ । यस्तैगरी, सिचुआन एयरलाइन्सको कार्गाे उडान बिहान १०ः३५ विमानस्थलमा अवतरण भएको छ । उक्त उडान साँझ ७ः१५ बजे छेङदुका लागि उडान भर्नेछ । हिमालय एयरलाइन्सको ट्रेनिङ उडान बिहान ११ बजे र ११ः५ बजे एयर बबल अन्तरगत भारतको नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले उडान गरिसकेका छन् । निगमको उक्र उडान दिउँसो ३ः१५ मा काठमाडौँ फिर्ता हुनेछ । यसअघि मंगलबार पाँच वटा वायुसेवा कम्पनीले ९ वटा उडान भएका थिए । जसमा तीनवटा कार्गो, दुईवटा चार्टर र एउटा एयर एम्बुलेन्स उडान भएका थिए । सरकारले कोरोना संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै गत बैशाख २३ गते मध्येरातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उक्त उडान आगामी जेठ १७ गतेसम्मका लागि बन्द गरिएको छ ।
१७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द, बुधबार र शुक्रबार नयाँदिल्ली उडान
काठमाडौं । सरकारले आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको छलफलपछि दोस्रो पटक उडान बन्दकोे अवधि थप गरिएको हो । गत बैशाख २३ गते मध्येरातीदेखि नियमित अन्तर्राष्ट्रिय उडानम बैशाख ३१ गतेसम्मका लागि बन्द गरिएको थियो । पछिल्लो समय काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि दोस्रो पटक १७ दिनका लागि उडान बन्द गरिएको हो । नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएता पनि चार्टड तथा कार्गाे र भारतको नयाँदिल्ली उडानमा भने रोक लगाईएको छैन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंगलबार नै सबै वायुसेवा कम्पनीलाई उडान बन्दको जानकारी गराईसकेको छ । अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र स्वदेश फर्कने श्रमिकहरु मारमा परेका छन् । बुधबार र शुक्रबार नयाँदिल्ली उडान अन्य गन्तव्यका सम्पूर्ण उडान बन्द भएता पनि नेपाल–भारत सातामा दुई उडान हुनेछन् । नेपाल वायुसेवा निगम र एयर इन्डीयाले सातामा एक/एक उडान गर्नेछन् । नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान गर्ने तयारी गरेको जनाईएको छ । एयर इन्डियाले शुक्रबार १ सय ८० सिट क्षमताको एयरबस ३२० जहाजबाट उडान गर्ने गरी क्यानबाट अनुमति लिइसकेको छ । उसले शुत्रबार दिउँसो साढे २ बजे काठमाडौं अवतरण गर्नेछ । यस्तैगरी नेपाल वायुसेवा निगमले १५८ सिट क्षमताको एयरबस ३२० जहाजबाट बुधबार उडान गर्नेछ । निगमले काठमाडौं–नयाँदिल्ली बिहान ११ः५ बजे र नयाँदिल्ली–काठमाडौँ सोही दिनको दिउँसो ३ः४५ मा उडान गर्दै आएको छ । एयर बबल मार्फत काठमाडौं आउने यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनिवार्य रुपमा १० दिन होटलमा क्यारेन्टाइन बस्नुपर्ने जनाईसकेको छ । १० दिन होटलमा बस्नुपर्ने भन्दै मन्त्रालयले विभिन्न ८ वटा होटललाई क्यारेन्टाइनको रुपमा छुट्टाइसकेको छ । मंगलबार नै काठमाडाैं उपत्यकाका तीन जिल्लाका अधिकारीहरुकाे बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेकाे छ ।