पर्यटन मन्त्रालयलाई २७ अर्ब ४७ करोड बजेट

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

विदेशी पर्यटकलाई १ महिना निशुल्क भिसा

काठमाडौं । सरकारले नेपाल म्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) निस्शुल्क उपलब्ध गराउने भएको छ। नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले निशुल्क भिसा दिन लागेको हो । नेपालका पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीलाई १० दिन बराबरको पर्यटन काज दिने घोषणा गरिसकेको छ । यसअघि सरकारले भुकम्पपछि नेपालमा चीनका पर्यटकलाई तीन महिनासम्म निशुल्क भिषा दिदैँ आएको थियो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

तीन देशमा जेठ १८ गतेदेखि सातामा एक अन्तर्राष्ट्रिय उडान खुल्दै

काठमाडौं । सरकारले तीन देशमा सातामा एक वटा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीमा उडान खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सबै गन्तव्यमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव लगेको थियो । मन्त्रालयको प्रस्तावका आधारमा सरकारले तीन गन्तव्यमा उडान खुलाको निर्णय गरेको हो । नियमित उडान बन्दको समयमा चार्टर उडानमा वायुसेवा कम्पनी र एजेन्टको मिलोमतोमा तीन गुणा सम्म भाडा लिएर यात्रुलाई ठगिने गरेको जस्ता गुनासो बढेपछि मन्त्रालयले उडान खुला गर्ने प्रस्ताव लगेको थियो । आगामी जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिनेछ । यस्ते बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका तथा पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय गरेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ । खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्नेछ । तीन गन्तव्यका लागि सातामा एक वटा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएपनि आन्तरिक उडानको विषयमा कुनै निर्णय भएको छैन । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका हुने गरेको नियमित अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । यसअघि नै जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द भएतापनि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरिएको छ । गत बैशाख २३ गतेदेखि नै अन्य गन्तव्यमा अन्तर्राष्ट्रिय उडान बन्द भएतापनि भारतको नयाँदिल्लीमा साताको २ वटा उडान हुँदै आएको छ । एयर बबल अवधारण अन्तरगत नेपाल वायुसेवा निगमले बुधबार र एयर इण्डीयाले शुक्रबार उडान गर्दै आएका छन् ।