जेडटीई स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक, १० हजार ५ सय बाट सुरु

काठमाडौं । जेडटीई स्मार्टफोनको नयाँ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा जेडटीईले नयाँ सिरिज सार्वजनिक गरेको हो । नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको हो । कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो । ’हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,’ शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने । यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, मल्टिटास्किङ र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटीईका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ । जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमता जेडटीई ब्लेड ए ७५ को मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा ४ जीबी र्‍याम २५६ जीबी स्टोरेज उपलब्ध छ । फोन डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन कलरमा छ । जेडटीई ब्लेड ए ५३ ई को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यसमा २ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यो सिल्भरी ग्रे र आइस ग्रीन कलरमा उपलब्ध छ । जेडटीई ब्लेड ए ५५ २ जीबी र्‍याम, ६४ जीबी स्टोरेज– ११ हजार ९९९ रुपैयाँ ४ जीबी र्‍याम, १२८ जीबी स्टोरेज – १२ हजार ९९९ रुपैयाँ कलर– स्टारी ब्ल्याक एन्ड वाटर ब्लु जेडटीई नुबिया भी ७० म्याक्स मूल्य– १५ हजार ९९० स्टोरेज ६ जीबी र्‍याम, १२८ जीबी स्टोरेज कलर– लेक ग्रिन र ग्लाटिक ग्रे जेडटीई नुबिया भी ७० डिजाइन ८ जीबी र्‍याम, १२८ जीबी स्टोरेज– १६ हजार ९९९ रुपैयाँ ८ जीबी र्‍याम. २५६ जीबी स्टोरेज– १८ हजार ९९९ रुपैयाँ कलर- स्टोन ग्रे र जेड ग्रिन

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ । यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने कम्पनीले जनाएको छ । मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघट स्थलको रूपमा विकसित भएको छ । प्रत्येक दिन हजारौं भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मनपर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ । यो साझेदारी मार्फत देशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ । साथै, ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरू प्रस्तुत गर्नेछ जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ । टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एक एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं ।’

एनसेलले ल्यायो भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक, १ लाखको अस्पताल खर्च बेहोर्ने

काठमाडौं । ग्राहकहरूका आवश्यकता र नवीनतम सेवा सुविधाहरू प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक प्याकेज नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि समेत सहयोगी पुग्ने एनसेलले जनाएको छ । २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने एनसेलको दाबी छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नेछ । भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत बेहोर्नेछ । करसहित १ हजार ७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।