४८ हजार ८ सय मूल्यकाे सामसङ ‘ए सेभेन जीरो एस’ नेपाली बजारमा, के-के छन् विशेषता ?
काठमाडाैं । विश्वको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले नयाँ ग्यालेक्सी ‘ए सेभेनजिरो एस’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार मात्रै नयाँ स्मार्टफोन ग्यालेक्सी ‘ए सेभेन जीरो एस’ नेपाल भित्र्याएको हो । उक्त मोबाइलमा नाइट मोडमा एवं सुपर स्टेडी भिडियोको साथ ६४ मेगापिम्सलको ट्रिपल क्यामेरा रहेको छ । यस्तै एआई गेम बुस्टर, ४५ सय एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्टचार्जिङ्ग जस्ता विशेषताहरु रहेको सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए । मोबाइलमा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले, अक्टाकोर क्वालकोम स्न्यापड्रैगन ६७५ प्रोसेसरको स्विधा रहेको बताए । स्थापितले नेपाली बजारमा उक्त मोबाइलको मूल्य ४८ हजार ८ सय ९० रहेको बताए । मोबाइलमा ६ जीबि प्लस १२८ मेमोरी रहेको छ ।
“टिकटक” भिडियो एप डाउनलोड गर्नेकाे संख्या पुग्याे १ अर्ब ५० करोड
क्यालिफोर्निया । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् । सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् । रासस
सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले धुलिखेल नगरपालिका वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेको छ । उक्त कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले सो विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । । बैंकले सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई कम्प्युटर वितरण गरेको हो ।