वागमति जस्तै चक्रपथ सफाई अभियान सुरु, पहिलो शनिबार १३ फोहोर संकलन

काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो । सफाईमा पाँंच सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, सशस्त्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए । वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए ।  सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भने, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं । कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो । चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो । अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको उनले बताए ।  चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो । सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।

ईण्डोनेशियासँग नेपालको व्यापार बढ्दो, नेपालीलाई अनएराईभल भिसा सुविधा

काठमाडाैं । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका ईण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० माऔपचारिक कुटनीतिक संबन्ध स्थापना भएको थियो । गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक संबन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको सो अवसरमा ढकालले बताए । नेपालका लागि ईण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मेदेखि नेपाली नागरिकहरुलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको उनले बताए । यो व्यवस्थाले नेपालीहरुलाई ईण्डोनेशिया भ्रमणमा सहजबनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको ढकालले बताए । ईण्डोनेशिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । साथै, नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच व्यापार व्यवसायका थुप्रै संभावनाहरु रहेको वाणिज्य दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

परम्परागत तीज, जाँडसहितको दिवा भोज र कट्टु डान्स

तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । यो पर्वमा महिलाहरु वर्षौंदेखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना शुख–दुख साटासाट गर्ने गर्छन । यो पर्व हिमालय पर्वतपुत्री भगवान पार्वतीको पालादेखि नै मनाउदै आईएको विस्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउ“ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिस्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । आपसमा दिदी बहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर शुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतीपातीमा व्यस्त रहेका दिदी बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदी बहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेकाछन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ । तीज भनेको बिशेषगरी एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदी बहिनीहरुले आफ्नो दुःख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदी बहिनीलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपूर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईती घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकि त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँ । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्नेपनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने ठाउँ छैन । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिन प्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरगं पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पर्व पनि हो । सासुले गरेको व्यबहार कर्मघरको दुःख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुँदैन । तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगीनिलाई खुशी बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लाीि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविश्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकिरहेको छैन । कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तीजलाई कमाईको भाँडो सम्झिने कलाकारहरु कुन समाजमा के को लागि म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावी पुस्तालाई हामीले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनीहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री आमाले मनाए जस्तै तीज होस चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन । यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सकेमात्र नारीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सकिन्छ । बेलकोठगढी ९, नुवाकोट ।