व्यवस्थापनमा समस्या आएपछि काठमाडौ महानगरले भन्यो, फोहर आफनै घर र अफिसमै राख्नुस
काठमाडौं । काठमाडौंको फोहरमैला व्यवस्थापनको समस्या पुनः बल्झिएको छ । काठमाडौ महानगरपालिका भित्रबाट संकलित फोहर व्यवस्थापन गर्न साइट सिसडोलमा अवरोध भएपछि समस्या आएको छ । फोहर उठाउन नसकिएको भन्दै महानगरपालिकाले तत्कालका लागि फोहर आफने घर वा अफिस कम्पउन्ड भित्र व्यवस्थापन गर्न अनुरोध गरेको छ । प टक पटक वार्ता भएको र लचकता देखाउदा पनि समस्या समधान नभएको महानगरपालिकाले जनाएको छ । फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताउदै केही दिनभित्र समस्या समधान हुने जानकारी महानगरले दिएको छ ।
बाढी पीडितलाई धितोपत्र बोर्डको ३० लाख सहयोग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाढी पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ दिएको छ । पुर्वी नेपालमा आएको बाढी र डुबान पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ उपलब्ध गराएको बोर्डका उप प्रवक्ता डा. नवराज अधिकारीले जानकारी दिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवालाई सहयोग रकम उपलब्ध गराएका हुन् ।
दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत
काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’