सिरियामा युद्धविरामका लागि प्रस्ताव, अनुमोदन युद्धविराम हुनेमा अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपील गर्दै शनिबार एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको सुरुवातदेखि ठूलो हिंसा मच्चिएको छ । त्यसमा परी सयौँ नागरिक मारिएका छन् । उक्त क्षेत्रमा गएको हप्तादिनसम्म व्यापक मात्रामा बमबारी भइरहेको छ । सो बमबारीमा परी सयौँ मानिस मारिएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदकै पहलमा यो निर्णय लिइएको समाचारमा जनाइएको छ । खासगरी उक्त क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामाग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू पनि चलाउन सकिएको छैन । त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटमा परेका कैयौँ नागरिकलाई सहायता सामाग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ । यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन् । तर उक्त समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।तर उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाको सरकारी सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा शङ्का रहेको बताउँछन् । उक्त प्रस्तावको पक्षमा रुस नरहेको अमेरिकाको आरोप थियो । तर पनि प्रस्तावको भने पक्षमा नै रुसले मतदान गरेका छन् । तर अमेरिकाले भने सो मतदानलाई ढिलो गराउनमा रुसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको बताइएको छ । त्यसैगरी रुसी राजदूतले पनि सुरक्षा परिषदको प्रस्तावमा हुन लागेको भनिएको सो युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । उता प्राप्त एक पछिल्लो समाचारअनुसार अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन् । सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा जारी सो हवाई आक्रमण शनिबार साँझ नै पनि भएको थियो । यसमा परी कैयौँ व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा निकै आक्रामक रुपमा नै आक्रमण गरेको छ । सो आक्रमणमा परी पछिल्लो दुई हप्तामा मात्र पनि करिब ५०० जना सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । मारिनेमा १०० जनाभन्दा बढी बालबालिका पनि परेका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । सुरुमा यस प्रस्तावमा रुसको विरोध भएपछि लम्बिएको थियो । मानवअधिकारबादीले मानवीय सहायता पुर्याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त प्रस्तावमा छलफल भएको थियो । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रुप लिएको छ । जारी सो द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यस्तै लाखौँ नागरिक घाइते भएका छन् । तर शान्तिपूर्ण समाधानका प्रयास भने सफल हुन सकेको छैन । रासस/एएफपी

दोलखाको विद्यालयलाई नबिल फाउण्डेसनको सहयोग

काठमाडौं । नबिल बैंकद्धारा सञ्चालित नबिल फाउण्डेसनले दोलखाको विद्यँलयलाई सहयोग गरेको छ । दोलखाका दुई विद्यालयलाई फाउन्डेसनले विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा श्री जागरण भिमेश्वर विद्यालय र श्री गुरासे प्राथमिक विद्यालय रहेका छन् । सो विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई फाउन्डेसनका अध्यक्ष दयाराम अग्रावालले शैक्षिक समाग्री प्रदान गरे । कार्यक्रममा कालिन्चोक गाउपालिकाका अध्यक्ष बिन कुमार थामीको पनि उपस्थिती रहेको थियो ।

दुईदिने महिला र कानुन सम्बन्धि तालिम सम्पन्न, उद्यमसिलता र विकासमा अघि बढ्न जोड

काठमाडौं । समान पहुँच नेपालद्धारा आयोजित महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमका अधिवक्ता विष्णु माया भुसाल, रमा श्रेष्ठ लगाएतले विवाहवारी सम्बन्धित कानुनी व्यवस्था र उजुरी तथा सजाय सम्बन्धि कार्यविधी र महिलाको सम्पती सम्बन्धि अधिकार र यसको उजुरी सम्बन्धि कार्यविधीका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्णगोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उद्यमसिलता र विकासमा अघि बढ्न सुझाव दिएका छन् । सो अवसरमा सहभागी दिदी बहिनीलाई प्रमाण पत्र उपलब्ध गराइएकोे समान पहुँच नेपालकी महासचिव शान्ता वस्यालले बताए । सो दुई दिनै प्रशिक्षण कार्यक्रमको सहयोगीका रुपमा चन्द्रागिरी नगरपालिका रहेको बताइएको छ ।