लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान सम्पन, ७० कर्मचारीहरु सहभागी

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो । उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।

जनता बैंक अब पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा

काठमाडौं । जनता बैंक लिमिटेडले पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा नयाँ शाखा खोलेको छ। बैंकले बिहीबारदेखि नै यी दुबै शाखाबाट कारोबार सुरु गरेकाे छ। उक्त लेकसाइड शाखाको उद्घाटन लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र बैंकका सञ्चालक रामबहादुर भण्डारीले गरेका हुन् । त्यसैगरी अत्तरीयाको शाखा उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरि साउद र बैंकका सञ्चालक गौतम प्रसाद दखनाले गरेका छन् । यी दुर्इ शाखा सहित बैकको शाखा सङ्ख्या ९४ पुगेको छ । बैंकले २६ शाखा रहित बैकिङ, ३ समिती बैंकिङ इकाई र ६७ वटा एटिएमहरु मार्फत ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आएकोे जनाएको छ । बैंकको हाल ५२ अर्ब ४४ करोड निक्षेप र ४९ अर्ब २४ करोड कर्जा कारोबार रहेको छ ।  

डाबर नेपालको ‘स्कुल इम्युनो च्याम्प’ सम्पन्न, १२ विद्यालय उत्कृष्ट

काठमाडौँ । डाबर नेपाल प्रालीले जाडो महिनालाई लक्षित गरी सञ्चालन गरेको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न भएको छ । डाबरले जाडो याममा बालबालिकाकोे आन्तरिक शक्तिमा कमी आउने हुनाले आन्तरीक शक्ति बढाउन स्वस्थ्यबद्र्धक खानेकुरा बारे विद्यार्थीलाई जानकारी दिन कार्यक्रम आयोजना गरेको हो । एक महिनासम्म चलेको कार्यक्रममा देशभरीका ८६ वटा विद्यालयलाई समावेश गरिएको थियो । त्यसमध्ये १२ वटा विद्यालयलाई उत्कृष्ट घोषणा गरी डाबर नेपालले पुरस्कृत गरेको छ । साथै डाबरले न्यानो लगा संकलन गरी कारागारका बालबालिकालाई सहयोग गर्ने समेत जनाएको छ । डाबर नेपाल प्रा.लि.का बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले डाबर स्कुलइम्युनो च्याम्प २०१७ बाट ३६ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पाएको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए ।