आज विराटनगर–चितवन र कर्णाली–जनकपुर आमनेसामने हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ । यस्तै, आजको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । उक्त खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

एनपीएलको उद्घाटन खेलमा हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते सम्पन्न हुनेछ ।

Share News