बाग्मती सफाई अभियानमा मुक्तिनाथको सहभागिता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । वाग्मती सरसफाई अभियानमा २०० औं हप्तादेखि सहभागी हुँदै आएको र पोखरा नगर सरसफाई अभियानमा पनि सहभागी हुँदै आएको बैंकले जनाएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।
खुल्यो कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान), को को छन् संस्थामा ?
काठमाडौं । सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान)को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व पर्यटन तथा सस्कृति मन्त्री कृयाशुर शेर्पाले संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे । सो अवसरमा ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लबबहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवम् प्रतियोगिताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको र बताए । त्यसैगरि, संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिदै सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्टसंग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता आयोजनाको क्षेत्रमा देखिदै आएका विकृति बिसंगतीलाई निरुत्साहित गर्दै कार्यक्रम व्यवस्थापनको कार्यलाई थप ब्यवस्थित तुल्याउन तथा ईभेन्ट कम्पनीहरुको पेशागत हकहित, अनुशासन र मर्यादाका लागि एक आपसमा मेलमिलापको भावनालाई जागृत गराउने बताए । संघका सल्लाहकार सिताराम पोखरेलले संघले आफ्नो संगठनलाई सशक्त पार्दै अघि बढाउन ध्यान केन्द्रित गर्नूपर्ने बताए । संघका उपाध्यक्ष शान्ता लामाले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिकृति बिसंगति रहेको औल्याउँदै आगामी दिनमा संघले यस्ता ईभेन्टलाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताईन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । संघको विधिवत दर्ता लगत्तै गत चैत्र ०७ गते नुवाकोटको बिदुर नगरपालिका ३ स्थित चन्डि आधारभुत बिद्यालयमा मिलाप फाउण्डेसनसँगको सहकार्यमा १५२ जना विधार्थीहरुलाई संघले खेलकुद एबम स्टेशनरी सामाग्री तथा ब्याग वितरण गरेको संघका प्रवक्ता सरोज ओझाले जानकारी दिए । कार्यक्रम ब्यवस्थापन संघ, नेपालमा को को छ्न् : संघको अध्यक्षमा लव बहादुर कार्की, उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, महासचिव सावित्री ढुङ्गाना, प्रवक्ता सरोज ओझा, सचिव सोनीतराज ढुङ्गेल, सहसचिव डेविलसिहं राजपुत, कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे र कार्यसमिती सदस्य मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिपराज वन्त, सुरज थापा र सपना राई रहेका छन् । त्यसैगरी संस्थापक सदस्यहरुमा गोकर्ण लामीछाने (नुवाकोट), राजिव दियाली (मोरङ्ग), सविना श्रेष्ठ (धनगढी), समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र अशोक तामाङ रहेका छन् ।
रात्रिकालीन काठमाडौं, रंगिन दुनियाँ कि विकृतिको अड्डा ?
काठमाडौं । संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् । फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ । शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो ?’ स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो, जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयोे र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन । रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ । डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ । रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ । प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ । प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।