बीमा समितिको ५० औं स्वर्ण महोत्सवमा ६१ जनाले गरे रक्तदान
काठमाडौं । बीमा समितिको ५० औं स्वर्ण महोत्सवका अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । बीमा समिति कर्मचारी युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा बीमा समिती तथा बीमक कम्पनीका ६१ जना कर्मचारीले रक्तदान गरेको युनियनका अध्यक्ष पदम सोडारीले जानकारी दिए । समितिले जेठ १ गते ५० औं स्वर्ण महोत्सव मनाउँदैछ । सोही अवसरको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजीत रक्तदान कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक श्रीमान कार्की, निर्देशक राजुरमण पौडेल लगायतको पनि सहभागीता रहेको थियो ।
ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गाभित्र शहिद पार्क बन्ने
काठमाडौं । ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने भएको छ । सरकरले यस योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकास कार्यक्रमले गर्दै आएको जनाइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने करिब ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको हो । यस सम्बन्धमा बृहत कार्य–योजना डीपीआर समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन् समेत तयारी गरि प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा काम अघि बढिसकेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बन तथा भूसंरक्षण मन्त्रालयबाट इआइए सम्बन्धि क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची टीओअर प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको जनाइएको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइ आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको बताइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटो चार किल्लाभित्र पर्ने करिब ११\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको हो । बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरि क्षेत्र निर्धारण गरेको समेत जानकारी गराइएको छ ।
डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र, काे हुन् त उनी ?
काठमाडौं । केवल सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा ११० वटा चित्रकला निर्माण गरिसकेकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसइई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० वटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १०५ वटा चित्र नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् । जावलाखेलस्थित सेन्टमेरिज विद्यालयबाट एसइई परीक्षा दिएकी उनले अहिले फुर्सदको समयको सदुपयोग गरिरहेकी छिन् । उनले भनिन् , “यस चित्रकला प्रदर्शनीबाट संकलन हुने सबै रकम बालुवाटारमा रहेको अनाथ बालबालिका राखिएको गृह प्रवास नेपाललाई सहयोग गर्नेछु ।” त्यहाँ सबै अनाथ अर्थात बाबुआमा नभएका टुहुरा बालबालिका पढ्ने गरेका छन्, त्यो कुरा मैले यसअघिनै विद्यालयबाट कलासम्बन्धी पढाउन जाँदा थापा पाएँ, ढकालले भनिन् । त्यस अनाथालयमा एउटा पनि कम्प्युटर छैन, अहिलेको जमानामा पनि कम्प्यूटर बिना के गर्न सकिन्छ, त्यसैले उनीहरुको समस्यालाई बुझी मलाई यस किसिमको भावना आएको हो । भविष्यमा डाक्टर बनेर नागरिकको सेवामा समर्पित गर्ने लक्ष्य रहेकी ढकाललाई एक कक्षामा अध्ययन गर्न शुरु गरेसँगै कलासम्बन्धी रुची रहेको बताउँछिन् । डाक्टर बने पनि चित्र निर्माण गरी असहाय र अनाथलाई सहयोग गर्ने पनि उनले बताइन् । वैशाख २२ गतेदेखि शुरु भएको प्रदर्शनीमा हालसम्म दशवटा कला बिक्रीबाट रु एक लाख आम्दानी भइसकेको छ । प्रदर्शनीमा रु पाँच हजारदेखि रु दुई लाखसम्मका चित्र राखिएका छन् । यी सबै चित्र बनाउनका लगि रु तीनलाख ५० हजार खर्च भएको बालचित्रकार ढकाल बताउँछिन् । प्रदर्शनीमा राखिएका सबै चित्र प्रकृति र समाजमा हुने गतिविधिसँग सम्बन्धित रहेका छन् । उनले अलि मन खिन्न पार्दै भनिन् -अहिलेसम्म दैनिक ५० जनाभन्दा बढी अवलोकन गर्ने व्यक्ति आएका छैनन्, सायद प्रचारप्रसार कम भएर पनि होला । उनले फेरि सबैसँग आग्रह गर्दै भनिन्, आएर मेरो चित्र हेर्नुस्, राम्रो लागेका किन्नुस् यसबाट आएको रकम मेरो व्यक्तिगत प्रयोजनको लागि होइन, म जस्तै तर अनाथ बालबालिकालाई सहयोग गर्नका लागि हो, यसबाट हजुरहरुको पनि सहयोग हुनेछ । “सानै उमेरदेखि दयालु स्वभावकी ज्वाला अहिले पनि उस्तै नै छिन्, कसैको दुःख देख्नुपर्दा उसलाई यसमा के गर्न सकिन्छ भन्ने चिन्ताले सताइहाल्छ”, ज्वालाकी आमा होमकुमारी भट्टराई (ढकाल)ले भने । उनले भनिन्, “दुई सन्तानमध्ये ज्वाला सामाजिक काममा लागेर केही गर्नुपर्छ भन्ने स्वभावकी छे, त्यसमा पनि बालबालिकाका लागि भनेपछि ज्यानै दिएर लाग्छे ।” आगामी वैशाख २९ गतेसम्म रहने उक्त प्रदर्शनीको अवलोकन गरी छोरीको भावनालाई सम्मान गरिदिन पनि ज्वालाकी आमाले सबैसँग आग्रह गरेका छिन् । रासस