सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दावी भुक्तानी
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ को कार्यालयमा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी स्व. यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दावी वापत चेक हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा कम्पनीका सूर्य बिनायक शाखाका प्रबन्धक भुवन केसीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण ८ नम्बर वडाका अध्यक्ष परासर सापकोटाबाट २ लाख रुपैयाँको चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावीभुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरिएको हो । बीमित स्वः यमकुमारी दुलाल खत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बीमा योजनामा बिमाङ्क २ लाख रुपैयाँ जीबन बिमा गराएकोमा माघ ६ गते उनको मृत्यु भएको थियो ।
मृतक ग्राहक सदस्यको ऋण साधनाले गर्यो मिनाह
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ । शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरिएको हो । संस्थाले आइतबार स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा कर्जा मिनाह कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका र्थि । गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको जानकारी गराए ।
सेञ्चुरी बैंकले बिमोचन गर्यो २०७६ सालको क्यालेन्डर
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । आइतबार एक समारोहबीच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले क्यालेन्डर बिमोचन गरेका हुन् । सो क्यालेन्डर भिजिट नेपाल २०२०को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।