बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या
काठमाडौं । नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ । उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।
गायक श्रेष्ठको ‘बोतलको पानी’ गीत सार्वजनिक, अभिनयमा अनु शाह र लिगेश भट्टराई
काठमाडौँ । गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गीत बोतलको पानीको म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत नेपाली सांगीतिक बजारमा आएको छ । शब्द तथा संगीत बिशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका छन् । नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस ।
प्रियंका र आयुषमानले फ्यानहरुसँग मोःमोःउत्सव मनाए
काठमाडौँ । कोका–कोला नेपालद्वारा आयोजित चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ लोकप्रियता कमाएको छ । नायक÷नायिकाहरु प्रियंका कार्की र आयुषमान देशराज जोशीलले मोःमोः उत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् । प्रियंका र आयुषमानले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् । प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटो खिचेका छन् । आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ ।’