बालबालिकाको सहयोगको लागि ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने
काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । फेशन शोबाट उठेको रकम बालबालिकाको सहयोगमा खर्च हुनेछ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । एक दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रने छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेने छ । फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् । शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए । उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट वञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन् ।
म्याराडोनाले भने-‘अब अर्जेन्टिनाको प्रशिक्षक मै बन्छु’
काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा दाजुभाई म अझै अर्जेन्टिनाको प्रशिक्षक बन्न सक्छु र दाबेदार पनि हुँ, म सम्झन्छु जब मैले खेलेको, मलाई अझै पनि त्यो शक्ति कायमै छ । तर मलाई किन कसैले पनि बुझ्न चाहदैनन् । मलाई धेरै दुख लागेको छ ति पत्रकार जसले मलाई प्रशिक्षकको सूचिमा राखेनन्, म उनिहरुलाई भन्न चाहान्छु हामी अर्जेन्टाइन हौं ।” म्याराडोनाले सन् २०१० को विश्वकप खेलाएका थिए । अफ्रिकामा भएको प्रतियोगितामा अर्जेन्टिना जर्मनीसँग ४ गोल खादै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । हाल म्याराडोना बेलारुसको डाइनामो फुटबल क्लबसँग ३ वर्षे सम्झौता गरेका छन् ।अर्जेन्टिनाको फुटबल एशोसिएसनले जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।
पशु उपर निर्दय व्यवहार गर्न नदिन सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वाेच्च अदालतले पशुहरुको ढुवानीका क्रममा निर्दयी व्यवहार नगर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायधिश ईश्वर प्रसाद खतिवडाको इजलासले निर्दयी तरिकाले पशुहरुको ढुवानी नगर्न अन्तरिम आदेश जारी गर्दै १५ दिन भित्र कारणसहित उपस्थित हुन पशु सेवा विभागलाई आदेश दिएको हो । अधिवक्ता प्रकाशमणि शर्मा, पदम बहादुर श्रेष्ठ, शोभा कार्की, सुलोचना धिताल र बिष्णु कुमार थोकरले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको हो ।