सामाजिक क्षेत्रमा युनाइटेड क्लबकाे २० लाख
चिप्लेढुंगा । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी आर्थिक सङ्कलन गर्दै आएको क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आइरहेको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिएका छन् । क्लबले चालू आर्थिक वर्षमा पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल उद्यानलाई रु नौ लाख प्रदान गरेको छ भने, शिक्षातर्फ रु दुई लाख, सेती नदी संरक्षणतर्फ रु १० हजार, खेलकूदमा रु चार लाख ५० हजार, स्वास्थ्यमा रु दुई लाख, विपद् व्यवस्थापनतर्फ रु एक लाख ३९ हजार र विभिन्न सङ्घसंस्थालाई रु एक लाख १० हजार गरी रु २० लाख १९ हजार सामाजिक काममा खर्च गरेको क्लबका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिएका हुन्। तिमिल्सिनाले आर्थिक वर्ष २०७५÷७६ मा क्लबले आफ्नो सामाजिक कामअन्तर्गत रु २० लाख १९ हजार शिक्षा, स्वास्थ्य, खेलकूद, नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना, सेती नदी संरक्षण, विपद् व्यवस्थापन र विभिन्न सङ्घसस्थालाई वितरण गरिएको बताए । क्लबले स्थापनाको १०औँ वर्षसम्म आइपुग्दा सामाजिक विकासमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको क्लबका अध्यक्ष लालकाजी गुरुङ बताउँछन् । उनले क्लबको पहलमा निर्माणाधीन अवस्थामा रहेको जुलोजिकल उद्यानको कामलाई स्थानीयवासीले निर्वाध रूपमा काम गर्न दिनुपर्ने बताए । उनले भने, “क्लबले लिएको उद्देश्य साझा भएकाले पछिल्लो समय पोखरा जुलोजिकल उद्यानमा भएको विवादले गलत सन्देश गएको छ । पोखराको थप अर्को आकर्षक गन्तव्यका लागि आफूहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले सहयोग गरेर अघि बढनुपर्छ । रासस
कृषि बैंकद्वारा महिला वातावरण संरक्षण समिति कुपण्डोललाई १०० थान डस्बीन हस्तान्तरण
काठमाडौं । महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ कुपण्डोलमा आयोजित एक कार्यक्रममा डस्वीन वितरण गरिएको छ । उक्त कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायद्वारा बैंकले उपलव्ध गराएको १०० थान डस्वीन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । सस्थानीय नागरिकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफ्नो नगर/टोल लाई सुरक्षित तथा सफा हरावरा बनाउने दायित्व त्यहाँ बस्ने नागरिकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षित हुँदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्ने कुरा बताएका छन् । त्यसैगरी, ५२ वर्ष अगाडि कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएका छन् । नेपालमा सबैभन्दा बढी शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए । कार्यक्रमका विशिष्ठ अतिथि तथा महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालीले वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवनसंगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नुपर्ने समेत बताएका छन् उक्त कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरेले बैंक केवल नाफा मुखी व्यवसाय मात्र गरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने भन्दै बैंकले संचालनमा ल्याएका सुविधाहरु( एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत जानकारी दिएका छन् । उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका विभागीय प्रमुख ध्रुवचन्द्र गौतम, का.मु. विभागीय प्रमुख शंकर कुमार अर्याल, क्षेत्रीय कार्यालय काठमाडौका का.मु.निर्देशक अनिल यादव का.मु. मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, प्रबन्धकहरु राजेन्द्र रानाभाट,सुदन सिलवाललगायतकाकोे उपस्थिति रहेको थियो ।
समाजको कल्याणकारी कार्यका लागि हिमालय एयरलाईन्सले गर्याे वायुसेवा समितिसँग सहकार्य
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक संस्था हिमालय एयरलाईन्सले समाजको कल्याणकारी कार्यका लागि संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन वायुसेवा सञ्चालक समिति नेपाल (एओसि–एन) सँग सहकार्य गरेको छ । सेप्टेम्बर ५, २०१९ मा भएको वार्षिक कल्याणकारी क्रियाकलापका लागि वायुसेवा संस्थाहरुको संगठनले समितिसँग सहकार्य गरेको थियो । वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यो बर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरिएको छ । वृद्ध महिलाहरुलाई अतिरिक्त हेरचाहको आवश्यकतालाई मध्यनजर गर्दै हिमालय एयरलाईन्सले आश्रममा सरसफाईका आवश्यक सामग्रीहरु वितरण गरेको छ । वृद्धाश्रम समितिको अनुरोध अनुसार एयरलाईन्सले साबुन, सर्फ, शौचालय सामग्री, टावल, कुचो तथा कपाल काट्ने सामाग्रीहरु उपलब्ध गराएको हो । काठमाडौंबाट १५ किलोमिटर पश्चिमको दूरीमा रहेको मातातीर्थ वृद्धाश्रम सन् १९९७ मा स्थापना भएको थियो । घरबारविहीन, हेरचाह नपाएका, परिवारविहीन ६० बर्ष उमेर काटेका वृद्ध नेपाली महिलाहरुलाई आश्रमले आश्रय दिँदै आइरहेको छ । आश्रमले भोजन, आश्रय तथा लत्ताकपडा बाहेक पनि स्वास्थ्य, धार्मिक तथा मनोरञ्जनात्मक सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । हाल आश्रममा २५ वृद्ध महिला र ५ सहयोगीहरु बस्दै आएका छन् । समितिका प्रबन्धक राम थापालाई सामाग्री हस्तान्तरण गर्दै, ब्रान्ड तथा सर्भिस इम्प्रुभमेन्ट प्रमुख उज्ज्वला दलीले विचार व्यक्त गर्दै भने‘यस महान कदम उठाएकोमा हिमालय एयरलाईन्सले वायुसेवा सञ्चालक समितिको प्रशंसा गर्दछ र मातातीर्थ वृद्धाश्रम समितिलाई योगदान पु¥याउन हामीलाई पनि समावेश गरेकोमा आभार प्रकट गरेको छ । यसरी, हिमालय एयरलाईन्सले यस्ता सामाजिक कल्याणका कार्यमा सहकार्य गर्न सदैव उत्सुक र तत्पर छ । यसरी आवश्यकताबाट वञ्चित आमाहरुको आश्रय र हेरचाह गर्ने जिम्मेवारी उठाउनु मातातीर्थ समितिको काम हो । यी आमाहरुको नियमित सहयोगका लागि हिमालय एयरलाईन्स प्रतिबद्ध छ र अन्य सबै संगठन र व्यक्तिहरुलाई पनि यस कार्यमा सहकार्य गर्न आग्रह गरेको बताएका छन् ।