सन नेपालले गर्यो बीमा जागरण र अभिकर्ता सम्मान कार्यक्रम
काठमाडौँ । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कम्पनीका अभिकर्ताहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।
कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक
काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।
महालक्ष्मी विकास बैंकले गर्यो बृक्षारोपण कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.को महाराजगञ्ज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको छ । महाराजगञ्ज शाखाले महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । यता, बंैकको तुलसीपुर शाखाले तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारनै बृक्षारोपण गरेको हो । बैँकका दुई शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेको जनाइएको छ ।